अपडेट
फेसबुकपछि गूगल विज्ञापनको आधिकारिक रिसेलर बन्दै फिट इन्टरनेशनल
नेपालमा पहिलो फेसबुक विज्ञापनको आधिकारिक रिसेलर बनेको फिट इन्टरनेशनल गूगलको एडको पनि आधिकारिक रिसेलर बन्ने भएको छ ।
गूगल एडको रिसेलर बन्ने प्रक्रिया अन्तिम चरणमा रहेको भन्दै एक हप्ता भित्र गूगलसँग सम्झौता हुने फिट इन्टरनेसनलले जनाएको छ ।
यो सम्झौतासँगै नेपालबाट आधिकारिक प्रक्रियाबाट गूगल एड दिन सकिने छ । गूगल एड आधिकारिक रुपमा नेपालबाटै दिन सक्नेगरी सम्झौता गर्दैछौं,’ आइसिटी समाचारसँग कुरा गर्दै फिट इन्टरनेसनलका प्रमुख कार्यकारी अधिकृत रवि सिंघलले भने, ‘एक हप्ताभित्र सबै प्रकृया पुरा हुन्छ ।’
योजनाअनुसार २० दिनभित्रमा कारोबार सुरु हुनेछ । फिट इन्टरनेसनले गूगलका सबै सर्तहरु पुरा गरेर नेपालको विज्ञापनको आधिकारिक रिसेलरको लागि आवेदन दिइसकेको छ ।
उसका विभिन्न सर्तहरु रहेकाले त्यसलाई पुरा नगरी आधिकारिक रिसेल बन्न गाह्रो रहेको सिंघलले बताए । विभिन्न सर्त पुरा गर्दै विज्ञापनको आधिकारित रिसेलरको लागि आवेदन दिनुपर्छ । त्यसपछि कम्पनीले ‘अवार्ड’ पाउँछ ।
उताबाट सबै प्रकृया पुरा गरेपछि नेपालल राष्ट्र बैंकबाट स्वीकृति पनि लिनुपर्छ । ‘सायद एक हप्तामा आधिकारिक रिसेलर बनेको घोषणा गर्नेछौं र २० दिनभित्र कारोबार सुरु हुनेछ,’ उनले भने ।
फेसबुकमा मात्र सीमित नभएर नेपालमा धेरै प्रयोग भइरहेका सबै डिजिटल प्लेटफर्म ल्याउन खोजिरहेको बताए । जस्तो कि लिंकडिन, ट्विटरलगायतका सामाजिक संजाल। जुन नेपालमा व्यापक रुपमा प्रयोग भइरहेको छ ।
गूगल र फेसबुकसँग गरेको यो सम्झौताबाट नेपालबाट भइरहेको गैरकानुनी विज्ञापनको कारोबार रोकिने विश्वास उनको छ ।
‘हामीले खाली विज्ञापनलाई मात्र हेरेका छैनौं,’ उनले भने, ‘सामाजिक संजालमा भइरहेको गैरकानुनी कोरोबार रोक्ने प्रयास हो । जसबाट मुलुकले राजश्व प्राप्त गर्ने छ ।’
नेपालको पैसा अन्य च्यानलबाट बाहिर गइरहेको छ । त्यसबाट सरकारले कुनै पनि कर, राजश्व प्राप्त गर्न सकेको छैन । ‘डिजिटल मार्केटिङभन्दा पनि यो सबै कानुनी दायरामा आओस् भन्ने हाम्रो फोकस छ,’ उनले भने ।
फिट इन्टरनेसनलले सोमबार मात्रै नेपालमा पहिलो फेसबुक विज्ञापनको आधिकारिक रिसेलर बनेको बताएको थियो ।
फिट इन्टरनेसनले फेसबुक र गुगलसँग भएको यस्तो साझेदारी डिजिटल मार्केटिङ एजेन्सीको उपलब्धिको रूपमा हेरिएको छ।
यी दुई साझेदारीले गुगल र फेसबुक विज्ञापन खरिद गर्न चाहने डिजिटल मार्केटरहरू र अन्य एजेन्सीहरूको लागि सहज बाटो खोलेको छ ।
अब नेपाली व्यावसायहरुले स्थानीय ज्ञान, सहयोग र विशेषज्ञताको माध्यमबाट गुगल र फेसबुकबाट अझ धेरै लाभ लिन सक्नेछन् ।
फेसबुकको अनौपचारिक तथ्यांकअनुसार नेपाली व्यावसायीहरुले फेसबुक विज्ञापनमा हरेक वर्ष लगभग दुई अर्ब खर्च गरिरहेको छन् । जसमध्ये धेरैजसो कारोबार अनौपचारिक रूपमा हुनाले त्यसको हिसाब किताब देखिँदैन ।
फिट र फेसबुकको साझेदारीले फेसबुकमा चल्ने विज्ञापनहरू अब ‘इनभ्वाइस बिलिङ’मार्फत ट्र्याक गर्न सकिन्छ । अब नेपाल सरकारले फेसबुक विज्ञापनका लागि गरिएको प्रत्येक लेनदेनको तथ्यांक र हिसाब किताब राख्न सक्नेछ ।
फिट इन्टरनेशनल नेपाली विज्ञापन क्षेत्रमा नाम बनाउँदै गरेको संस्था हो, जसले दक्षिण एसियामा डिजिटल मार्केटिङमा सकारात्मक परिवर्तन ल्याउने लक्ष्य राखेको छ ।
जब उद्योग आफै ठूलो र राम्रो हुन्छ तब हामी सबैले फाइदा प्राप्त गर्ने सिंघलको भनाइ छ। फिट इन्टरनेशनलले व्यवसायहरूलाई मार्केटिङ र ब्रान्डीङ सम्बन्धी विविध सेवा तथा परामर्श दिँदै आएको छ ।
अब फेसबुकमा विज्ञापन गर्न चाहने हरेक व्यवसायले सजिलै अन्तर्राष्ट्रिय भुक्तानी गर्न सक्नेछन् । यसरी गरिएको भुक्तानी नेपाल राष्ट्र बैंकको मान्यता प्राप्त हुनाका साथै आईआरडी गाइडलाइन पनि पूर्ण रूपमा पालना गरिने कम्पनीले जनाएको छ ।
अपडेट
नेपाल डिडिओएस अट्याक ट्रेण्ड र कसरी प्रतिक्रिया गर्ने विषयमा वेबिनार आयोजना हुँदै
डिजिटल नेटवर्क सोलुसनले नेपाल डिडिओएस अट्याक ट्रेण्ड र कसरी प्रतिक्रिया गर्ने विषयमा…
ईमर्जिङ मार्केटमा ओप्पो दोस्रो स्थानमा पर्न सफल
शन्चनमा गुगल र क्यान्टारद्वारा संयुक्त रुपमा प्रकाशित द टप ५० क्यान्टार ब्रान्डजी चाईनि…
स्मार्ट टेलिकमको रिचार्जमा ४ गुणासम्म बोनस योजना, १ हजार रिचार्ज गर्दा ४ हजार बोनस
स्मार्ट टेलिकमले रिचार्जमा ४ गुणा सम्म बोनस सुविधा योजना ल्याएको छ । ५० देखि १ हजा…
ज्योतिषी, योग र मेडिटेसन सेवा दिने एप ‘स्व अध्याय’
मानिसको जीवनशैली राम्रो बनाउन सहयोग पुर्याउने उदेश्यका साथ नेपाल कलेज अफ इन्फरमे…
ब्रोडवे इन्फोसिसले अनलाइनबाट निःशुल्क पाइथन प्रोग्रामिङ सिकाउने
ब्रोडवे इन्फोसिसले अनलाइनबाट निःशुल्क पाईथन प्रोग्रामिङ सिकाउने भएको छ । यो निःशुल्…
चीनको फाइभ बि रकेटको फुटेको भाग हिन्द महासागरमा खस्यो, नासाद्वारा आलोचना
चीनको फाइभ बि रकेटको फुटेको भाग गएर हिन्द महासागरमा खसेको छ । माल्दिभसको पश्चिम …
आईओएस १४.५ मा कुल ४ प्रतिशत प्रयोगकर्ता मात्रै एप ट्रयाकिङ फिचरमा सहमत
आईओएस १४.५ को फिचर आएपछि अमेरिकामा कुल ४ प्रतिशत आईफोन प्रयोगकर्ताले मात्रै एप ट्र…
निषेधाज्ञामा इन्टरनेटको बिल कसरी तिर्ने ? यस्ता छन् सेवा प्रदायकका विकल्प
मुलुकभर लकडाउन भइरहेको बेला इन्टरेनेटको खपत बढिरहेको छ ।
…
एनसेलको आकर्षक योजना, हरेक दिन स्मार्टफोन जित्ने मौका
एनसेलका ग्राहकले अब यूनाइटेड अरब एमिरेट्स (यूएई) बाट आउने कलमा हरेक दिन स्मार्टफो…
युरोपदेखि भारतसम्म रियलमीको बजार विस्तार उच्च, वार्षिक १८३ प्रतिशतले वृद्धि
विश्वमा तीव्र बजार विस्तार गर्दै गएको रियलमी युरोपीयन देशहरुमा सफल स्मार्टफोन बन्न सफलभएको छ ।
<…
फिट इन्टरनेशनल फेसबुकसँग सम्झौता गर्ने नेपालको पहिलो डिजिटल मार्केटिङ एजेन्सी
फिट इन्टरनेशनल नेपालमा पहिलो फेसबुक विज्ञापनको आधिकारिक रिसेलर बनेको छ। नेपालमा…
अमेरिकाको सबैभन्दा ठूलो इन्धन पाइपलाइनमा साइबर हमला
अमेरिकाको सबैभन्दा ठूलो इन्धन पाइपलाइनमा साइबर हमला भएको छ । शुक्रबार उक्त इन्धन प…
टेलिफोन टावरमा प्राविधिक समस्या आएपछि ताप्लेजुङको घुन्साबस्ती दुई सातादेखि सम्पर्कविहीन
पर्यटकीय बस्ती ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-६ घुन्सामा दुई सातादेखि सम्पर्कविहीन…
राष्ट्रिय आविष्कार केन्द्रलाई जीवन्त राख्न सरकारले सहयोग गर्छः उपप्रधानमन्त्री पोखरेल
राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा अध्यक्ष महावीर पुन र उपप्रधानमन्त्री ईश्वर पोखर…
स्याटेलाइट सम्बन्धि अध्ययन गर्न चार कम्पनीको प्रस्ताव
नेपालको आफ्नै भूउपग्रह राख्न आवश्यक अध्ययनका लागि चार कम्पनीले प्रस्ताव गरेका छन् । ने…