अपडेट
नेपालमा पनि सुरु भयो \'सेल्फी विथ डटर\' अभियान
नेपालमा पनि सेल्फी विथ डटर अभियान शुरू भएको छ । आईतबार एक भर्चुअल कार्यक्रम गरी सेल्फी विथ डटर अभियान शुरू गरिएको हो ।
सेल्फी विथ डटर फाउण्डेसन र नेपाल इन्टरनेट फाउण्डेसनले सम्झौता गरेसँगै छोरीसँग सेल्फी खिचेर हाल्ने अभियान नेपालमा पनि शुरु भएको छ ।
भारतको हरियाणा नामक सानो गाउँ देखि सुरु भएको पहल अब अन्तर्राष्ट्रियकरण हुने भएको छ । भारतमा यस अभियानले एकदमै सकारात्मक परिवर्तन ल्याएको सेल्फी विथ डटर फाउण्डेसनका अध्यक्ष सुनिल जग्लानले बताए ।
भारतसँग नेपालको संस्कृति, चलन, धर्म आदि मिल्ने हुँदा यसले नेपाललाई पनि यो पहलले सहयोग पुर्याउने मान्यता राखिएको छ ।
नेपाल इन्टरनेट फाउण्डेसनका अध्यक्ष विक्रम श्रेष्ठले नेपालमा अझै पनि छाऊपडि प्रथाहरु जस्तो माहिलालाई दमन गर्ने कार्यहरु भईरहँदा यो नयाँ अभियानले छोरीहरुको महत्व र अधिकार सुनिश्चित गर्ने बताए ।
कार्यक्रममा मुख्य अतिथिको रुपमा पूर्व वातावरण तथा सञ्चार मन्त्री गणेश शाह रहेका थिए । उनले यो अभियानलाई आफ्नो तर्फबाट पूर्णरुपले सहयोग गर्ने र यसलाई ग्लर्स तथा प्यारेन्ट इन आइसिटीसँग पनि जोडेर अघि बढ्ने प्रतिबद्धता जनाए ।
सेल्फी विथ डटर फाउण्डेसनकी सदस्य आरोहीले लकडाउनको समयमा धेरै महिलाहरुले घरेलु हिंसा भोग्नु परिरहेको कुरामा जोड दिदै यो अभियानले जनचेतना फैलाउने काम गर्छ भन्ने विश्वास जनाइन् ।
कार्यक्रममा सहभागी भएकी पोखरा विश्वविद्यालयकी छात्रा ईशा श्रेष्ठले नेपालमा बलात्कार र एसिड आक्रमण बढ्दै गईरहेको अवस्थामा यस्तो किसिमको पहल एकदमै महत्वपूर्ण रहेको बताइन् ।
कार्यक्रमको अन्त्यमा क्यूएनए राउण्ड सञ्चालन गरिएको थियो । यस अभियानमा सहभागी हुनका लागि आ-आफ्नो छोरीसँग हाँस्दै गरेको सेल्फी खिचेर सामाजिक सञ्जालमा ह्यासट्याग सेल्फी विथ डटर भनेर हाल्नुपर्नेछ ।
त्यस्तै सेल्फी विथ डटर डट आईएन पोर्टलमा पनि हाल्न सकिन्छ वा ह्वाटसएपमा ९८०१००००४४ मा पठाउन सकिन्छ ।
अपडेट
नेपाली पब्जी टिम डिआरएस गेमिङ पब्जी मोबाइल विश्व सूचीको टप टेनमा पर्न सफल
नेपाली पब्जी मोबाइल टिम द रियल सोल्जर्स (डीआरएस) पब्जी मोबाइलको विश्व सूचीमा १० नम्…
एनसेलको राहत प्याकेज, १२७ रूपैयाँमा वर्क फ्रम होमका लागि १७ जीबी डेटा
कोभिड–१९ महाव्याधीको दोस्रो लहरले सिर्जना गरेको हालको कठिन परिस्थितीमा आफ्ना ग्राहक…
नागरिक एप बनाउन सरकारको एक रुपैयाँ पनि खर्च भएको छैन– प्रधानमन्त्रीका आईटी सल्लाहकार अस्गर अली
नागरिक एप बनाउन सुरुदेखि काम गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीका आईटी सल्लाहकार अस्गर अलीले नागरिक एप बनाउन ने…
आईबीएमले बनायो २ न्यानोमिटरको चिप
आइबिएमले संसारकै पहिलो २ न्यानोमिटर चिप बनाएको बताएको छ । कम्पनीको अनुसार चिप प्…
नागरिक एपबाट तीन महिनामा दश हजार प्यान नम्बर वितरण
तीन महिनामा १० हजार जनाले स्थायी लेखा नम्बर (प्यान) लिएका छन् ।
नागरिक एपमा ६ महिनामा नयाँ ८० सेवा थप हुने, बागमतिको यातायात कर अब एपबाटै
आइसिटी डेको दिन फुलभर्सनका रुपमा सार्वजनिक भएको नागरिक एपमा ६ महिनाभित्र थप ८० व…
‘महिलाहरु डिजिटल प्लेटफर्म प्रयोग गरी घरैबाटै काम गरेर आय आर्जन गर्न सक्छन्’
वुमन इन इनफोरमेसन टेक्नोलोजी (डब्लुआईआईटी) ले ‘महिला उद्यमीहरूका लागि डिजिटल परि…
म्यासेन्जर र इन्स्टाग्राममा नयाँ अडियो र इनबक्स फिचर
फेसबुकले म्यासेन्जर र इन्स्टाग्राममा नयाँ अडियो र इनबक्स फिचर ल्याएको छ । यसमा एकदमै…
नेपाल उद्योग वाणिज्य महासंघले कोरोना संक्रमितलाई निःशुल्क डाक्टरको परामर्श उपलब्ध गराउने
नेपाल उद्योग वाणिज्य महासंघले कोरोना संक्रमित भएर होम आईसोलेसनमा बसेकालाई चिकित्स…
जुम मार्फत सञ्चालन भएको निफमा चलचित्र उद्योगमा रोजगारको अवसर तथा सामाजिक रुपान्तरण विषयक छलफल
नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव (निफ) को चौथो संस्करणको दोश्रो दिन आज चलचित्र उद्य…
शनिबार ‘नागरिक एप- डिजिटल नेपालका लागि तयारी’ विषयमा डिजिटल संवाद हुँदै
‘नागरिक एप- डिजिटल नेपालका लागि तयारी’ विषयमा डिजिटल संवाद आयोजना हुने भएको छ…
ह्वावेद्वारा प्रविधि प्रतीको विश्वास पुनःस्थापना गर्न सार्वजनिक-निजी क्षेत्र सहयोगका लागि आह्वान
विश्वभरका वर्तमान र भविष्यका लिडरहरूको वार्षिक भेला हुने सेन्ट गलेन सिम्पोजियमले ५०…
बालबालिका उत्पीडन रोक्न टेक्नोलोनी कोआलिएसनसँग टिकटकको सहकार्य
टिकटकले बालबालिका प्रति उत्पीडन रोक्नका लागि टेक्नोलोनी कोआलिएसन संस्थासँग सहकार्य …
टिकटक बनाउने क्रममा भीरबाट लडेर उदयपुरमा एक जनाको मृत्यु
टिकटक बनाउने क्रममा उदयपुरमा एक जनाको मृत्यु भएको छ । उदयपुरको कटारी नगरपालिका …
गूगलको पिक्सेल बड ए सिरिजको जानकारी लिक
गूगलले आफ्नो पिक्सेल बड ए सिरिजको बारेमा आफै लिक गरेको छ । आधिकारिक एन्ड्रोइड ट्वी…