अपडेट
सबै जिल्लामा पुग्याे नेपाल टेलिकमको फोरजी सेवा
नेपाल टेलिकमको फोरजी सेवा ७७ वटै जिल्लामा पुगेको छ । नेपालमै पहिलोपटक २०७३ सालमा काठमाडौँ र पोखराबाट फोरजी सेवा शुरु गरेको सरकारी स्वामित्वमा सञ्चालित कम्पनी नेपाल टेलिकमले ७७ वटै जिल्लामा फोरजी सेवा विस्तार गरेको हो ।
मोबाइल सेवाको विशेषताअनुसार सेवाको गुणस्तरमा भौगोलिक र धरातलीय अवस्था आदिले प्रत्यक्ष प्रभाव पार्ने हुनाले सेवाको गुणस्तरमा निरन्तर एकरुपता भने हुन नसक्ने टेलिकमका प्रवक्ता राजेश जोशीले जानकारी दिए।
सबै जिल्लामा फोरजी विस्तारसँगै गुणस्तरको विषयमा धेरै ग्राहकले गुनासो गर्ने गरेको भन्दै टेलिकमले फोरजी प्रयोग हुने मोबाइल सेटको प्रयोगमा समेत ध्यान दिन टेलिकमले आग्रह गरेको छ ।
टेलिकमले आज एक सूचना प्रकाशन गर्दै फोरजी सेवा प्रयोगकर्ता ग्राहकले नयाँ मोबाइल सेट खरिद गर्नुअघि एक हजार ८०० मेगाहर्ज र ८०० मेगाहर्ज ब्यान्डका बारेमा जानकारी राखी दुवै ब्यान्डबाट फोरजी सेवा चलाउन सकिने मोबाइल सेट बिक्रेताबाटै सुनिश्चित गराई खरिद गर्न अनुरोध गरेको छ ।
टेलिकमको फोरजी सेवा एक हजार ८०० मेगाहर्ज (ब्यान्ड ३) र ८०० मेगाहर्ज ९ब्यान्ड २०० मा उपलब्ध गराउँदै आएको छ । ‘तुलनात्मक रुपले कम जनघनत्व र फराकिलो भूगोल भएका क्षेत्रमा ८०० मेगाहर्ज र बढी जनघनत्व भएका क्षेत्रमा एक हजार ८०० मेगाहर्ज ब्यान्डमार्फत फोरजी सेवा उपलब्ध हुन्छ ।
फोरजी मोबाइल सेवाका कुनै पनि प्रयोगकर्ता एउटा ब्यान्डको फैलावट क्षेत्रबाट अर्को ब्यान्डको प्रभाव क्षेत्रमा प्रवेश गर्दा कम्पनीको नेटवर्कको पहुँचका अतिरिक्त प्रयोग गरिने मोबाइल सेटले ८०० मेगाहर्ज र एक हजार ८०० मेगाहर्ज दुवै ब्यान्ड उपयोग गर्न सक्ने भएमा थप गुणस्तरीय फोरजी सेवा उपयोग गर्न सकिन्छ’, टेलिकमले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
बजारमा उपलब्ध अधिकांश मोबाइल सेटले एक हजार ८०० मेगाहर्ज ब्यान्डको फोरजी सेवालाई सहजै उपयोगमा ल्याउन सक्ने भए पनि केही मोबाइल सेटले ८०० मेगाहर्ज ब्यान्डबाट प्रसारित फोरजी सेवालाई ग्रहण नगर्ने पाइएको टेलिकमले जनाएको छ ।
दुवै ब्यान्डमा चल्ने मोबाइल सेटको अभावमा फोरजी सेवाबाट अधिकतम फाइदा लिन नसक्दा कम्पनीको फोरजी सेवाको गुणस्तर राम्रो नभएको भ्रम ग्राहकवर्गमा पर्न गएको टेलिकमले स्पष्ट पारेको छ ।
फोरजी सेवाका ग्राहकवर्गले आफ्नो मोबाइल सेटको बक्समा उपलब्ध प्राविधिक विवरण हेरेर कुन मेगाहर्जमा चल्ने मोबाइल सेट हो भनी पत्ता लगाउन सकिने भन्दै मोबाइल सेटको सेटिङमा गएर मोबाइल नेटवर्कको अप्सनभित्र टुजी देखि फोरजीसम्मको विकल्प छनोट गर्न आग्रह गरेको टेलिकमले जनाएको छ । रासस
अपडेट
अब बीस मिनेटमै कोरोना परीक्षण !
सरकारले सोमबारबाट कोरोना भाइरस (कोभिड–१९) परीक्षणमा एन्टिजेन परीक्षण सुरु गरेको …
कृषि विकास बैंक ह्याकिङ प्रकरणमा थप एक जना पक्राउ
कृषि विकास बैंकको सूचना प्रणालीमा अनाधिकृत पहुँच राखी रकम रकमान्तर गरी भुक्तानी …
विज्ञापन बोर्ड गठनः पाँच सदस्य नियुक्त
काठमाडौं, मंसिर १५ । नेपालको सञ्चार क्षेत्रमा समग्र विज्ञापन नीतिनिर्माण गर्ने र निय…
अनलाइन प्रणालीका कारण वित्तीय र भुक्तानी क्षेत्रमा सकारात्मक प्रभाव
अनलाइन प्रणालीको बढ्दो प्रयोग र विस्तारले नेपालको वित्तीय र भुक्तानी क्षेत्रमा सकारात्…
बिना बिल र कागजातका ८५ थान मोबाइलसहित एक पक्राउ
काठमाडौंमा बिना बिल र कागजातका ८५ थान मोबाइलसहित एक जना पक्राउ परेका छन् ।
भिडियो शेयरिङ एप टिकटकमा पनि अब प्रधानमन्त्री
शर्ट भिडियो शेयरिङ एप टिकटकमा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि वीरगञ्जबाट सुरु भएको आईटी सेवा प्रदायक कम्पनि डायनामिक टेकनोसफ्टले लुम्बिनी प्रदेशक…
शिखर इन्स्योरेन्सका सेवाहरु अब भाइबर र फेसबुक मेसेन्जरमा
शिखर इन्स्योरेन्स कम्पनीले डिजिटल इन्स्योरेन्समा फड्को मार्दै सम्पूर्ण बीमा क्षेत्रमै पहिल…
नेपाल क्लियरिङ हाउसले पायो ‘नेसनल पेमेन्ट स्वीच’ सञ्चालनको अनुमति
नेपाल राष्ट्र बैंकले नेपाल क्लियरिङ हाउस (एनसीएचएल) लाई ‘नेशनल पेमेन्ट स्वीच’ सञ्चा…
एप्पलले आफ्नो केही उत्पादनहरु चीनबाट भियतनाममा सार्न सक्ने
एप्पलले आफ्नो केही उत्पादनहरु चीनबाट भियतनाममा सार्न सक्न भएको छ । व्यापार तनावको क…
फेसबुकको क्रिप्टोकरेन्सी लिब्रा जनवरीमा सार्वजनिक हुन सक्ने
फेसबुकको क्रिप्टोकरेन्सी ‘लिब्रा’ जनवरीमा सार्वजनिक हुन सक्ने भएको छ । फाइनान्सियल टाइम्सको रिपोर्ट अनुसार फेसबुकको ल…
ब्राजिलमा कर्मचारिको गल्तीले लाखौं कोभिड बिरामीहरुको व्यक्तिगत जानकारी बाहिरियो
ब्राजिलमा एक अस्पतालको कर्मचारीको गल्तीले लाखौँ कोभिड बिरामीहरुका व्यक्तिगत जानकारी…
निमाएकेडेमी एपको नयाँ संस्करण उपलब्ध, यस्ता छन सुविधाहरु
अनलाइन शिक्षा हाम्रो शिक्षा प्रणालीको अभिन्न अङ्गको रूपमा विकास हुँदै गईरहेको छ । य…
कोडाकका एसएसडी, युएसबी, एसडी नेपाली बजारमा
कोडाक ब्रान्डका उत्पादनहरु नेपाली बजारमा पनि भित्रिएका छन् । हेभी हेल्प लिंक प्रालिल…
ट्याक्सीमाण्डु सञ्चालनको एक वर्ष पुराः यस्ता छन् आकर्षक अफर
अनलाइन ट्याक्सी बुकिङ एप ट्याक्सीमाण्डु सञ्चालनको एक वर्ष पुरा भएको अवसरमा विभिन्न छु…