कीवर्डहरू -

अपडेट

क्लासिक टेकको फास्ट इन्टरनेट सेवा अब विर्तामोड र दमकमा, एकैदिन दुई नयाँ आउटलेट सञ्चालनमा

नेपालको अग्रणी र ठूलो नेटवर्क भएको इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक प्रालिले आफ्नो १०२ र १०३ औंं आउटलेट प्रदेश नम्बर १ को झापा का प्रमुख बजारहरु बिर्तामोड र दमकमा संचालनमा ल्याएको छ ।

कम्पनीले प्रदेश नम्बर १ का आफ्ना ग्राहकहरुलाई प्रत्यक्ष र सहजरुपमा सेवा उपलब्ध गराउने उद्धेश्यले आफ्ना नयाँ आउटलेटहरु प्रमुख शहरहरुमा संचालनमा ल्याएको हो । नयाँ आउटलेटहरु क्लासिक टेकले बिर्तामोडको धन सुर्य कम्प्लेक्स शनिश्चरे रोडमा तथा दमकको मंगलदिप मार्केटको दोस्रो तल्लामा स्थापना गरेको छ ।

क्लासिक टेकका प्रमुख सेल्स एण्ड मार्केटिंग अफिसर बिनय कुमार अधिकारी तथा कम्पनीका फाइबर प्रमुख चम्पक खड्काले संयुक्तरुपमा दुवै नयाँ आउटलेट उद्घाटन गरेका थिए ।

संचालनमा ल्याएको नयाँ आउटलेटहरुबाट कम्पनीले पूर्वी भेगका हरेक साना गाउँहरुमा आफ्नो नेटवर्क र सेवा बिस्तार गर्ने योजना  लिएको छ ।

यी आउटलेटहरुबाट तिब्ररुपमा ग्राहकहरुलाई सेवा उपलब्ध गराउनका लागि ४५ जना कर्मचारीहरु कस्टमर सपोर्ट, फाइबर स्टाफ,  बिलिंग र मार्केटिंगका लागि राखिएको छ ।

यसअघि देखि नै क्लासिक टेकले बिर्तामोड र दमक क्षेत्रमा बैंक तथा वित्तीय संस्थाहरुलाई इन्ट्रानेट उपलब्ध गराउँदै आएकोमा अब भने कम्पनीले सर्वसाधारण ग्राहकहरुलाई समेत इन्टरनेट सेवा उपलब्ध गराउनेछ ।

घरायसी प्रयोजन, साना कार्यालयहरु र कर्पोरेट कम्पनीहरुका लागि समेत सो सेवा उपलब्ध हुनेछ ।कम्पनीले नेपालकै सबैभन्दा सस्तो धमाकेदार अफर झापाका सेवाग्राहीहरुको लागि पनि उपलब्ध गराएको छ र अब यो सेवा स्थानीयबासीले समेत लिनसक्ने भएका छन् ।

नयाँ आउटलेटहरु संचालनमा आएसँगै नेपालको पूर्वी भेगको प्रमुख शहरहरुमा ग्राहकहरुले घर नजिकबाटै कम्पनीको सेवा लिनसक्ने बताए ।

झापाको बिर्तामोड र दमक, नेपालको पूर्व क्षेत्रका प्रमुख शहरहरु हुन जहाँ हाम्रो फास्ट इन्टरनेट सेवा अब ग्राहकहरुले घर नजिकैको शाखाबाट सजिलै लिन सक्नेछन् ।

अरु इन्टरनेट सेवा प्रदायकहरुको भन्दा उत्कृष्ट मूल्यमा तिब्रगतिको इन्टरनेट सेवा उपलब्ध गराइरहेको कम्पनीको इस्ट रिजनका डेपुटी चिफ रिजनल अफिसर भुपाल सिंह कार्कीले बताए ।

कम्पनीले धमाकेदार अफरअन्तरगत २० एमबिपिएस स्पीडको इन्टरनेट केबल ७९९ प्रति महिनामा उपलब्ध गराउँदै आएको छ जसका साथमा १५० टिभी च्यानलहरु र युट्यूब समेत हेर्न सकिने सुबिधा रहेको छ ।


अपडेट

टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको सयुक्त लगानी रहेको मोबाइल मनीलाई राष्ट्र बैंकको स्वीकृति

नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको सयुक्त लगानीमा सञ्चालनमा आउन लागेको मोबाइल…

नेपाल टेलिकमको सञ्चालक पदमा अम्बिका प्रसाद पौडेल निर्विरोध निर्वाचित

नेपाल टेलिकमको सञ्चालक पदमा अम्बिका प्रसाद पौडेल निर्विरोध निर्वाचित भएका छन् । पब्ल…

राष्ट्र बैंकबाट आइक्याशले पायो डिजिटल भुक्तानी प्रदायकको अनुमति

नेपाल राष्ट्र बैंकले आइक्याश प्रालिलाई नेपालमा डिजिटल माध्यमबाट भुक्तानी सेवा प्रदान…

मेगा बैंकका ग्राहकले फुडमाण्डुमा १५ प्रतिशत छूट पाउने

मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुले फुडमाण्डूमार्फत खानाका परिकार खरिद गर्दा वि…

नेपाली एस्काभेटर बजारमा हुन्डाई बन्यो नम्बर वान 

हुन्डाई हेभी इक्विपमेन्टको नेपालका लागि आधिकारिक वितरक कन्स्ट्रक्सन सोलुसन्स नेपालले …

दि फोरेस्टर वेबद्वारा युआईपाथ रोबोटिक प्रोसेस अटोमेसनमा लिडर घोषित

दि फोरेस्टर वेबद्वारा अटोमेसन सफ्टवेयर कम्पनी युआईपाथ रोबोटिक प्रोसेस अटोमेसनमा लि…

इसेवा र पश्चिमाञ्चल होटल संघ पोखराबीच क्यूआर तथा डिजिटल पार्टनरसीप सम्झौता 

नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा र पश्चिमाञ्चल होटलसंघ पोखराबीच क्युआर भुक्तानी तथा डिजिटल पार्टनरसीपका लागि सम्झौता भएको छ । यो सँगै अबद…

ट्वीटरको बिटकोइन ह्याक गर्ने ग्राहम इभान क्लर्कलाई तीन वर्ष जेल सजाय

ट्वीटरको बिटकोइन ह्याक गर्ने ग्राहम इभान क्लर्कलाई तीन वर्ष जेल सजाय सुनाइएको छ । <…

इसेवा र पोखरा उद्योग वाणिज्य संघबीच विद्युतीय भुक्तानीका लागि सहकार्य

इसेवा र पोखरा उद्योग वाणिज्य संघबीच विद्युतीय भुक्तानीका लागि सहकार्य भएको छ । पोख…

फाइभजी सम्भावनालाई बढवा दिन फोरजी फाउन्डेसन सुदृढ गरिदै

पार्टनर सामग्री: १४० कमर्सियल फाइभजी नेटवर्क ५९ देशहरूमा तैनाथ भए संगै २०२० मा फा…

फुडमाण्डुबाट अर्डर गर्दा अब आइएमई पे बाटै पैसा तिर्न सकिने, २५ प्रतिशत सम्म छूटको सुविधा

‘आइएमई पे' र फूडमाण्डुबीच सम्झौता भएको छ । सम्झौता अनुसार अनलाइन फुड डेलिभरी सेव…

नेपालमा फाइभजी परीक्षण गरिने 

नेपालमा फाइभजी परीक्षण हुने भएको छ । हालै बसेको रेडियो फ्रिक्वेन्सी नीति निर्धारण …

कालीगण्डकीको पानी लिफ्ट गरेर तानसेनमा

तानसेनमा लिफ्टिङ खानेपानी आयोजनाअन्तर्गतको पहिलो चरणको काम सकिएको छ । तानसेन–१३,…

डिशहोममा मनोरञ्जनात्मक कमेडी शो ‘कमेडी क्याफे’ सञ्चालनमा

डिशहोमले आफ्ना ग्राहकहरुलाई थप मनोरञ्जन प्रदान गर्ने उद्देश्यले नयाँ र मोरञ्जनात्मक कम…

भोजको वृहत अनलाइन खाना मेला बिहिबार सम्म चल्ने, ७० प्रतिशत सम्म छूटको सुविधा

खानेकुरा अनलाइन अर्डर मार्फत घरघरमा पुर्याउने अनलाइन खाजा स्टोर ‘भोज’ ले आगामी मा…