अपडेट
राष्ट्रिय परिचयपत्रका लागि इलाममा अभियान सञ्चालन गरेर विवरण सङ्कलन गरिने
फागुन १० गतेदेखि १२ गतेसम्म राष्ट्रिय परिचयपत्रका लागि इलाममा अभियान सञ्चालन गरेर विवरण सङ्कलन हुने भएको छ ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट खटिएका कर्मचारीले वडावडासम्म पुगेर परिचयपत्रका लागि व्यक्तिगत र जैविक तथ्याङक सङ्कलन गर्नेछन् ।
एउटा वडामा बढीमा चार वटासम्म एकाइ स्थापना गरेर तथ्याङक सङ्कलन गर्ने विभागले जनाएको छ । स्थानीय तहको आवश्यकतानुसार एक पालिकामा ३८ देखि ४२ वटासम्म एकाइ राखिने छ ।
विभागले स्थानीय तहसँग समन्वय गरेर तथ्याङ्क सङ्कलन गर्ने योजना बनाएको छ । एउटा वडामा बढीमा १५ दिन तथ्याङ्क सङ्कलनको काम हुनेछ ।
इलाम नगरपालिकामा तथ्याङ्क सङ्कलन सम्पन्न भएपछि पालैपालो अरु स्थानीय तहमा समेत तथ्याङ्क सङ्कलनको काम हुनेछ ।
तीन महिनामा इलाममा राष्ट्रिय परिचयपत्रका लागि तथ्याङ्क सङ्कलनको काम पूरा हुने विभागका महानिर्देशक जीतेन्द्र बस्नेतले बताए ।
‘तीन महिनामा इलामका सबै पालिकामा गएर तथ्याङ्क सङ्कलनको काम पूरा गर्ने योजनामा छौँ’, उनले भने, ‘यो अभियान हो, फेरि यस्तो अभियान सञ्चालन गर्न सम्भव हुँदैन, त्यसैले कोही पनि नछुटुन् भन्ने हाम्रो चाहना हो ।’
रासस
अपडेट
सेनिटाइजरको अधिक प्रयोग खतरनाक
कोरोना महामारी (कोभिड–१९)ले 'ह्यान्ड सेनिटाइजर’ प्रयोग गर्न सिकायो तर यसको प्रयो…
सार्वजनिक यातायातको भाडादरलाई ‘अटो मेसन’ प्रणालीमा लैजान माग
सार्वजनिक यातायातको भाडादरलाई ‘अटो मेसन’ प्रणालीमा लैजान यातायात व्यवसायीले माग …
सरकारले एक अर्ब खर्च गरेर इन्टरेनटमा आउने सामग्री फिल्टर गर्ने
सरकारले इन्टरेनटमा आउने सामग्रीलाई छानेर हटाउन वा नियन्त्रण गर्न सक्ने प्रविधि जडान …
ताप्लेजुङका सबै स्थानीय तहमा राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन अभियान सञ्चालन गरिने
फागुन अन्तिमदेखि ताप्लेजुङका सबै स्थानीय तहमा राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन अभि…
एलजीको विभिन्न मोडेल र क्षमताको वासर ड्रायर वासिङ मेसिन नेपाली बजारमा
एलजीको अधिकारिक बिक्रेता चौधरी ग्रुप अन्तर्गत सीजी इम्पेक्सले विभिन्न मोडेल र क्षमताक…
नि:शुल्क सामान किनबेच गर्न मिल्ने प्लटेफर्म: इन्टरनेटपसल डटकम
सबै सामान किन्न र बेच्न मिल्ने प्लटेफर्म जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवन र मातहतका कार्यालयले लिँदै आएको ट्राफिक जरिवान…
किसानको विवरण राख्न सफ्टवेयर तयार
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले किसानको वर्गीकरण तथा पहिचानका लागि वेबमा आ…
अष्ट्रेलियामा गरेको समाचार प्रतिबन्ध बारे फेसबुकले दियो यस्तो प्रतिक्रिया
सामाजिक सञ्जालमा गरिने समाचार सम्पे्रषण (न्युज फिड) र साझा गर्ने विषयलाई सम्बोधन गर्…
ह्वाटसएपले प्राइभेसी पोलिसीलाई परिमार्जित गरेर ल्याउने
ह्वाटसएपले केही दिन अघि ल्याउन लागेको प्राइभेसी पोलिसीलाई परिमार्जित गरेर सार्वजनि…
यस्तो छ एन्ड्रोइड १२ को पहिलो डेभलपर प्रिभ्यू
गूगलले एन्ड्रोइड १२ अपरेटिङ सिस्टम (ओएस) को पहिलो डेभलपर प्रिभ्यू सार्वजनिक गरेको छ…
आगामी बिहिबार डिजिटल लर्निङ डे मनाइँदै, यस्तो छ कार्यक्रम तालिका
सबै विद्यार्थीहरूका लागि नवीन डिजिटल शिक्षा र पहुँचको वकालत गर्न फेब्रुअरी, २०१२ द…
प्रत्येक वडा कार्यालय, विद्यालय र घरघरमा इन्टरनेट पुर्याइने
सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकारको आगामी नीति/कार्यक्रम र बजेटमा…
फाइभजी इनोभेसन टेलिकम बाहेकका ईण्डष्ट्रीहरूमा अन्वेषण गर्दै ह्वावे
ह्वावेका संस्थापक तथा सीईओ रेन झेंगफेईले हालसालै चीनमा ग्लोबल मिडिया सँग गरेको अ…
सगुनमा नयाँ फिचर
सामाजिक सञ्जालमा आधारित इकमर्स कम्पनी सगुनको पछिल्लो फिचरहरुबारे सगुनका संस्थापकहर…