कीवर्डहरू -

अपडेट

संचार उद्योगमा ५९ प्रतिशतमात्र व्यवसाय – राष्ट्र बैंक सर्वेक्षण

मुलुकमा कोरोना संक्रमण सुरु भएपछि सञ्चार क्षेत्र पूर्ण रुपमा सञ्चालन भए पनि यसको व्यवसायमा भने झन्डै ४० प्रतिशतले कमी आएको पाइएको छ ।

राष्ट्र बैंंकले बुधबार सार्वजनिक गरेको ‘कोभिड १९ ले अर्थतन्त्रमा पारेको प्रभावसम्बन्धी दोस्रो पुनरावृत्ति सर्वेक्षण प्रतिवेदन’अनुसार सञ्चारसँग सम्बन्धि उद्योग तथा व्यवसायहरु पूर्ण रुपमा सञ्चालन भए पनि उनीहरुको कारोबार तथा व्यवसाय भने पहिलेको अवस्थामा पुग्न सकेको छैन ।

अनलाइनबाट गरिएको अध्ययनअनुसार २०७७ असारको तुलनामा उद्योग, व्यवसायहरुको उत्पादन, कारोबारको अवस्थामा सुधार आएको छ तर कोभिड १९ सुरुहुनुभन्दा अघिको अवस्थामा भने पुग्न सकेको छैन ।

सर्वेक्षणअनुसार कोरोना महामारी सुरु हुनुभन्दा अघिको तुलनामा सञ्चार क्षेत्रको उत्पादन तथा कारोबारको अवस्था औषत ५८.८ प्रतिशतमात्र रहेको छ ।  यस्तो कारोबार २०७७ असार ३३.२ र २०७७ मंसिरमा ४२.३ प्रतिशत रहेको थियो ।

सर्वेक्षणअनुसार कोरोना महामारी सुरु हुनुभन्दा अघिको तुलनामा सञ्चार क्षेत्रको उत्पादन तथा कारोबारको अवस्था औषत ५८.८ प्रतिशतमात्र रहेको छ ।  यस्तो कारोबार २०७७ असार ३३.२ र २०७७ मंसिरमा ४२.३ प्रतिशत रहेको थियो ।

सर्वेक्षणअनुसार संचार क्षेत्रका उद्योग व्यवसायहरु कोरोना महामारीकाबीचमा पनि पूर्ण रुपमा सञ्चालनमा रहेका छन् । त्यसरी पूर्ण रुपमा सञ्चालनमा रहने उद्योग व्यवसायमा विद्युत, ग्याँस तथा पानी पनि रहेका छन् ।

त्यस्तै, २०७७ असारको तुलनामा सञ्चार क्षेत्रका उद्योग व्यवसायहरुको औषत तलब–ज्याला खर्च कोभिड–१९ महामारी अगाडि कै अवस्थामा पुगेको पाइएको छ । अर्थात सत प्रतिशत खर्च भइरहेको छ ।
यसरी सत प्रतिशत खर्च हुनेमा विद्युत, ग्याँस तथा पानी छन् भने खानी तथा उत्खनन क्षेत्रका उद्योग, व्यवसायहरुको औसत तलब ज्याल खर्च बढेको पाइएको छ ।

राष्ट्र बैंकले २०७८ बैशाखको ५ देखि १४ गतेसम्म टेलिफोन अन्तर्वार्ता र अनलाइनबाट उक्त सर्वेक्षण सम्पन्न गरेको थियो । यस सर्वेक्षणमा ५ सय ६२ जना उद्योगी, व्यवसायीहरु सहभागी भएका थिए ।
अध्ययनका क्रममा संकलित नमुनामा संचारक्षेत्रबाट १.४ प्रतिशत रहेको थियो ।

यस सर्वेक्षणअनुसार कोभिड १९ पूर्व २०७६ फागुनको अवस्थामा समग्र उद्योग व्यवसाय पुग्न सकेका छैनन्। बैशाख १६ गते सुरु भएको दोस्रो लकडाउनका कारण यो अवस्था अझ खराब हुनसक्ने जनाएको छ ।

उद्योग, व्यवसायीहरुलाई सोधिएको प्रश्नावलीमा ‘कोभिड १९ महामारीका कारण बन्दाबन्दी शुरुवात हुनुभन्दा अगाडि २०७६ फागुन महिनाको अवस्थासँग तुलना गर्न लगाइएको थियो ।

कोभिड महामानरी पूर्व २०७६ फागुनको तुलनामा २०७७ असारमा ४.१ प्रतिशत मात्र उद्योग व्यवसायहरु पूर्ण रुपमा सञ्चालनमा रहेकोमा २०७८ बैशाखमा बढेर ८१.२ प्रतिशत पुगेको देखिन्छ । हालसम्म पनि ४.२ प्रतिशत उद्योग व्यवसायहरु सञ्चालनमा आउन सकेका छैनन् ।

कोभिड–१९ का कारण आर्थिक वर्ष २०७६÷७७ मा नेपालको आर्थिक वृद्धि ऋणात्मक भएको थियो भने २०७७÷७८ मा कमै हुने अनुमान छ ।

२०७७ असारमा ५२ जिल्लाका ६७४ उद्योग, व्यवसायीहरुको तथ्यांक संकलन गरी पहिलो प्रतिवेदन सार्वजनिक गरेको थियो ।

सो सर्वेक्षणले लकडाउनपछि ६१.०३ प्रतिशत उद्योग, व्यवसायहरु सञ्चालन हुन नसकेको र ४.१ प्रतिशत उद्योग, व्यवसायहरु मात्र पूर्णरुपमा सञ्चालनमा रहेको देखिएको थियो ।

सो सर्वेक्षणले लकडाउनपछि ६१.०३ प्रतिशत उद्योग, व्यवसायहरु सञ्चालन हुन नसकेको र ४.१ प्रतिशत उद्योग, व्यवसायहरु मात्र पूर्णरुपमा सञ्चालनमा रहेको देखिएको थियो ।

२०७६ चैत ११ गते पहिलो लकडाउन सुरु भएको थियो । लकडाउन खुकुलो भएपछि २०७७ मंसिरमा प्रथम पुनरावृत्ति सर्वेक्षण सम्पन्न गरिएको थियो ।

व्यवसाय सञ्चालन सम्बन्धी पछल्लो वस्तुस्थिति बारे २०७७ असार र मंसिरको सर्वेक्षणमा सहभागी व्यवसायीहरुबाट पुनः तथ्यांक संकलन गरी तुलनात्मक अध्ययन गर्न २०७८ बैशाख ५ देखि १४ गतेसम्म दोस्रो पुनरावृत्ति सर्वेक्षण सम्पन्न गरिएको हो ।

पुनरावृत्ति सर्वेक्षणले २०७७ असारको सर्वेक्षणको तुलनामा उद्योग, व्यवसायको सञ्चालन स्थिति तथा उत्पादन र व्यावसायीक कारोबारमा उल्लेख्य सुधार आएको देखिएको छ ।

२०७८ बैशाख १६ गतेदेखि पुन लकडाउन सुरु भएको छ ।

यो दोस्रो पुनरावृत्ति सर्वेक्षण गरिसक्दा कोभिड १९ को दोस्रो लहरले गर्दा अधिकांस जिल्लाहरुमा पुनः निषेधाज्ञा जारी भएका छन् । यसले गर्दा अर्थतन्त्रमा पुनः प्रभावित हुन पुग्ने देखिएको छ ।

अपडेट

गूगलले नयाँ जेनेरेसनको थ्रीडी भिडियो च्याट बुथ प्रिभ्यु गर्‍यो (भिडियो सहित)

गूगलले नयाँ जेनेरेसनको थ्रीडी भिडियो च्याट बुथ प्रिभ्यु गरेको छ । यसले भिडियो च्या…

डिआरएस गेमिङ पब्जी मोबाइलको विश्व सूचीमा ९ नम्बरमा पर्न सफल

नेपाली पब्जी मोबाइल टिम द रियल सोल्जर्स (डीआरएस) पब्जी मोबाइलको विश्व सूचीमा ९ नम्ब…

ब्रोडवे इन्फोसिसले अनलाइनबाट निःशुल्क अटोक्याड सिकाउने

ब्रोडवे इन्फोसिसले अनलाइनबाट निःशुल्क अटोक्याड सिकाउने भएको छ । यो निःशुल्क सेसन ज…

काउन्सिलमा दर्ता भएका डाक्टरलाई टेलिकमको निःशुल्क अनलिमिटेड भ्वाइस, यस्तो छ लिने तरिका

नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका सबै चिकित्सकहरुले १ महिना सम्म निःशुल्क नेपाल ट…

ट्विटर भेरिफिकेसन पुन: सुरु, ट्विटर एपबाट पनि निवेदन दिन सकिने

ट्विटरले अकाउन्ट भेरिफिकेस फेरि सुरु गरेको छ । केही समय व्यक्तिको लागि फेरिफिकेसन बन्द गरेको ट्विटरले मे २० देखि प…

निषेधाज्ञामा पनि घर घरमै फलफूल, तरकारी र मासुको होम डेलिभरी गर्दै ई फार्म

गाउँका किसानलाई शहरका उपभोक्तासँग जोड्दै आएको ई फार्मले कोभिड–१९ को विषम परिस्थित…

जुलाईदेखि आईफोनमा भीओएलटिई चल्ने, समस्या समाधान गर्न एप्पलले खटायो विज्ञ टोली

आगामी जुलाई देखि आईफोनमा नेपाल टेलिकमको भ्वाइस ओभर एलटिई (भीओएलटिई) सेवा चल्ने …

ह्वावेले आगामी ५ वर्षमा नेपालसहित दक्षिण एशियाली मुलुकमा १ लाख डिजिटल ट्यालेन्ट विकास गर्ने 

ह्वावले आगामी ५ वर्षमा बंगलादेश, श्रीलंका र नेपाल लगायत दक्षिण एशियालि मुलुकहरूमा…

यि हुन एनसेल एपमा ग्राहकले पाउने निशुल्क सुविधा

निजी क्षेत्रको अग्रणी मोबाइल कम्पनी एनसेलले आफ्ना ग्राहकलाई विभिन्न सुविधा ल्याइरहेको छ ।

उपायको निःशुल्क अक्सिजन डेलिभरी सेवाः यसरी लिन सकिन्छ मोबाइल एप र टेलिफोनबाट

कोरोना संक्रणले आक्रान्त पारिरहेको बेला अक्सिजनको अभाव हाँहाँकार छ ।  विरामीको उप…

एनआईसी एशिया डाइनामिक डेप्ट फण्डको सेयर अनलाइनबाट किन्न सकिने 

एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गतको पहिलो खुलामुखी योजना एनआई सी एशिया डाइनामिक डेप्ट फण्डको इकाईहरु अनलाईन…

एप्पल म्युजिकले अर्काे महिना देखि डोल्बी एटमोस र लसलेसको फिचर ल्याउँदै

एप्पल म्युजिकले अर्काे महिना देखि डोल्बी एटमोस र लसलेस स्ट्रिमिङ प्रयोग गर्न दिने भएक…

गूगल एआईले अब विरामीको छाला चेक गर्न सक्ने

अब मान्छेसँगसँगै एआईले पनि छालाको जाँच गर्नसक्ने भएको छ । प्रयोगकर्ताले आफ्नो छाला,…

डिजिटल बैंकिङको शुरुवात गर्दै मिर्मिरे, दुई दर्जन बढी सेवा घरबाटै

काभ्रेको बनेपामा प्रधान कार्यालय रहेको मिर्मिरे लघुवित्त वित्तीय संस्थाले आफ्ना सदस्यह…

यसरी लिनुहोस् टेलिकमको ब्यालेन्स ट्रान्सफर, रिचार्ज तथा गिफ्ट प्याकेजको सुविधा

निषेधाज्ञाको समयमा घरमै बसेर वर्क फ्रम होम, अनलाइन क्लास, वेबिनार जस्ता क्रियाकलापम…