अपडेट
दूरसञ्चार सेवा राम्रोसँग नियमन गर्न नसके विभेद झन् बढ्ने निश्चित छः मन्त्री गुरुङ
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरूङले नेपालको दूरसञ्चार क्षेत्रको विकास र सवलीकरणका लागि नीतिगत सुधारमा सरकार लागिपरेको बताएका छन् ।
टेकपाना मिडियाले सोमबार आयोजना गरेको ‘दूरसञ्चार नीतिगत बहस श्रृङ्खला’ मा बोल्दै मन्त्री गुरूङले दूरसञ्चार क्षेत्रलाई व्यवस्थित गर्दै देशको अर्थतन्त्र सुदृढ गर्न सरकारले योजनावद्ध रुपमा काम गरिरहेको बताए ।
दूरसञ्चार सेवाको क्षेत्रमा अहिले डुप्लिकेसन, राजस्व चुहावटलगायतका चुनौती देखिएकाे बताउँदै उनले यसमा नियमन र व्यस्थापन गर्न सकिएन भने दूरसञ्चार सेवाले धनी, धनी भइरहने र गरिब, गरिब नै भइरहने अवस्था आउने बताए ।
‘यहीकारण हामीले विशेष किसिमको कदम लिन आवश्यक छ । मुख्यत: पुरानो दूरसञ्चार नीति परिमार्जन गर्दै नयाँ कानून बनाउन हामीले सुझाव मागिरहेका छौं । यसपछि यो क्षेत्रका धेरै चुनौती सम्बोधन हुनेछ,’ उनले भने ।
त्यस्तै उनले इन्टरनेट कनेक्टिभिटीसँगै यसको गुणस्तरीयतालाई पनि ध्यान दिन जरूरी रहेको भनाइ राखे । ‘सेवा त दिएका छौं । सबै साझेदारले लगानी पनि गरेका छन् । तर सेवा किन गुणस्तर हुन सकेन, त्यो प्रश्न बाँकी नै छ,’ उनले भने ।
सेवालाई पहुँचयोग्य र गुणस्तरीय बनाउन केही समस्या र अन्तर रहेको बताउँदै उनले सेवाप्रदायकसँग साझेदारी गरेर यसको समाधान गर्न सरकार तयार रहेको भनाइ राखे ।
दूरसञ्चार क्षेत्रमा भएको लगानीअनुसार सेवा गुणस्तरीय हुन नसकेको बताउँदै उनले गुणस्तर सेवा नदिने सेवाप्रदायकलाई कारबाही गर्ने प्रावधान बनाउने दिशामा सरकार अगाडि बढेको जानीकारी दिए ।
‘हाम्रा लगानीहरु खासै प्रभावकारी हुन सकेका छैनन् । सेवाप्रदायकसँग समन्वय राम्रो बनेको छैन । सहरमा इन्टरनेट सेवाप्रदायकका तार झुण्डिहरेका छन् । यस्ता चुनौती समाधानका लागि सरकारले के गर्नुपर्छ, त्यसको लागि हामी तयार छौं,’ उनले भने ।
आफू मन्त्री भएर आएदेखि नै पूर्वाधार कम्पनीको बहस गरिरहेका बताए । ‘पूर्वाधार सहप्रयोगको कुरा असम्भव लाग्थ्यो, अहिले सम्भव भएको छ । सरकारी कम्पनीको पूर्वाधार पनि सहप्रयोग गर्न पाउने नीति बनिसकेको छ’, उनले भने, ‘अहिले एक वा दुई वटा कति पूर्वाधार कम्पनी बनाउने भनेर छलफल भइरहेको छ । हामीले एउटै कम्पनी पर्याप्त हुन्छ भनेका छौं । आईएसपीका साथीहरूले दुई वटा बनाउन सुझाव दिनुभएको छ । हामी यसबारे छलफल गरी ठोस निर्णयमा पुग्नेछौं ।’
सीमित प्राकृतिक स्रोतका रूपमा रहेको फ्रिक्वेन्सीको प्रभावकारी प्रयोगलाई सम्भव बनाउन सरकारले फ्रिक्वेन्सी सम्बन्धी रणनीतिक योजना तयार गर्न लागेको मन्त्री गुरुङले जानकारी दिए । यसले फ्रिक्वेन्सी वितरण र प्रयोग पारदर्शी हुने उनको भनाई थियो । हालैमात्र फाइभजी परीक्षणका लागि आवश्यक फ्रिक्वेन्सी उपलब्ध गराउने निर्णय गरेको उनले जानकारी दिए ।
त्यसैगरी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव शोभाकान्त पौडेलले दूरसञ्चार सेवाहरू अब व्यवसायदेखि सरकार (बीटुजी) मा जानुपर्ने सुझाव दिए । दूरसञ्चार सेवाको प्रयोग अब अर्थतन्त्रलाई सहयोग पुर्याउने दिशामा हुनुपर्ने उनको जोड थियो ।
नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले ब्रोडब्यान्ड नीतिले लिएका लक्ष्य विगत पाँच वर्षमा धेरै हासिल भएको जानकारी दिए ।
कोभिड १९ सङक्रमणका कारण दूरसञ्चार सेवाको उपभोगमा व्यापक परिवर्तन आएको उनले बताए । फाइभजी सेवा परीक्षण खुला भइसकेकाले अबको दूरसञ्चार बजार आईओटी र एआईतर्फ जाने उनको भनाइ थियो ।
कार्यक्रममा आईटीयूका विज्ञ स्कट डब्लू मिनहेनले कार्यपत्र प्रस्तुत गर्दै न्यून आयस्तर भएका जनताका लागि महंगो इन्टरनेटले यस अघि भन्दा कोभिड १९ पछि थप चुनौति बढाएको बताए ।
'सामाजिक र आर्थिक सहभागीताका लागि सहज कनेक्टिभिटीमार्फत शिक्षा, स्वास्थ्य र अन्य सरकारी सेवा, सञ्चार, ईकमर्स सेवामा पहुँच पुर्याउन सक्नुपर्छ,' उनले भनेका छन् ।
त्यस्तै सोही कार्यक्रममा भएको ‘कनेक्टिङ ब्रोडब्याण्ड टु प्रडक्टिभिटी : कन्टेक्स्ट टु नेपाल’ विषयक प्यानल डिस्कसनमा वक्ताहरूले ब्रोडब्याण्डको परिभाषा र कर नीतिलाई समयानुकुल परिवर्तन गर्नुपर्न आवश्यकता औंल्याएका छन् ।
नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक मीनप्रसाद अर्यालले अहिले परिस्थिति परिवर्तन भएकाले भएकाले ब्रोडब्यान्डको परिभाषा परिवर्तन गर्न आवश्यक रहेको बताए ।
त्यस्तै नेपाल टेलिकमकी निर्देशक प्रतिभा वैद्यले भौगोलिकरुपमा विकट स्थानहरुमा ब्राेडब्याण्ड सेवा पुर्याउन सरकारले सेवाप्रदायकलाई सहुलियत प्रदान गर्नुपर्ने धारणा राखिन् । साथै उनले दूरसञ्चार नीतिमा सहजीकरण गर्न र खरिद प्रक्रिया नीतिलाई लचिलो बनाउन सरकारसमक्ष आग्रह गरिन् ।
कार्यक्रममा बोल्दै एनसेल आजियाटाका सीईओ तथा प्रबन्ध निर्देशक एन्डी चोङले ब्रोडब्याण्ड मूल्य तथा सेवालाई पहुँचयोग्य बनाउन बाह्य मुलुकसँग द्विपक्षीय सम्झौता गरी नीतिगत सुधार ल्याउन सरकारलाई सुझाव दिए ।
दूरसञ्चार क्षेत्रमा २० प्रतिशत लाइसेन्स शुल्कका कारण नेपाल टेलिकम र एनसेलको मात्र आधिपत्य रहेको कारण शुल्कलाई समयानुकूल परिमार्जन गरेर लैजानुपर्ने इन्टरनेट सेवाप्रदायक नेपालका अध्यक्ष सुधिर पराजुलीले बताए ।
अर्थविद् विनिशा नेपालले प्रविधि साक्षरताको राष्ट्रव्यापी अभियान चलाएर अबको दूरसञ्चार नीतिलाई समावेशी बनाउन आग्रह गरिन् ।
अपडेट
जमलमा सर्यो नेपाल दूरसञ्चार प्राधिकरण
नेपाल दूरसञ्चार प्राधिकरणको कार्यालय जमलमा सरेको छ । बैशाख २ गतेदेखि प्राधिकरणको …
नबिल बैंकको मोबाइल बैंकिङ एपमा अब एक भन्दा बढी कार्ड इन्टिग्रेट गर्न मिल्ने
नबिल बैंकले आफ्नो मोबाइल बैंकिङ एपमा ‘कार्ड इन्टिग्रेसन’ सेवाको शुरुवात गरेको छ …
नेपाल एसबिआई बैंकमा कर्पोरेट पे शुरू
नेपाल एसबिआई बैंक लिमिटेडले बैंक खाताबाट डिजिटल भुक्तानी गर्न सकिने गरी कर्पोरेट…
भायानेटको स्पीडी अफर, पहिलेकै मूल्यमा उच्च गतिको इन्टरनेट उपलब्ध हुने
भायानेटले स्पीडी अफर ल्याएको छ । ग्राहकहरुलाई सस्तो मूल्यमा उच्च गतिको इन्टरनेट प्रदा…
अब पासपोर्ट बनाउन र नवीकरण गर्न राष्ट्रिय परिचयपत्र नम्बर चाहिने
अब पासपोर्ट बनाउन र नवीकरण गर्न राष्ट्रिय परिचयपत्र नम्बर आवश्यक पर्ने भएको छ । आगामी…
अब अनलाइनबाटै घरजग्गाको नक्शा प्रिन्ट गर्न र राजस्व तिर्न सकिने
अब अनलाइनबाटै घरजग्गाको नक्शा हेर्न, प्रिन्ट गर्न र राजस्व तिर्न सकिने भएको छ । अनलाइ…
ह्वावेको रणनीतिः फाइभजी विस्तार देखि सिमलेस सेवा प्रदान गर्नेसम्म
ह्वावेले शेन्जेनमा १८ औं ग्लोबल एनालिस्ट समिट आयोजना गरेको छ । उद्योग र वित्तीय विश्…
कञ्चन गाउँपालिकाका ५० पसललाई खल्तीको क्युआर कोड वितरण
रूपन्देहीको कञ्चन गाउँपालिकाले पसलहरुलाई क्युआर कोड वितरण गरेको छ । गाउँपालिकाले…
५० स्थानमा चार्जिङ स्टेशन निर्माण हुने, कुन कुन ठाउँमा हुँदै छन् निर्माण ?
सात प्रदेशका ५० स्थानमा विद्युतीय सवारीसाधनको चार्जिङ स्टेशन निर्माण हुने भएको छ । …
घरमै बसेर काम गर्न सकिने गरी इसेवाले माग्यो २६५ कर्मचारी, यसरी दिनुहोस् आवेदन
नेपालको पहिलो पेमेन्ट गेटवे इसेवाले २६५ जना कर्मचारी मागेको छ । बजार प्रतिनिधिको…
अटोमेकरका लागि इन्टेलले चीप बनाउने
इन्टेलले ग्लोबल अभाव पुरा गर्नलाई अटोमेकरहरको लागि चीप बनाउने भएको छ । …
न्यूरालिंकको ब्रेन कम्प्यूटर इन्टरफेस प्रिभ्यू सार्वजनिक, बाँदरले खेल्यो पिङ्गपङ्ग गेम (भिडियोसहित)
एलन मस्कले मानव मस्तिष्कलाई कम्प्युटरसँग जोड्ने प्रविधि न्यूरालिंकको बारेमा अपडेट दिए…
रिचार्जरको नयाँ वर्ष अफर, ७० प्रतिशत छुटसँगै एउटा ग्याजेट किन्दा अर्को सित्तैंमा
रिचार्जरले नयाँ वर्षको अवसरमा न्यू इयर सेल अफर सार्वजनिक गरेको छ । ई–कमर्श प्लेटफर्म…
प्रभु क्यापिटलद्वारा विद्यालयलाई २ वटा कम्प्युटर सहयोग
प्रभु क्यापिटल लिमिटेडले पोखरा स्थित चण्डिका आधारभूत विद्यालयलाई २ वटा कम्प्युटर सेट…