कीवर्डहरू -

अपडेट

टिकटक जस्तै नेपाली एप ‘थोप्ला’ सार्वजनिक हुँदै, के के छन् विशेषता ? 

टिकटक जस्तै नेपालको आफ्नै शर्ट भिडियो शेयरिङ एप ‘ थोप्ला ’ सार्वजनिक हुने भएको छ । एक्लो कम्पनीले विकास गरेको थोप्ला एप नयाँ वर्षको अवसरमा आउँदो वैशाख १ गते सार्वजनिक हुने भएको हो ।

थोप्लामा अरू एपमा जस्तै म्युजिक छनोट गरेर १५ सेकेण्ड, ३० सेकेण्ड र ६० सेकेण्ड सम्मको भिडियो अपलोड गर्न सकिने छ । वेबसाइटमा आजैदेखि भिडियो अपलोड गर्ने सुविधा खुल्ला गर्ने र एपमा वैशाख १ गतेदेखि खोल्ने योजना कम्पनीको छ ।

थोप्लामा अपलोड भएको भिडियोमा लाइक कमेन्ट र शेयर गर्न मिल्छ । पछिल्लो समय नेपालमा पनि भिडियो शेयरिङ प्लेटफर्म एकदमै लोकप्रिय हुँदै गइरहेको छ ।

थोप्लामा एड बजाउने पनि योजना रहेको एक्लो कम्पनीका प्रबन्ध निर्देशक उज्जवल खनालले बताए । ‘भिडियो सकिएपछि पछाडि तिर केही सेकेण्डको एड बजाउन सकियो भने हाम्रो प्रयोगकर्तालाई पनि केही आम्दानी हुन्छ,’ खनालले भने । ‘’

‘हाम्रो मुख्य उद्देश्य भनेको प्रयोकर्तालाई थोप्लाबाटै केही आम्दानी गर्न सक्ने बनाउनु हो,’ उनले भने, ‘हेरौं यो योजनामा कत्तिको सफल भइन्छ।’

यसमा युट्युबको प्ले बटन जस्तै निश्चित फ्लोअर पुगेपछि प्रयोगकर्ताले प्रोत्साहन स्वरूप केही दिने योजना रहेको उनले आइसिटी समाचारसँग बताए ।

थोप्लाले साइबर सुरक्षामा समेत ध्यान दिएको जनाएको छ । ‘हाम्रो कोडिङ एउटा सर्भरमा हुन्छ । प्रयोगकर्ताको डेटा अर्को सर्भरमा हुन्छ,’ उनले भने, ‘यदि कसैले ह्याक गर्‍यो भने हाम्रो एउटा सर्भर ह्याक हुन्छ र त्यो डाटा भएको सर्भरमा कहिले पनि पहुँच हुँदैन ।’

अपडेट

अब फोनपे र कनेक्ट आईपीएसबाटै ट्राफिक जरिवाना तिर्न सकिने

महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम उल्लंघन गरेबापत तिर्नुपर्ने जरिवानाल…

क्यान महासंघले आयोजना गरेको स्क्रम सम्बन्धि ट्रेनिङ शुरू

क्यान महासंघले आयोजना गरेको स्क्रम सम्बन्धि ट्रेनिङ शनिबारबाट शुरू भएको छ । २३ जना …

उद्यमी सुशील पोखरेल प्रवल जनसेवा श्री पदकबाट सम्मानित

उद्यमी सुशील पोखरेल प्रवल जनसेवा श्री (चतुर्थ) पदकबाट सम्मानित भएका छन् । शुक्रबार र…

प्रहरीलाई प्रविधिमैत्री बनाउने पूर्व डिआईजी डा. सुब्बा सुप्रबल जनसेवा श्री पदकबाट सम्मानित 

नेपाल प्रहरीका पूर्व डिआईजी डा. राजिब सुब्बा सुप्रबल जनसेवा श्री (तृतिय) पदकबाट सम्…

२ हजार ७८ रूपैयाँमा स्काई ब्रोडब्याण्डको इन्टरनेट र टिभी, साथमा जडान खर्च निःशुल्क

नयाँ वर्ष २०७८ सालको अवसरमा इन्टरनेट सेवा प्रदायक कम्पनी स्काई ब्रोडब्याण्डले नयाँ अफ…

वर्ल्डलिंकको ‘हर्षको नयाँवर्ष’ अफर, इन्टरनेट प्याकेजमा ६२ प्रतिशतसम्म छुट

नेपालकै ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्सले नयाँ वर्षलाई लक्षि…

टिकटकमा अटो क्याप्सन फिचर आउँदै

टिकटकमा अब अटोमेटिक क्याप्सनको फिचर थप हुने भएको छ । यसले प्रयोगकर्तालाई अझै सहज …

नबिल बैंकको ‘नयाँ रहर, नयाँ अफर’ योजना, डेबिट र क्रेडिट कार्डबाट शपिङ क्यासब्याक पाइने

नबिल बैंकले नयाँ वर्ष २०७८ को अवसरमा ग्राहकहरुका लागि क्यासब्याक अफर ल्याएको छ । द…

पोखरामा मेगा बैंकको क्युआर कोड सेवा शुरू

मेगा बैंक नेपाल लिमिटेडले पोखरामा क्यूआर कोड सेवाको शुरुवात गरेको छ । बैंकले प…

भिभोको नयाँ वर्ष अफर, मोबाइल किन्दा छुटका साथै उपहार जित्न सकिने

भीभोले नेपाली नयाँ वर्षमा विशेष अफर सार्वजनिक गरेको छ । भीभोले भी र वाई सिरिजका…

दोब्बर पैसा तिरेका ग्राहकहरुलाई पैसा फिर्ता गर्दै टेस्ला

टेस्लाले दोब्बर पैसा तिरेका ग्राहकहरुलाई पैसा फिर्ता गरेको छ ।

राष्ट्रिय सूचना प्रविधि केन्द्रमा रोजगारीको अवसर, विभिन्न पदमा १३ जना माग

राष्ट्रिय सूचना प्रविधि केन्द्रले करार सेवामा १३ जना कर्मचारी माग गरेको छ । बिहीबार…

प्रतिनिधिसभामा सूचना प्रविधि विधेयक पेश नहुने

सूचना प्रविधि विधेयक आजको प्रतिनिधिसभा बैठकमा पेश नहुने भएको छ । अभिव्यक्ति स्वतन्त्…

ह्वावे इन्टेलिजेन्ट आईपी सोलुसनले उद्यमलाई आईसीटी पूर्वाधार निर्माण गर्न मद्दत गर्दै

‘परिवर्तनहरू अँगाल्नेः इन्टेलिजेन्ट आईपी नेटवर्कले उद्योगको लागि नयाँ भविष्य ड्राइभ ग…

सामाजिक सञ्जालमा लेख्दा ५ वर्ष जेल हुन सक्ने, प्रतिनिधिसभामा विधेयक पेस हुँदै

सामाजिक सञ्जालमा लेखेबापत प्रयोगकर्तालाई ५ वर्ष जेल र १५ लाख रुपैयाँ जरिवाना गर्ने…