अपडेट
मध्य पश्चिमान्चल विश्वविद्यालय र सिच्याच्वांग थेताओ विश्वविद्यालयबीच सम्झौता
शिक्षा अनुसन्धान तथा संस्कृति आदान प्रदान र सहकार्य गर्ने उद्देश्य सहित मध्य-पश्चिमान्चल विश्वविद्यालय नेपाल र सिच्याच्वांग थेताओ विश्वविद्यालय चीन विच सम्झौता भएको छ । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको तर्फबाट उपकुलपति प्रा.डा. नन्दबहादुर सिंह र सिच्याच्वाङ्ग थेताओ विश्वविद्यालयको तर्फबाट उपकुलपति प्रा.डा. फेंङ वेन्चीद्वारा उक्त सम्झौता पत्रमा हस्ताक्षर गरिएको विश्वविद्यालयका उपप्रध्यापक तथा सुचना प्रविधि विज्ञ पञ्चदेव भट्टले जानकारी दिएका छन् ।
‘उक्त सम्झौता अन्तर्गत दुबै विश्वविद्यालयबीच बहुआयामिक क्षेत्रमा सहयोग एवं सहकार्य हुने उल्लेख गरिएको छ’ उपप्रध्यापक भट्टले भने, ‘यो सम्झौता पछि मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरु चिनियाँ विश्वविद्यालयमा क्रेडिट ट्रान्सफर गरी पढ्न सक्नेछन् । स्नातकोत्तर र विद्यावारिधी अध्ययनका लागि विद्यार्थीहरुले पूर्ण छात्रवृत्तिका लागि पनि आवेदन पनि दिन सक्ने छन् ।
समझदारी पत्रमा उल्लेख गरिएको छ, ‘अनुसन्धान, लेक्चर तथा शिक्षण सिकाईका लागि प्राध्यापकसमेत आदान प्रदान हुनेछन् । यसको मुख्य उद्देश्य विश्वविद्या लयअन्तर्गतका संकाय तथा दोहोरो शैक्षिक सम्बन्ध विकास गर्नु रहेको छ । यो हस्ताक्षर भएको मितिबाट पाँच वर्षका लागि मान्य हुनेछ । त्यसपश्चात् यसको प्रभावकारिता र आवश्यकता अनुसार थप गरिने प्रावधान रहेको छ’ ।
सिच्याच्वांग थेताओ विश्वविद्यालय यातायात, सूचना प्रविधि तथा इन्जिनियरिङ सँग सम्बन्धित चीनकै एक अग्रिणी तथा प्रख्यात विश्वविद्यालय हो । यो सहकार्य पश्चात मध्य-पश्चिमान्चल विश्वविद्यालयमा कार्यरत प्राध्यापक तथा अध्ययनरत विद्यार्थीहरुले प्रत्यक्ष शैक्षिक लाभ लिनसक्ने विश्वास गरिएको छ ।
अपडेट
ईसेवाबाट स्मार्टमा टपअप गर्दा १ जीबी डेटा पाउन सकिने
स्मार्टले टपअपमा उपहारको बहार नामक नयाँ योजना सार्वजनिक गरेको छ । यस योजनामा मोब…
एशियन लाइफ इन्स्योरेन्सको बिमालेखको लागि अनलाइनबाटै आवेदन दिन सकिने
एशियन लाइफ इन्स्योरेन्सले अनलाइनबाटै बिमालेखको लागि आवेदन दिन सकिने सुविधा ल्याएक…
डिजिटल संवादको १३औं श्रृंखलामा गर्भनेन्समा डेटाको प्रयोग र अवस्थाको बारेमा राउण्ड टेवल छलफल हुदै
हरेक शनिवार आयोजना हुदै आएको डिजिटल संवादमा सूचना प्रविधिका विभिन्न आयामहरु तथा विभिन्न क्षेत्रमा भइरहेको प्रयोग, अभ्यासहरुको बारेमा छलफल हुने गर्दछ । १…
भू-उपग्रह नीति मन्त्रीपरिषदबाट स्वीकृत
सरकारले भू-उपग्रह नीति स्वीकृत गरेको छ । गत असार २ गतेको बसेको मन्त्रीपरिषद बैठकल…
अब जीमेल एपबाटै भिडियो कन्फेरेन्सिङ एप गूगल मिट प्रयोग गर्न सकिने
भिडियो कन्फेरेन्सिङ एप गूगल मिट प्रयोग गर्न मोबाइलमा अब छुटै एप डाउनलोड गर्नु नपर्न…
एनसेलको मेन ब्यालेन्सबाट मोबाइल डेटा चलाउँदा पाइने २५ प्रतिशत छुट सेवा बन्द
एनसेलको मेन ब्यालेन्सबाट मोबाइल डेटा चलाउँदा पाइने २५ प्रतिशत छुट सेवा बन्द भएको …
विद्यार्थीहरुलाई निशूल्क सि र सि प्लस प्लस प्रोग्रामिङ ल्याङवेज सिकाइदै, यसरी हुनुहोस सहभागी
कोरोना महामारीको कारणले शैक्षिक संस्थाहरु बन्द भएको अवस्थामा हजारौं विद्यार्थीहरु घ…
ट्विटरमा अब भ्वाइस पनि ट्विट गर्न सकिने
ट्विटरमा पनि अब भ्वाइस ट्विट गर्न सकिने भएको छ । ट्विटरले यो फिचर परीक्षण गरिरहेको …
युनिभर्सल एसेप्टेन्स सम्वन्धी सचेतनात्मक वेविनार सम्पन्न
कोरोना संकटसँगै भएको लकडाउनका कारण नेपालमा पनि अनलाइनबाट सञ्चालन हुने विभिन्न वेविनारहरु प्रचलनमा छन । यसैक्रममा इन्टरनेट फाउण्डेसन नेपालले युनिभर्सल ए…
सस्तोडिलमा डोल्मा इम्प्याक्ट कोषको थप १ मिलियन डलर लगानी
नेपालको ईकमर्श कम्पनी सस्तोडिलमा डोल्मा इम्प्याक्ट कोषले थप १ मिलियन डलर लगानी गर्ने …
गृह मन्त्रालयको एसएमएस प्रणाली ह्याक
गृह मन्त्रालयको सर्ट म्यासेज सर्भिस (एसएमएस) प्रणाली ह्याक भएको छ । बुधबार दिउँसो कर…
स्वास्थ्यका महत्वपूर्ण संकेत जाँच्न मिल्ने मोबाइल एप बनाउन महाबिर पुनको आह्वान
राष्ट्रिय आविस्कार केन्द्रका संस्थापक महाबिर पुनले स्वास्थ्यका महत्वपूर्ण संकेत जाँच्न मि…
होम डेलिभरी मार्फत स्मार्ट लाईसेन्स घरमै उपलब्ध गराउने यातायात व्यवस्था विभागको तयारी
यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (स्मार्ट लाईसेन्स) होम डेलिभरी मार्फत…
भ्वाइस तथा डेटा सेवामा टेलिकमले उपलब्ध गराउँदै आएको स्टे कनेक्टेड अफर कायमै
भ्वाइस तथा डेटा सेवामा नेपाल टेलिकमले उपलब्ध गराउँदै आएको स्टे कनेक्टेड अफर कायमै…
भूकम्प प्रभावित ४ जिल्लामा थप २ महिनासम्म निशूल्क इन्टरनेट सेवा
नेपाल टेलिकमले भूकम्प प्रभावित ४ जिल्ला नुवाकोट, रसुवा, काभ्रेपलाञ्चोक र सिन्धुपाल्च…