कीवर्डहरू -

अपडेट

नौ महिनापछि सवारी लाइसेन्सको परीक्षा प्रक्रिया सुरु गर्ने तयारी

सरकारले विगत नौ महिनादेखि बन्द रहेको विभिन्न किसिमका सवारी साधनको चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षा प्रक्रिया सुरु गर्ने तयारी गरेको छ ।

गत ११ चैत २०७६ देखि सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि लकडाउन गरेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागले लाइसेन्सको लिखित र प्रयोगात्मक परीक्षा स्थगित गरेको थियो ।

त्यसयता सरकारी कार्यालय खुलेर सेवा सुचारु भए पनि सवारी लाइसेन्सको परीक्षा भने खुलेको छैन । यातायात व्यवस्था कार्यालयले गत असारदेखि नै कार्यालय खुला गरेर सवारी दर्ता र नवीकरणको सेवा भने दिँदै आएको छ ।

यसरी लामो समयसम्म लाइसेन्स नखुल्दा सेवाग्राही मर्कामा पर्दै आएका छन् । सामान्य अवस्थामै लाइसेन्सका लागि भीडभाड हुने गरेकामा नौ महिनासम्म स्थगित हुँदा अब झनै चाप बढ्ने भएको छ ।

विभागले भने कोरोनाको जोखिम अझै नहटेको भन्दै कोटा तोकेर आवेदन खोल्ने तयारी गरिरहेकोे छ । लिखित र प्रयोगात्मक दुवै परीक्षाका लागि सामान्य अवस्थामा लिइरहेकोभन्दा करिब आधा मात्रै कोटा तोकेर परीक्षा सञ्चालन गर्ने तयारीमा विभागको रहेको छ ।

भीडभाडका कारण कोरोना संक्रमणको जोखिम हुने भन्दै कोटा तोक्न लागिएको विभागले जनाएको छ । यो समाचार आजको राजधानी दैनिकमा टेनिस रोकाले लेखेका छन् ।

अपडेट

‘इ वेस्टको उचित व्यवस्थापन गर्न सरकारलाई सिफारिस गरेका छौं’

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोतम खनालले इ वेस्टको उचित व्यवस्थापन गर्न सर…

क्युआर पेमेन्टलाई प्रोत्साहन गर्न अभियान चलाउँदैं राष्ट्र बैंक

क्युआर पेमेन्टलाई प्रोत्साहन गर्न नेपाल राष्ट्र बैंकले अभियान चलाउने भएको छ । शुक्रबा…

‘सूचना प्रविधि क्षेत्रलाई सशक्त, प्रभावकारी र प्रतिस्पर्धात्मक बनाएर जान आवश्यक छ’

सूचना प्रविधि क्षेत्रलाई सशक्त, प्रभावकारी र प्रतिस्पर्धात्मक बनाएर जान आवश्यक रहेको अर्…

एटिएमबाट पैसा निकाल्न अब कार्ड नचाहिने, यसरी गर्नुहोस् प्रयोग 

लक्ष्मी बैंकले एटीएमबाट पैसा झिक्न एटीएम कार्ड नचाहिने प्रविधिको शुरुवात गरेको छ ।…

नेटफ्लिक्समा आयो अडियो मात्रै सुन्न सकिने प्लेब्याक मोड 

नेटफ्लिक्सले पोडकास्ट जस्तै अडियो मात्रै सुनिने प्लेब्याक मोड ल्याएको छ । एन्ड्रोइड पुल…

कोभिडविरुद्धको खोप सबै नेपालीलाई निःशुल्क

सरकारले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप सबै नेपालीलाई निःशुल्क उपलब्ध गराउ…

क्यान इन्फोटेक २०२० को स्टार्टअप पेभिलियनमा सहभागी उत्कृष्ट स्टार्टअपलाई नगद सहित सम्मान

कम्प्युटर एसोशिएसन नेपाल (क्यान) महासंघले सन् २०२० को क्यान इन्फोटेकमा स्टार्टअप पेभि…

राष्ट्रिय वाणिज्य बैंकले युवालाई उद्यमशीलता विकास र वित्तीय साक्षरताको तालिम सञ्चालन गर्ने

युवालाई उद्यमशीलताको मार्गदर्शन गराई उद्यमशीलताको विकास र वित्तीय साक्षरताको तालिम …

फेक ईमेल तथा फेसबुक आइडिबाट महिलालाई अश्लील तस्वीर पठाउने २ जना पक्राउ

प्रहरीको साइबर ब्यूरोले फेक इमेल तथा फेसबुक आइडी बनाई महिलालाई अश्लील सन्देश, तस्व…

रोजगारी खोज्ने र प्रदान गर्नेलाई जोड्दैं एनसेलको ‘जबसप’

एनसेल आजियाटा लिमिटेडले नयाँ सेवा ‘एनसेल जबसप’ शुरु गरेको छ । यो सेवाले रोजगा…

नेपालको पहिलो ओटीए प्लेटफर्म एक्सलट्रिप नेपाल दोस्रो बर्षमा

नेपालकै पहिलो ओटीए प्लाटफर्म एक्सलट्रिप डिसेम्बर १७ बाट दोस्रो बर्षमा प्रवेश गरेको छ।…

जूमले आगामी होलिडेमा पनि निःशूल्क अनलिमिटेड कलको सुविधा दिने 

जूमले आउँदो बिदामा पनि असीमित निःशुल्क कलको सुविधा दिने भएको छ । जूमले आउँदो थ्…

वीरगञ्जमा लायन्स क्लब अफ आइटी प्रोफेसनल्स गठन, अध्यक्षमा दीपक साह मनोनित

सूचना प्रविधि क्षेत्र मा आबद्ध रहेर काम गर्दै आएको व्यक्तिहरुको समुहको वीरगञ्जमा लायन्…

‘हटस्पट’ सहित सहरी क्षेत्रमा आइतबारदेखि एन्टिजेन परीक्षण गर्ने

सरकारले कोरोना भाइरस संक्रमणको ‘हटस्पट’सहित सहरी क्षेत्रमा आइतबारदेखि एन्टिजेन परी…

बैंक अफ काठमाण्डूका ग्राहकहरुलाई नेशनल प्याथ ल्याबमा १५ प्रतिशत छुट

बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहकहरुले नेशनल प्याथ ल्याब तथा रिसर्च सेन्टर प्रालिमा…