कीवर्डहरू -

अपडेट

बारपाकमा प्रभुको शाखा कार्यालय सञ्चालनमा 

गोरखा । शनिबार बारपाक सुलीकोटमा प्रभु बैंकको शाखा कार्यालय स्थापना गरी सञ्चालनमा ल्याईएको छ । यसको उद्घाटन भुतपूर्व उप–प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठबाट एक समारोहमा गरीएको हो । यसको प्रेस विज्ञप्ति अनुसार उक्त अवसरमा नेपाल राष्ट्र बैंकबाट जारी सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५ अन्तर्गत विभिन्न ५ जना भुकम्प पिडितहरुलाई बैंकको तर्फबाट सहुलियत ब्याजमा भुकम्प पिडित घरकर्जा स्वीकृत गरी पिडितहरुलाई हस्तान्तरण गरिएको थियो ।


सञ्चालनमा आएको बैंकको बारपाक शाखा कार्यालयबाट त्यहाँका स्थानीय तहका सेवाग्राही, सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन् र यस गाउँपालिकाको समग्र आर्थिक विकासमा टेवा पुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।


यसै समारोहमा मन्तव्य राख्दै नारायणकजी श्रेष्ठले बताउनुभयो “२०७२ सालको महाभुकम्पबाट अति प्रभावित बारपाक सुलिकोट गाउँपालिकामा आप्mनो शाखा कार्यालय खोलेर सर्वसाधारणहरुलाई गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध गराई प्रभु बैंकले प्रशंसनीय कार्य गरेको एवं यहाँका सम्पूर्ण संघ संस्था लगायत सर्वसाधारणहरुलाई प्रभु बैंकको अत्याधुनिक बैंकिङ्ग सेवा उपभोग गर्ने अवसर प्राप्त भएको छ ।”


त्यस्तै समारोहमा नेपाल पुननिर्माण प्राधिकारणका प्रमुख कार्यकारी अधिकृत शुसिल ज्ञवालीले बताउनुभयो “२०७२ सालको महाभूकम्पको केन्द्रविन्दु रहेको यस बारपाक सुलिकोट गाउँपालिकामा भूकम्प पिडितहरुलाई प्राथमिकताका साथ सहुलियत ब्याजदरमा भूकम्प पिडित कर्जा प्रवाह गर्ने उद्देश्यले आफ्नो शाखा कार्यालय विस्तार गरेकोमा प्रभु बैंक प्रति हार्दिक आभार प्रकट गर्दै प्रभु बैंकले नेपाल पुननिर्माण प्राधिकरणको कार्यमा सहयोगीको भुमिका निर्वाह गरेको छ ।”


समारोहमा आफ्नो मन्तव्य राख्दै प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले समृद्ध नेपाल सुखी नेपाली भन्ने नेपाल सरकारको मुख्य लक्ष्यलाई प्रभु बैंकले बैंकिङ्ग सेवा मार्फत योग्दान पुर्याउने अठोट गरे अनुसार बैंकिङ्ग पहुँच भन्दा बाहिर रहेका आम सर्वसाधारणहरुलाई बैंकिङ्ग प्रणालीमा ल्याउन गाउँगाउँमा पुगेर शाखा कार्यालय स्थापना गरिरहेको बताउनुभयो ।


यस उद्घाटन कार्यक्रममा गोरखा जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनितिक दलका प्रतिनिधिहरु, उद्योग वाणिज्य संंघका पदाधिकारीहरु लगायत ठूलो संख्यामा सर्वसाधारणहरुको उपस्थिति रहेको थियो ।

अपडेट

शुक्रवार र शनिवार केयुमा आइटी मिट २०१८

पुस १३ र १४ गते आइटी मिट २०१८ आयोजना भइरहेको छ । काठमाडौं युनिभर्सिटी कम्प्युटर क्लब र कम्प्युटर साइन्स एन्ड इन्जिनियरिङ डिपार्टमेन्टको संयुक्त आयोजनामा हुन ल…

शनिवार नेस्को आइटी २०१८ 


आइटी विद्यार्थीहरुमाझ लोकप्रिय इभेन्ट नेस्को आइटीको नवौं संस्करण यहि डिसेम्बर २९ मा आयोजना हुदैछ । पार्क भिलेज रिसोर्टमा आयोजना हुने कार्यक्रममा ३ स…

अनलाइनबाट अर्डर गरेको खानाको पैसा \'खल्ती\'बाटै तिर्न सकिने


मोबाईल भुक्तानी सेवाप्रदायक ‘खल्ती’ र अन्लाईनबाट रेस्टुरेन्टहरुमा पाइने खाना अर्डर लिने र डेलिभरी गर्ने कम्पनी ‘फुडमान्डु’ ल…

सरकारले ३ सय वटा विद्युतीय बस किन्ने 

सरकारले काठमाडौं उपत्यकामा गुडाउने गरी ३ सय वटा विद्युतीय बस किन्ने निर्णय गरेको छ।

मन्त्रिपरिषदको गत सोमबार बसेको बैठकल…

काठमाडौंमा अन्तर्राष्ट्रियस्तरको एआई पाठशाला

नेपाल अप्लाइड म्याथम्याटिक्स एण्ड इनफरमेटिक्स ईन्स्टिच्यूट अफ रिसर्च (नामी)को आयोजनामा काठमाडौंको प्राइम कलेजमा ११ दिन…

विराटनगरमा क्यान इन्फोटेकको तयारी तिव्र

मोरङ । आगामी पुस १९ देखि हुन लागेको …

काठमाडौं विश्वविद्यालयका विद्यार्थीलाई “प्रिक्सा एक्सिलेन्स अवार्ड” प्रदान

काठमाडौं । ‘प्रोटेक्ट योर डिजिटल लाइफ’ नारासहित विगत ३० वर्षदेखि विश्वभर प्रख्यात रहेको म्याकक्याफे एन्टिभाइरस तथा इन्टरनेट…

पुस १३ र १४ गते केयुमा आइटी मिट हुँदै

के तपाई पत्याउनु हुन्छ, अहिलेकाे याे सुचना प्रविधिको युगमा काेहि मान्छे माेबाइल नचलाएर बस्न सक्छ हाेला। प्रायःजसो म…

थप ३ लाख पोर्न साइट प्रतिबन्ध गर्दैछौं : मन्त्री बास्कोटा

काभ्रे । सरकारले थप ३ लाख पोर्न साइट नेपालमा प्रतिबन्ध लगाउने तयारी गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले…