कीवर्डहरू -

एलिना इन्फोटेकको शाखा काठमाडौंमा विस्तार, हरेक सामानमा ५ देखि १० प्रतिशतसम्म छुट 

एलिना इन्फोटेकको शाखा काठमाडौंमा विस्तार, हरेक सामानमा ५ देखि १० प्रतिशतसम्म छुट 

विराटनगरको एलिना इन्फोटेक काठमाडौंमा विस्तार भएको छ । शुक्रबार काठमाडौंमा एलिना इन्फोटेकको शाखा उद्घाटन गरिएको हो ।

एलिना इन्फोटेककले अब काठमाडौंमा पनि कम्प्युटर हार्डवयर सम्बन्धि सामग्रीहरू उपलब्ध गराउने कम्पनीका संस्थापक राजन यादवले बताए ।

\"\"

कम्पनीले अहिले हरेक सामानमा ५ देखि १० प्रतिशत छुट दिइरहेको छ। साथै कम्पनीले सुक्तास नामक आफ्नै ब्राण्ड सामान पनि ल्याउने तयारी गरेको छ ।

एलिना इन्फोटेकले विराटनगर, इटहरी र काठमाडौंबाट सेवा प्रदान गर्नेछ । इन्फोटेकले कम्प्युटर, ल्यापटप लगायतका हार्डवेयर सम्बन्धि विभिन्न आईटी प्रडक्टहरू उपलब्ध गराउँदै आएको छ ।