कीवर्डहरू -

८९ प्रतिशत साइबर आक्रमण रुस र युक्रेनलाई लक्षित गरेर हुँदै

८९ प्रतिशत साइबर आक्रमण रुस र युक्रेनलाई लक्षित गरेर हुँदै

विश्वव्यापी रुपमा भईरहेको ८९ प्रतिशत साइबर आक्रमणहरु रुस र युक्रेनलाई लक्षित गरी भईरहेको पाइएको छ ।

एटलास भिपिएनले गरेको सर्वेक्षण अनुसार १० ओटा साइबर आक्रमणहरुमा ९ ओटा रुस र युक्रेनलाई लक्षित गरेर गरिएको हुन्छ ।

ह्याकहरु दुवै देशबाट प्रायोजन गरिएको र एकल ह्याकरहरुबाट भईरहेका छन् । हालैमा एनोनिमसले रुस विरुद्ध साइबर युद्धको घोषणा गरेको थियो र कन्टी नामक र्यान्सवेयर समूहले रुसबाट पुटिनको पक्ष लिने घोषणा गरेको छ ।

एटलास भिपिएनले गरेको सर्वेक्षणको परिणाम अनुसार ७० प्रतिशत साइबर आक्रमणकारीले रुसले लक्षित गरेको पाइएको थियो ।

मार्च ५ देखि अहिलेसम्म ५ करोड आक्रमणहरु रेजिस्टर भईसकेका छन् । युक्रेन मात्रै १९ प्रतिशत समय लक्षित गरिएको सर्वेक्षणले देखाएको छ ।

सबैभन्दा बढि अर्थतन्त्रको क्षेत्र ह्याकरहरुका लागि चासोको विषय बनेको देख्न सकिन्छ । व्यवसायिक उद्योग २१ प्रतिशतले असर भएको देख्न सकिन्छ र आइटी क्षेत्र २ प्रतिशतले असर भएको छ ।