कीवर्डहरू -

रूपे कार्ड अब नेपालमा प्रयोग गर्न सकिने 

रूपे कार्ड अब नेपालमा प्रयोग गर्न सकिने 

भारत सरकारले विकास गरेको डिजिटल कार्ड ‘रूपे’ अब नेपालमा पनि प्रयोग गर्न सकिने भएको छ । भारत भम्रणमा रहेका नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सयुक्तरूपमा डिजिटल कार्ड ‘रूपे’ शुभारम्भ गरेका छन् ।

शनिबार दिल्लीस्थित हैदरावाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलमा रूपे कार्ड नेपालमा प्रयोगको शुभारम्भ गरिएको हो । शुभारम्भ भएसँगै रूपे कार्ड अब नेपालमा पनि प्रयोग गर्न सकिने छ ।

रुपे कार्डबाट नेपालमा पनि भुक्तानीको सुविधा पाइने छ । रूपे कार्डलाई अब नेपालको बैंकसँग पनि जोड्न सकिने छ ।

रूपे कार्ड सप, एटिएम र अनलाइनमा कारोबार गर्न प्रयोग गर्न सकिने छ ।  रूपे कार्ड भारतले सन् २०१२ मा शुरू गरेको थियो ।