कीवर्डहरू -

दक्षिण एसियामा सबैभन्दा ठूलो विद्युतीय गाडीको फ्लीट संचालन गर्दै साइमेक्स

दक्षिण एसियामा सबैभन्दा ठूलो विद्युतीय गाडीको फ्लीट संचालन गर्दै साइमेक्स

नेपालको लागि बीवाईडी अटो इन्डष्ट्रि कम्पनी लिको आधिकारिक वितरक साइमेक्स इन्क प्रा. लिले स्पार्क ग्रुपको कम्पनी सेल्फ ड्राइभ नेपाल प्रालिसँग ५० वटा इमिसनफ्री, रेन्टल फ्लीट बीवाईडी इसिक्स इलेक्ट्रिक एसयुभी​ संचालनको लागि सम्झौैता पत्रमा हस्ताक्षर गरेको छ ।

यो दक्षिण एसियामा नै सबैभन्दा ठूलो संचालित एकल विद्युतीय गाडीहरुको फ्लीट रहेको कम्पनीले जनाएको हो । अप्रिल २० मा भएको आधिकारिक समारोहमाझसाइमेक्स इन्क र सेल्फ ड्राइभले फ्रेमवर्कको सम्झौैतापत्रमा हस्ताक्षर भएसँगै सेल्फ ड्राइभ बीवाईडी इलेक्ट्रिक गाडीहरूको एक्सक्लु सिभरेन्टल पार्टनर बन्न सफल भएको जनाइएको छ ।

नेपालमा आरामदायीक इलेक्ट्रिक गाडीहरूको फ्लीट संचालन हुनु बीवाईडी र स्पार्क ग्रुप दुवैका लागि कोशेढुंगा साबित हुने बताइउको छ । सेल्फ ड्राइभले काठमाडौंमा रहेका आफ्ना कर्पोरेट र निजी ग्राहकहरुका लागि कम मूल्यमा, इमिसनफ्रीर ड्राइभरसहितको कार सेवाप्रदान गरिरहेको छ ।