कीवर्डहरू -

एफवान सफ्टका अध्यक्ष ढकाल शिर्ष १०० ग्लोबल टेक चेन्ज मेकर्सको सूचीमा

एफवान सफ्टका अध्यक्ष ढकाल शिर्ष १०० ग्लोबल टेक चेन्ज मेकर्सको सूचीमा

काठमाडौं । एफवान सफ्ट इन्टरनेश्नलका संस्थापक अध्यक्ष विश्वास ढकाल `रो १००: ग्लोबल टेक चेन्जमेकर्स´ को सूचीमा पर्न सफल भएका छन् ।

'रेस्ट अफ वर्ल्ड'ले भर्खरै सार्वजनिक गरेको उक्त सूचीमा पर्न सफल ढकाल प्रथम टेक उद्यमी हुन् । रेस्ट अफ वर्ल्डले ढकाललाई उक्त सूचीमा राख्दै देशको वित्तिय क्षेत्रको `ट्रेलब्लेजर´ उपमा दिएको छ ।

सूचीमा ढकालले २००४ मै कलेज फ्रेसम्यानको रूपमा देशको पहिलो फिनटेक कम्पनी सुरू गरेको र आज सो कम्पनीको १२ मध्ये प्रत्येक एक सेवा देशका ९० प्रतिशत बैंकहरूले प्रयोग गरिरहेको उल्लेख छ ।

ढकालले हाल एफवान सफ्टको लोकप्रिय प्रोडक्ट फोनपेलाई विस्तार गरि अन्तराष्ट्रिय भुक्तानी गर्ने १ करोड ८० लाखनागरिकलाई रहयोग गर्ने योजना लिएका छन् ।

सिलिकन भ्याल्ली र पश्चिमा मुलकभन्दा बाहिर रहेर प्रविधि र नवप्रवर्तनको माध्यमबाट उद्यमशिलता विकासमा रूपान्तरणकारी भूमिका खेल्ने व्यक्तिहरूलाई नामाङ्कन गर्न गत वर्षदेखि रेस्ट अफ वर्ल्डले यसको सुरूवात गरेको हो ।