कीवर्डहरू -

इन्स्टाग्राममा यसरी गर्नुहोस् पोस्ट सेड्युल

इन्स्टाग्राममा यसरी गर्नुहोस् पोस्ट सेड्युल

इन्स्टाग्राम एकदमै चर्चित बन्दै गईरहेको सामाजिक सञ्जाल हो । धेरै मान्छेले यस प्लेटफर्मलाई आफ्नो प्रडक्ट र सेवा विस्तार गर्न पनि प्रयोग गर्न थालेका छन् ।

यस्तो अवस्थामा पोस्ट गरिरहनुपर्ने हुन सक्छ र पोस्टलाई सेड्युल गर्न सके झनै सजिलो हुने गर्दछ ।

फेसबुक क्रियटर स्टुडियोबाट पोस्ट सेड्युल

फेसबुक क्रियटर स्टुडियो प्रयोग गर्नलाई प्रोफेसनल इन्स्टाग्राम अकाउन्ट चाहिने गर्दछ । क्रियटर अकाउन्टका लागि दश हजार भन्दा बढि फलोअर भएको हुनुपर्छ । पर्सनल अकाउन्टका लागि फेसबुक क्रियटर स्टुडियो प्रयोग गरेर पोस्ट सेड्युल गर्न सकिदैन् ।

यसकालागि सर्वप्रथम क्रियटर स्टुडियो खोलेर आफ्नो इन्स्टाग्राम अकाउन्ट लिकं गर्नुपर्छ । यसका लागि क्रियटर स्टुडियो खोलेर फेसबुक अकाउन्ट लग इन गर्नुपर्छ ।

यसपछि इन्स्टाग्राम आइकनमा थिचेर कनेक्ट योर अकाउन्ट बटन भन्नेमा क्लिक गर्नुपर्छ । कनेक्ट भएपछि बायाँँ भएको साइडबारमा थिचेर क्रियट पोस्ट बटनमा थिच्नुपर्छ ।

यसमा ईन्स्टाग्राम फिड वा आईजी टिभीबाट छान्नुपर्छ । अब पोस्ट गर्नुपर्ने कन्टेन्ट अपलोड गरेर तल्लो दायाँ भागमा रहेको पब्ल्सि बटनको छेउमा भएकोे डाउन एरोमा क्लिक गर्नुपर्छ । त्यसपछि  सेड्युल अप्सनमा गएर आफूलाइ चाहिने समय र मिति छान्नुपर्छ र सेड्युल बटनमा थिच्नुपर्छ ।

निजी अकाउन्टमा पोस्ट सेड्युल

यसका लागि हुटसुट, बफ्फर, एसकेड सोसल जस्ता थर्डपार्टी एप डाउनलोड गर्नुपर्छ । यी एपहरुबाट सजिलै पोस्ट सेड्युल गरेर अपलोड गर्न सकिन्छ ।