शुक्रबार, ३ भदौ, २०७९
Friday, 19 August, 2022

असार २२ गते स्टार्टअप वर्ल्डकप नेपाल हुँदै

स्टार्टअप वर्ल्डकपको नेपाल क्षेत्रिय प्रतिश्पर्धा असार २२ गते (जुलाई ६ मा) हुने भएको छ । विश्वका ७० देशमा हुने प्रतिश्पर्धा नेपालमा पहिलो पटक भौतिक रुपमा हुन लागेको स्टार्टअप वर्ल्डकपको नेपालको पार्टनर स्टार्टअप हब नेपालले जनाएको छ । 

गत बर्ष कोभिड महामारीका कारण सरकारले लागु गरेको लगडाउनले गर्दा स्टार्टअप वर्ल्डकपको नेपाल क्षेत्रीय प्रतिश्पर्धा अनलाईन गरिएको थियो । 

प्रतिश्पर्धाको फाइनलमा पुगेका विभिन्न १० उत्कृष्ट स्टार्टअपहरुले नेपालको फिनालेमा भाग लिन पाउने आयोजकले जनाएको छ ।

फाईनलमा पुगेका टप १० मध्येबाट विजेता १ जना क्यालिफोर्नियाको सिलिकन भ्यालीमा हुने फाईनलमा सहभागी हुन पाउने छन् । 

अमेरिकी स्याटेलाइट कम्पनी स्पेस एक्सको फन्डरेजिङ कम्पनी पिगासस टेक भेन्चरले स्टार्टअप वर्ल्डकपको सुरुवात गरेको हो । विकसित देशहरु सबैजसोमा स्टार्टअफ वर्ल्डकपको आयोजना हुने गरेको छ ।

नेपालमा भने वर्ल्ड ट्रेड ग्रुप नेपालले आफ्नो सिस्टर कन्सर्न स्टार्टअप हब नेपाल मार्फत वर्ल्डकप नेपालमा भित्र्याएको हो ।

स्टार्टअप वर्ल्डकपको नेपाल रिजनल कम्पिटिसनलाई सिईओ क्लब ग्लोबलले टाईटल स्पोन्सर गरेको छ भने एनआईसी एसिया बैंकले ईन्नोभेटिभ बैंकिङ पार्टनरका रुपमा प्रायोजन गरेको छ । 

अमेरिकामा हुने ग्लोबल फिनालेमा विजयी हुने स्टार्टअपले एक मिलियन डलर (१३ करोड नेपाली रुपैयाँ बराबर) लगानी पुरस्कार पाउने स्टार्टअप वर्ल्डकपले जनाएको छ ।
 

सम्बन्धित समाचार
धेरै पढिएको