कीवर्डहरू -

ट्विटरका सीईओलाई ५ प्रतिशतभन्दा कम फेक अकाउन्ट रहेको प्रमाणित गर्न मस्कको चुनौती

ट्विटरका सीईओलाई ५ प्रतिशतभन्दा कम फेक अकाउन्ट रहेको प्रमाणित गर्न मस्कको चुनौती

एलन मस्कले ट्वीटरका सिइओलाई ५ प्रतिशतभन्दा कम फेक अकाउन्ट रहेको सार्वजनिक रुपमा प्रमाणित गर्न खुल्ला चुनौति दिएका छन् । उनले सार्वजनिक वादविवादका लागि आह्वान गरेका छन् ।

उनले प्रयोगकर्ताहरुले पनि यो जान्ने अधिकार भएको बताएका छन् । उनले यसका लागि सिईओ पराग अग्रवाललाई चुनौति दिएका हुन् ।

मस्कले ट्वीरमा धेरै स्पाम तथा बोट प्रयोगकर्ता रहेको र ती प्रयोगकर्ताको संख्या २० प्रतिशत भन्दा कम छ भनेर प्रमाणित गर्न नसकेका कारणले नै ट्वीटरसँगको सम्झौता तोडेका थिए । अहिले पनि ट्वीटरले यो प्रमाण्ति गर्न सके उनी पुनः पहिलेकै डिलमा फर्किन तयार रहेको पनि बताएका छन् ।

यसका लागि उनले ट्वीटरमा पोल पनि सिर्जना गरेका छन्, जसमा एस र एलएमएओ नो भन्ने अप्सन रहेका छन् । यो समाचार लेख्दा पोलमा ३४.४ प्रतिशतले ट्वीटरमा ५ प्रतिशत भन्दा कम बोट छन् भन्ने विश्वास गरेको छन् र ६५.६ प्रतिशतले होइन त्यो भन्दा बढी छन् भन्नेमा भोट गरेका छन् । यो पोल आईतबार बन्द हुन्छ ।