कीवर्डहरू -

डिशहोमका प्रबन्ध निर्देशक आचार्य दक्षिण एसियाको उत्कृष्ट १० बिजनेस लिडर भित्र पर्न सफल

डिशहोमका प्रबन्ध निर्देशक आचार्य दक्षिण एसियाको उत्कृष्ट १० बिजनेस लिडर भित्र पर्न सफल

डिश मिडिया नेटवर्कका प्रबन्ध निर्देशक सुदिप आचार्य दक्षिण एसियाको उत्कृष्ट १० बिजनेस लिडर भित्र पर्न सफल भएका छन् ।

मासिक बिजनेस म्यागजिन सीईओ इनसाइट्स एसियाले आचार्यलाई दक्षिण एशीया उत्कृष्ट १० बिजनेस लिडरभित्र समावेश गरेको हो ।

नेपालको कर्पोरेट क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउने उनले महत्वपूर्ण योगदान दिएका छन् । उनले नेतृत्व गरेको डिश मिडियाले नेपालको एकमात्र डिटिएच सेवा प्रदायक डिशहोम सञ्चालन गरिरहेको छ ।

उनी डिजिटल होम इन्टरनेसन र कामना सेवा विकास बैंकका अध्यक्ष पनि हुन् । डिजिटल होमले सेटअप बक्ससँगै होम अप्लाइसेज उत्पादन गर्दै आएको छ भने देशभर बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।