कीवर्डहरू -

सिद्धार्थ बैंकको ‘भिसा रेमिट्यान्स’ सेवा सुरू, अब डेबिट तथा क्रेडिट कार्डमै पैसा पाउन सकिने

सिद्धार्थ बैंकको ‘भिसा रेमिट्यान्स’ सेवा सुरू, अब डेबिट तथा क्रेडिट कार्डमै पैसा पाउन सकिने

सिद्घार्थ बैंकले रेमिट्यान्स सेवालाई सरल, सहज र सुरक्षित बनाउने उद्देश्यले भिसा इन्टरनेसनलसँगको सहकार्यमा ‘भिसा रेमिट्यान्स’ सेवाको सुरुवात गरेको छ ।

उक्त नविन सेवा मार्फत विश्वका १८० भन्दा बढी देशबाट स्वदेशी तथा विदेशी ग्राहकहरुले आफ्ना परिवार, आफन्त तथा साथीहरुलाई छिटो तथा सुरक्षित तरिकाले रकम पठाउन सक्ने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

स्वदेशी तथा विदेशी ग्राहकहरुले ‘भिसा रेमिट्यान्स’ सेवामा आबद्ध भएका बैंकहरुको मोबाइल, इन्टरनेट बैंकिङ्ग तथा रेमिट्यान्स कम्पनीहरू मार्फत भिसा कार्डको १६ अंकको नम्बर प्रयोग गरी उक्त रकम पठाउन सक्नेछन् ।

यो सेवा मार्फत पठाइएको रकम यस बैंकले जारी गरेको भिसा डेबिट (लिंक गरिएको बैंक खातामा) तथा क्रेडिट कार्डमा सोझै प्राप्त गर्न सकिनेछ ।

यस सेवाले गर्दा ग्राहकवर्गहरुको रेमिट्यान्स सेवा अझ छिटो, सुरक्षित र सुविधाजनक रहने विश्वास बैंकले लिएको छ ।