कीवर्डहरू -

सरसफाइकर्मीको सुरक्षासम्बन्धि प्रविधि विकास गर्न ह्याकाथन हुँदै, ५० लाख बढी पुरस्कार 

सरसफाइकर्मीको सुरक्षासम्बन्धि प्रविधि विकास गर्न ह्याकाथन हुँदै, ५० लाख बढी पुरस्कार 

खानेपानी तथा ढल निकास विभाग र एशियाली विकास बैंकको आयोजनामा तथा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को सह-आयोजनामा सरसफाइकर्मीको सुरक्षासम्बन्धि प्रविधि विकास गर्न ह्याकाथन हुने भएको छ ।

नास्टमा आगामी अप्रिल २७ देखि २९ गतेसम्म हुने उक्त ह्याकाथन बिहान १० देखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ । सरसफाईकर्मी सुरक्षा र समस्यालाई सम्बोधन गर्ने आफ्नो आईडिया आगामी अप्रिल ८ गतेसम्म पठाउन सकिने छ ।

ड्रेनेज म्यानेजमेन्ट, सरसफाइकर्मीका लागि सुरक्षात्मक टुल र सामग्री, ठोस फोहोर व्यवस्थापन, ट्वाइलेट सरसफाई थिममा आईडिया पठाउनु पर्नेछ । आईडिया पठाउन यहाँ क्लिक गर्नुहोस् ।

आईडिया पठाइसकेपछि आईडियाको पूर्व छनौट हुनेछ । त्यसपछि उत्कृष्ट १० आईडिया छनौट हुनेछ जनाइएको छ । छनौट भएका आईडियाले प्रोटोटाइप विकासका लागि ५०० डलर ग्रान्ट पाउने छन् ।

प्रोटोटाइप विकास भएपछि ३ दिनको ह्याकाथन हुनेछ । ह्याकाथनमा विजेता हुनेले ४० हजार डलर अर्थात ५२ लाख रूपैयाँसम्मको ग्राण्ट पाउने छन् ।

नवीन, फिजिबल, स्केलेबल, कस्ट इफेक्टिभ, प्रोटोटाइप, प्रस्तुती र कागजातका आधारमा उत्कृष्ट छनौट गरिने जनाइएको छ । ह्याकाथनको व्यवस्थापन रोबोटिक्स एशोसिएसन अफ नेपालले गर्नेछ ।