कीवर्डहरू -

नेपाल टलिकमको तार चोरी गर्ने ४ जना पक्राउ

नेपाल टलिकमको तार चोरी गर्ने ४ जना पक्राउ

नेपाल टेलीिकमको तार चोरी गर्ने ४ जना विराटनगर-४ स्थित जामुनगाछीबाट पक्राउ परेका छन ।

पक्राउ पर्नेमा विराटनगर-६ का २१ बर्षीय विजय सहनी, १८ बर्षीय राज सहनी, २१ बर्षीय रविन सहनी र १९ बर्षीय सुमित सहनी रहेका छन ।

गत असोज १ गते विराटनगर महानगरपालिकाको विभिन्न स्थानहरुबाट टेलीकमको तार चोरी भएको उजुरीसंगै खोजी कार्य अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । खोजतलासकै क्रममा हिजो राती ०८ बजे जामुनगाछीबाट चारै जनालाई पक्राउ गरिएको हो ।

साथै उनिहरुले चोरी गरी लगेको नेपाल टेलीिकमको १५० पेयरको २२० मिटर केवल तार समेत फेला पारी बरामद गरिएको छ । यसै गरी उनिहरुले प्रयोग गर्ने को ९ प ४१५८ नम्बरको यमाहा मोटरसाईकल समेत नियन्त्रणमा लिईएको छ ।

यसरी चोरीएका सामान सहित पक्राउ परेका चारै जना उपर चोरी ऐन अन्तर्गत कानुनी कारबाही अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।