कीवर्डहरू -

भूकम्प प्रभावित ११ जिल्लाका स्थानीय निकायहरुले अब इन्टरनेटको शूल्क तिर्नुपर्ने 

भूकम्प प्रभावित ११ जिल्लाका स्थानीय निकायहरुले अब इन्टरनेटको शूल्क तिर्नुपर्ने 

भूकम्प प्रभावित ११ जिल्लाहरुमा प्रदान गरिएको निःशूल्क इन्टरनेट सेवाको अवधि सकिएको छ । अब भूकम्प प्रभावित जिल्लाका स्थानीय निकाय, स्वास्थ्य संस्था र माध्यामिक विद्यालयहरुले शूल्क तिरेर मात्रै इन्टेनेटको सेवा लिन पाउने छन् ।

यसअघि नेपाल दूरसञ्चार प्राधिकरण अन्तरगतको ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी भूकम्प प्रभावित ११ जिल्लाहरु (नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, काभ्रे, गोरखा, धादिङ, मकवानपुर, दोलखा, रामेछाप, ओखलढुङ्गा र सिन्धुली) का ईन्टरनेट सेवा नपुगेका स्थानिय निकाय, स्वास्थ्य संस्था, तथा माध्यामिक विद्यालयहरुमा दुई बर्ष सम्म निशुल्क ब्रोडब्याण्ड ईन्टरनेट सेवा उपलब्ध गराउँदै आएको थियो ।

दूरसञ्चार प्राधिकरणले मंगलबार एक सूचना जारी गर्दैं अब उप्रान्त सम्बन्धित निकायहरुले प्राधिकरणबाट स्वीकृत गरेको महशुल दरमा मात्र सेवा प्रदायकहरुसँग सम्झौता गरी ईन्टरनेट सेवाको उपभोग गर्न जानकारी दिएको हो ।

नेपाल दूरसञ्चार प्राधिकरणले भूकम्प प्रभावित ११ जिल्लाहरुमा ५१२ एमबिपिएसको ब्रोडब्याण्ड इन्टरनेट सेवा उपलब्ध गराएको थियो ।