कीवर्डहरू -

सूचना प्रविधिविज्ञ पदको अन्तरवार्ता यथास्थितिमा राख्न सर्वोच्चको अदालतको आदेश

सूचना प्रविधिविज्ञ पदको अन्तरवार्ता यथास्थितिमा राख्न सर्वोच्चको अदालतको आदेश

लोकसेवा आयोगले लिने तयारी गरेको सूचना प्रविधिविज्ञ पदको अन्तरवार्ता यथास्थितिमा राख्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

न्यायाधीश मनोजकुमार शर्माको एक इजलासले सूचना प्रविधिविज्ञ पदको अन्तरवार्ता यथास्थितिमा राख्न बुधबार आदेश दिएको हो ।

कोरोना संक्रमणका कारण अन्तरवार्तामा सहभागी हुन नसक्ने अवस्था रहेको भन्दै हाल तयारी गरिएको सूचना प्रविधिविज्ञ पदको अन्तरवार्ता यथास्थितिमा राख्न लोकसेवा आयोगलाई सर्वोच्चले आदेश दिएको हो ।

रमेशराज सुवेदीले लोकसेवा आयोगलाई विपक्षी बनाउँदै सर्वोच्चमा रिट हालेका थिए । सुवेदी सूचना प्रविधिविज्ञ पदको लिखित परीक्षा पास गरी अन्तरवार्ताका लागि छनौटमा परेका थिए ।