कीवर्डहरू -

आजदेखि शुरू हुँदैं पीबीएस आइटी करियर कन्क्लेभ, यस्तो छ कार्यक्रमको तालिका

आजदेखि शुरू हुँदैं पीबीएस आइटी करियर कन्क्लेभ, यस्तो छ कार्यक्रमको तालिका

प्रेसिडेन्सीएल बिजनेस स्कूल र लिभिङ विथ आइसिटीको सयुक्त आयोजनामा आजदेखि ‘पीबीएस आइटी करियर कन्क्लेभ’ हुने भएको छ । आइटीमा भविष्य खोज्नेहरुलाई लक्षित गरेर आयोजना भएको आइटी करियर कन्क्लेभ आज र भोली सञ्चालन हुनेछ ।

२ दिनसम्म सञ्चालन हुने यस कार्यक्रम विभिन्न सेसनमा सञ्चालन हुनेछ । कार्यक्रमको पहिलो दिन अर्थात पुस २५ गते बिहान ११ बजेदेखि १२ बजेसम्म ‘इमर्जिङ टेक्नोलोजी इन आइटी इन्डष्ट्री’ विषयमा पहिलो सेसन सञ्चालन हुनेछ ।

\"\"

यस सेसनमा योङ इन्नोभेसनका सिइओ बिभुषण बिष्ट, क्लाउड फ्याक्ट्रीकी बरिष्ठ सफ्टचेयर इन्जिनियर माधुरी श्रेष्ठ, नेपाल खुल्ला विश्वविद्यालयका कार्यक्रम संयोजक भोज राज घिमिरे र फ्युज क्लासरुमका निर्देशक पराग श्रेष्ठ सहभागी हुनेछन् । भने इ सत्यका इन्चार्ज रुचिन सिंह मोडरेटरको भूमिकामा रहने छन् ।

सोही दिन दिउँसो साढे १२ बजेदेखि साढे १ बजेसम्म ‘इन्नोभेसन एण्ड टेक्नोलोजीकल आन्ट्रप्रेनरसीप’ विषयमा दोस्रो सेसन सञ्चालन हुनेछ ।

\"\"

यो सेसनमा नेपाल फ्लाइङ ल्याबका संस्थापक उत्तम पुडासैनी, खल्तीका कोफाउन्डर मनिस मोदी, फुडमाण्डूका संस्थापक मनोहर अधिकारी र जीवीका प्रबन्ध निर्देशक आभुसन ज्योती कंसाकार सहभागी हुनेछन् । यो सेसनको मोडरेटर काठमाडौं विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्टकी असिस्टेन्ट प्रोफेसर रोजी लामिछाने रहेकी छन् ।

त्यस्तै सोही दिन नै दिउँसो २ बजेदेखि ३ बजेसम्म  आइटीमा करियर सम्भावनाको बारेमा पनि प्रश्न उत्तर अर्थात क्युएनए सेसन सञ्चालन हुनेछ ।  यस सेसनमा मेरो लगानीका सिईओ अतितलाल श्रेष्ठ र लिफ्रग टक्नोलोजीकी स्वेच्छा बिष्ट सहभागी हुनेछन् ।

\"\"

त्यसैगरी कार्यक्रमको अर्को दिन पुस २६ गते बिहान ११ बजेदेखि १२ बजेसम्म ‘कनेक्टिङ ट्यालेन्ट्स विथ ग्लोबल अपर्चुनिटी’ विषयमा पहिलो सेसन सञ्चालन हुनेछ ।

\"\"

यस सेसनमा किम्बु टेक्नोलोजीकी सीईओ कार्भिका थापा, सीम्पिलिफाई ३६० का सीईओ लक्ष्मी खतिवडा र जेनस सोलुसनका सीटीओ अञ्जनी फुँयाल सहभागी हुनेछन् । यस सेसनको मोडरेटको रुपमा स्मार्ट टेक सोलुसनका कोफाउन्डर दिवेश गिरी रहेका छन् ।

त्यसैगरी सोही दिन नै साढे १२ बजेदेखि साढे १ बजेसम्म ‘आइटी ग्रोथ इन नेपाल नेक्स्ट टेन इयर्स’ विषयमा अन्तिम सेसन सञ्चालन हुनेछ ।

\"\"

यो अन्तिम सेसनमा फोन पेका कोफाउन्डर अस्गर अली, समवृद्धि स्कूलका अध्यक्ष मनोहर भट्टराई, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सह सचिव अनिल कुमार दत्त र मेडसफ्टकी सीईओ डा. प्रनिता उपाध्याय सहभागी हुने आयोजकले जानकारी दिएको छ । यस सेसनको मोडरेटरको रुपमा कन्सल्टीङ रिसर्चर हेमपाल श्रेष्ठ रहेका छन् ।

यस कार्यक्रममा भर्चुअल रुपमा सहभागी हुन सकिने छ । भर्चुअल रुपमा सहभागी हुन यहाँ क्लिक गरी दर्ता गर्नुपर्ने छ । साथै कार्यक्रममा सहभागीहरुले आकर्षक पुरस्कार समेत जित्न सक्ने छन् ।