कीवर्डहरू -

ओप्पो ए १५ स्मार्टफोन नेपालमा छिटै सार्वजनिक हुने

ओप्पो ए १५ स्मार्टफोन नेपालमा छिटै सार्वजनिक हुने

ओप्पो ए १५ स्मार्टफोन नेपालमा छिटै सार्वजनिक हुने भएको छ । ओप्पो ए १५ फोनमा ६.५२ इन्च आईपीएस डिस्प्ले राखिएको छ ।

यसमा मिडियाटेकको हेलियो पी ३५ प्रोसेसर प्रयोग गरिएको छ । यसमा २ जीबी र्‍याम र ३ जीबी र्‍याम राखिएको छ भने ३२ जीबी इन्टरनल स्टोरेज राखिएको छ ।

फोनमा एन्ड्रोइड १० अपरेटिङ सिस्टम रहेको छ । ओप्पो ए १ मा ट्रिपल क्यामेरा सेटअप रहेको छ । जसमा १३ मेगापिक्सेल मेन सेन्सर, २ मेगापिक्सेल डेप्थ सेन्सर र २ म्याक्रो सेन्सर राखिएको छ ।

फोनमा ५ मेगापिक्सेल सेल्फी क्यामेरा रहेको छ ।   यसमा ४२३० एमएएच ब्याट्री रहेको छ । भने यसमा फिंगरप्रिन्टको सुविधा रहेको छ । यो फोन नेपालमा २० हजार रुपैयाँको हाराहारीमा उपलब्ध हुने अनुमान गरिएको हो ।