कीवर्डहरू -

विन्डोजमा यसरी प्रयोग गर्नुहोस् क्लबहाउस

विन्डोजमा यसरी प्रयोग गर्नुहोस् क्लबहाउस

क्लबहाउस दुवै एन्ड्रोइड र आईओएसका लागि रहेको भ्वाइस च्याटिङ एप हो । यो एपमा प्रयोगकर्ताहरुले विभिन्न बार्तालापहरु होस्ट गर्ने वा जोइन गर्न सक्छन् ।

एप खोलेपछि प्रयोगकर्ताहरु विभिन्न रुमहरुको सूचीनै पाउन सक्छन् । ती रुमहरुमा जोइन गर्न पनि सकिनेछ वा आफ्नै रुम बनाउन पनि सकिन्छ ।

हरेक रुममा भिन्दाभिन्दै विषयहरुमा छलफल गरिन्छ र धेरैजसो समय ती रुमहरु कुनै विषयको विज्ञलेनै होस्ट गर्ने गर्दछन् । यसमा कुनै भिडियो वा पिक्चर हुँदैन् र टेक्स्ट पनि हुँदैन् ।

यो पूर्ण रुपले अडियो एप हो । यो मार्च २०२० मा सर्वप्रथम अमेरिकामा सार्वजनिक भएको थियो । सुरुमा यो एपलाई उद्यम पूञ्जीपतिहरुले मात्रै चलाउने गर्दथे तर मस्क, बिलगेट्स जस्ता प्रख्यात व्यक्तित्वहरुले पनि यो एप चलाउन थाले देखि क्लबहाउस चर्चित बन्दै गईरहेको छ ।

यो भ्वाइस अनली शोहरु गर्नका लागि एकदमै प्रख्यात एप रहेको छ । यसमा पहिले पनि एलन मक्स, मार्क जुकरबर्ग जस्ता व्यक्तिहरुले प्रस्तुती दिईसकेका छन् ।

अब यो एप विन्डोजमा पनि उपलब्ध भएको छ । आज हामी क्लबहाउस ल्यापटप वा डेक्स्टपबाट कसरी चलाउने भन्ने बारे छलफल गर्नेछौँ ।

यसरी गर्नुहोस् प्रयोग

विन्डोजमा क्लबहाउस एप प्रयोग गर्न शुरूमा यहाँ क्लिक गर्नुहोस् । त्यसपछि त्यहाँ डाउनलोड फर विन्डोज भन्ने एउटा अप्सन देखिन्छ  र उक्त अप्सनमा क्लिक गर्नुहोस् ।

यति गरेपछि क्लबहाउस डाउनलोड हुन्छ । डाउनलोड भएपछि क्लबहाउसलाई इन्स्टल गर्नुहोस् । त्यसपछि एप आफै सुरु हुन्छ र तपाईले आफ्नो फोन नम्बर हाल्नुपर्ने हुन्छ । आफ्नो फोन नम्बर राखेपछि उक्त नम्बरमा ओटीपी आउँछ ।

त्यसपछि मोबाइलमा आएको उक्त ओटिपी कोड हाल्नुहोस् । अनि तपाई क्लबहाउसमा लग इन हुनुहुन्छ र सजिलै ल्यापटप वा पिसीमा प्रयोग गर्न सक्नुहुन्छ ।