कीवर्डहरू -

गूगल डक्समा प्रयोगकर्ताहरुलाई कसरी मेनसन गर्ने ?

गूगल डक्समा प्रयोगकर्ताहरुलाई कसरी मेनसन गर्ने ?

गूगलको वर्ड प्रोसेसिङ प्रणालीमा मेनसन फिचर रहेको छ । यो फिचर प्रयोग गरेर प्रयोगकर्ताहरुले गूगल डक्समा आफ्नो सम्पर्क सूचीबाट प्रयोगकर्ताहरुलाई मेनसन वा लिकं गर्न सक्दछन् ।

प्रयोगकर्ताहरुले मेनसन गरिएको मान्छेसँग डक्स सेयर गर्न सक्नेछन् । यसको लागि गूगल क्रोमको पछिल्लो भर्सन चाहिने गर्दछ । गूगल डक्स्मा मेनसन गर्न तलको प्रक्रिया प्रयोग गर्नुहोस् ।

सर्वप्रथम क्रोममा गूगल डक्स खोल्नुपर्छ र गूगल अकाउन्ट प्रयोग गरेर लगइन गर्नुपर्छ । अब नयाँ डकुमेन्ट वा पुरानै कुनै डकुमेन्ट खोल्नुपर्छ । यसपछि डकुमेन्टको कुनै ठाउँमा पनि २ सिम्बल प्रयोग गर्नु पर्दछ र त्यहाँ रहेको ड्रप डाउन मेन्युबाट आफूलाई चाहिने कन्ट्याक्ट सेलेक्ट गर्नुपर्छ ।

मेनसन फिचर प्रयोग गरेर डकुमेन्ट कसरी सेयर गर्ने ?

डकुमेन्टमा कसैलाई मेनसन गर्ने बित्तिकै डायलग बक्स खुल्ने गर्दछ जसले मेनसन गरिएको मान्छेसँग डकुमेन्ट सेयर गर्न स्वीकृति माग्ने गर्दछ ।