कीवर्डहरू -

दैनिक जीवनमा काम लाग्ने टु डु एपहरु

दैनिक जीवनमा काम लाग्ने टु डु एपहरु

स्मार्टफोन प्रयोगको सबैभन्दा उत्कृष्ट पक्ष त्यसमा आफू अनुकूल प्रयोग गर्न सकिने एपहरु हुन । परम्परागत फोनहरुमा विल्ट इन एप प्रयोग गर्नुपर्ने बाध्यता रहँदै आएको थियो जुन स्मार्टफोनको आगमनसँगै त्यो बाध्यताबाट प्रयोगकर्ताहरुले छुटकारा पाएका छन ।

प्रयोगकर्ताले आफ्नो आवश्यकता अनुसारको एप्सहरु स्मार्टफोनमा प्रयोग गर्न सक्छन र जुनसुकै बेला त्यसलाई हटाउन सक्छन । त्यसतै प्रयोगकर्ताको दैनिक जिबनमा प्रयोग हुने सहयोगी एप हो टु–डु एप । हामीले केही चर्चित एवम उपयोगी टु डू एपको बारेमा जानकारीमूलक सामाग्री प्रस्तुत गर्दैछौं ।

एनी डट डू

एनी डट डू एक लोकप्रिय टू डू लिस्ट एप हो । कुनै टाक्स, सब–टास्क वा नोटहरु एड गर्न र त्यसबारे तपाइलाई जानकारी दिने काम गर्दछ । यसका अलावा यसमा क्लाउड सिङ्कीङ्ग समेत गर्न सकिन्द्ध जसको मद्दतले आफ्नो टास्कका बारेमा विभिन्न डिभाइसहरु जस्तै डेक्सटप, ल्यापटप, ट्यावलेट र इन्टरनेट मार्फत एक्सीस गर्न सकिनेछ ।

यसको इन्टर्फस आकर्षक हुनुका साथै यसमा विल्ट–इन कल क्यालेन्डर सपोर्टको फिचर समेत समावेश गरिएको छ । यस एप प्रयोग गर्नाले प्रयोगकर्ताले टु डू एपको साथसाथै कल क्यालेण्डरको दोहोरो फाइदा उठाउन सक्नेछन । सरल एवम शक्तिशाली मानिएको यस एप निशुल्क समेत रहेको छ । टू डू लिस्ट एप मध्येको एक उत्कृष्ट एप एनी डट डू गुगल प्ले स्टोरबाट डाउनलोड गर्न सकिन्छ ।

\"\"
गुगल किप

गुगल किप प्रमुखत एक नोट किपिङ्ग एप हो । यसका अलावा यसमा रिमाइन्डर फिचर समेत समावेश गरिएको छ जुन तपाइको आफ्नो लोकेशन मा आधारित भएर चल्छ । साथसाथै यस एपमा तपाइले गर्नुपर्ने कुनै कामको लिस्ट एउट निश्चित समय सिमा राखेर समेत राख्न सक्नु हुनेछ जसका कारण त्यस अवधिमा यसले तपाइलाई आवाज दिएर सम्झाउने गर्दछ ।

यसमा समय समयमा विभिन्न नयाँ फिचरका साथ अपडेट हुने यो एपले उत्कृष्ट एन्ड्रोएड वेयर सपोर्ट समेत प्रदान गर्ने गर्दछ । यो एप विभिन्न स्मार्टफोनहरुमा विल्ट इन एपको रुपमा समावेश गरिनाले कुनै थर्ड पार्टी एप र अन्य एप इन्सटल गरेर स्पेस खर्चनु पर्ने छैन । यसका अन्य एपहरुको तुलनामा यो एप निशुल्क समेत रहेको छ । यो एपलाई गुगल आँफैले विकास गरेको हो ।

\"\" जि टास्क

जि टास्क एक लोकप्रिय एवम एक्दमै मनपराइएको टू डू लिस्ट एप हो जसको फ्रि र पेड गरि दुइ संस्करण रहेको छ । फ्रि संस्करणमा समेत उत्कृष्ट फिचरहरु जस्तै विजेट, भ्वाइसको प्रयोग गरेर क्विक एडिङ्ग हुनुका साथै गुगल टास्कसँग सिङ्क्रोनिाइज समेत गर्न सकिनेछ ।

यसका साथै यसको प्रो संस्करणमा ब्याच टास्क एड, प्याटर्न लक र थेम समेत परिवर्तन गर्न सकिनेछ । यसका साथसाथै तपाइले आँफूले चाहेको खण्डमा गुगल नाउमा टाक्सहरु समेत थप्न सक्नुहुनेछ । सरल र प्रभावकारी एपहरुको खोजिमा यदी तपाई हुनुहुन्छ भने जि टास्क एक उत्कृष्ट रोजाइ बन्न सक्छ ।

\"\"
टिक टिक

टुडू लिस्ट एपको भिडमा टिकटिक पनि अर्को एउटा सरल,सहज एवम उत्कृष्ट टू डू लिस्ट एपको रुपमा आँफूलाई उभ्याएको छ । यस एपमा टू डू लिस्टको आधारबुत फिचर हुनुका साथै क्लाउट सिङ्कको पनि फिचर रहेकको छ जसले गर्दा आफ्नो टास्कको वारे जानकारी अन्य विभिन्न डिभाइसहरु प्रयोग गरेर समेत गर्न सकिन्छ ।

यसमा समाबेश गरिएको ट्याग सिस्टमले आफ्ना आवश्यक, न्यून आवश्यक र अत्यावश्यक टास्कलाई प्राथमिकताका आधारमा छुट्याउन सकिनेछ । साथसाथै यो एपको आफ्नै विजेट प्रयोग गरेर थप सहज र सरल रुपमा एप प्रयोग गर्न सकिनेछ । यस एपको प्रो संस्करण थप परिष्कृत र अत्याधुनिक रहेको छ ।

यसको प्रो भर्जनमा टास्क म्यानेजमेन्ट, कोलाब्रेसन सपोर्ट र अन्य फिचरहरुको परिष्कृत रुप समावेश गरिएको छ । प्रो भर्जनलाई सब्सक्राइब गरेर प्रयोगकर्ताले थप फिचरको मज्जा लिन सक्नेछन । यस एप प्ले स्टोरमा निशुल्क डाउनलोड गर्न सकिनेछ ।

\"\"
टु डु लिस्ट

टु डु लिस्ट एप अर्को उत्कृष्ट एप हो । यस एपका विकासकर्ताले यो एपको नामाकरणमा खासै धेरै मेहेनत नगरेतापनि यो एप असाध्यै राम्रो रहेको छ । यसमा सबै आधारभूत टू डू फिचर र आफ्नो लिस्टमा रहेको कार्य गर्नकालागि सम्झाउनका खातिर रिमाइन्डर समेत समाबेस गरिएको छ ।

यसको इन्टरफेस उन्डरलीस्टसँग मिल्जो जुल्दो रहेपनि यो खासै नराम्रो भने होइन । चलाउन एक्दमै सहज रहेको यो एपमा विभिन्न फिचरहरु समावेश गरिएका छन जसमध्ये भ्वाइस कमाण्डबाट टास्क थप्नु , विजेट र अन्य फिचर समावेश गरिएको छ । यो एप प्ले स्टोरमा सित्तैमा डाउनलोड गर्न सकिनेछ भने यसको फूल भर्जनमा अपग्रेड गर्दा २.९९ डलर थप तिर्नु पर्नेछ ।

उन्डरलिस्ट

टु डू लिस्ट एपको क्षेत्रमा सबैभन्दा चर्चित रहेको एप हो उन्डरलिस्ट । यो एप माइक्रोसफ्टले २०१३ मा खरिद गरेको हो । यसमा अन्य एपहरुमा रहेका फिचरहरु हुनुका साथै क्रस प्लाटफर्म सपोर्ट, एट्याचमेन्ट अप्सन कोलाबोरेसन फिचर र फोल्डर फिचर समावेश गरिएको छ ।

यी फिचरहरुको साहयताले आफ्नो टू डू लिस्ट ब्यवस्थापन गर्नमा विषेश भूमिका खेल्ने गर्दछ । यसका अलावा यसमा मेटेरियल डिजाइनको प्रयोग गरिएको छ जसलाई एक्दमै रुचाइएको हो । यो एप चलाउनलाई सरल, सहज हुनुका साथै यस एप अन्य एपको तुलनामा शक्तिशाली समेत रहेको छ ।


टास्क – एस्ट्रिड टु डू लिस्ट क्लोन

टास्क एप एस्ट्रिड टु डू लिस्ट क्लोन एप हो । एस्ट्रिड एक टाक्स म्यानेजर एप हो जसलाई याहुले २०१३ मा बन्द गरेको थियो । यो एक ओपन सोर्स एप्लिकेसन हो जुन चलाउन एक्दमै सरल रहनुका साथै यसमा फम्र्याट रिड गर्न सहज हुनुका साथै यसमा मेटेरियल डिजाइनको प्रयोग गरिएको छ ।

टास्क एपले एस्ट्रिडको एक राम्रो विकल्पको रुपमा आँफूलाई अघि सार्न सफल भएको हो । यो एपलाई प्ले स्टोरबाट सित्तैमा डाउनलोड गर्न सकिनेछ भने यसलाई सस्क्राइब गरे पश्चात अन्य उत्कृष्ट फिचरहरु अनलक हुनेछन ।