कीवर्डहरू -

बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहकहरुलाई काठमाण्डौं गेस्ट हाउसका होटल तथा रिसोर्टहरुमा १५ प्रतिशत छुट

बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहकहरुलाई काठमाण्डौं गेस्ट हाउसका होटल तथा रिसोर्टहरुमा १५ प्रतिशत छुट

बैंक अफ काठमाण्डू लिमिटेड र काठमाण्डौं गेस्ट हाउस बिच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको ग्राहकहरुलाई कला संग्रहालयको प्रवेश शुल्कमा ५० प्रतिशत र अन्य सेवा तथा सुबिधाहरुमा १५ प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको छ ।

यस सम्झौता पश्चात् ग्राहक हरुले काठमाण्डौं गेस्ट हाउसको म्युजिअम अफ नेपाली आर्टस प्रवेशमा शुल्कमा ५० प्रतिशत छुट पाउने छन् ।

साथै काठमाण्डौं गेस्ट हाउस समुह अन्र्तगत विभिन्न ७ स्थानहरु काठमाण्डौं गेस्ट हाउस, ठमेल, माया मानोर बुटिक होटल, हात्तिसार, पार्क भिलेज रिसोर्ट, बुढानिलकण्ठ, मारुनी साङचुअरी लज, चितवन, हिमालयन फ्रन्ट भ्यू होटल, पोखरा, वाटरफ्रन्ट रिसोर्ट, पोखरा तथा बुद्धमाया गार्डेन, लुम्बिनीमा उपलब्ध हुने सम्पूर्ण सेवाहरुमा १५ प्रतिशत छुट पाउने छन् ।

उक्त छुटको उपयोग गर्नको लागि ग्राहकहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ ।