कीवर्डहरू -

क्लबहाउसमा ‘पिन्ड लिङ्क’ फिचर मार्फत पैसा कमाउन सकिने

क्लबहाउसमा ‘पिन्ड लिङ्क’ फिचर मार्फत पैसा कमाउन सकिने

क्लबहाउसमा अब बाहिरी लिङ्कबाट पनि पैसा कमाउन सकिने भएको छ । एपमा प्रयोगकर्ताले बाहिरी अन्य लिङ्कहरू राख्न र त्यसलाई सजिलै मनिटाइज गर्नसक्ने भएका छन् । शनिबार आयोजना गरिएको द भर्जको एक इभेन्टमा बोल्दै क्लबहाउसका सीईओ पल डेभिसन र मार्केटिङ प्रमुख माया वाट्सनले क्लबहाउसमा नयाँ फिचर थपिएको जानकारी गराएका हुन् ।

यो फिचरलाई कम्पनीले ‘पिन्ड लिङ्क’ को नाम दिएका छ । यो फिचर प्रयोग गर्दा एपमा मोडरेटरले श्रोता तथा पाठकका लागि सहयोगी लिङ्कहरू राख्न सक्नेछन्, जसले मोडरेटरका पाठक तथा श्रोतालाई निर्देश गर्नेछ । ती लिकंहरु क्लबहाउसको सम्बन्धित रुमसँग तालमेल हुने खालको हुनुपर्छ । यस्तो नभएमा रुममा भएका मोडरेटरमध्येमा जसले पनि उक्त लिङ्क हटाउन अथवा समावेश गर्न सक्नेछन् ।

कम्पनीले कुन किसिमका लिङ्क राख्न नमिल्ने भनेर स्पष्ट नाम भने खुलाएका छैनन् । ओन्ली फ्यान्स’ का लिङ्कहरू पिन गर्न पाईनेछैन् । यो फिचर एन्ड्रोइड तथा आईओएस प्रयोगकर्ताका लागि २७ अक्टोबरदेखि क्लबहाउसमा सार्वजनिक हुने कम्पनीले जनाएको छ ।

कार्यक्रममा क्लबहाउसमा जोडिने लिङ्कबाट हुने आम्दानीमा कुनैपनि किसिमको राजस्व कटौती नहुने पनि बताईएको थियो । क्लबहाउस आगामी केही महिनाभित्रै रुम टिकेट र सब्सक्रिप्सनका आधारमा पनि स्वतः मनिटाइज गरिने पनि बताईएको छ ।