कीवर्डहरू -

पासवर्डको रूपमा घरपालुवा जनावरको नाम प्रयोग हुँदै, तपाई पनि प्रयोग गर्नुहुन्छ भने होसियार   

पासवर्डको रूपमा घरपालुवा जनावरको नाम प्रयोग हुँदै, तपाई पनि प्रयोग गर्नुहुन्छ भने होसियार   

यो ईमेल तथा इन्टरनेटको युग हो । अहिले विश्वभरका धेरै मानिसहरु सामाजिक संजालका एप्लिकेशन तथा इमेलमा सक्रिय रहन्छन् । यसरी सामाजिक संजाल तथा इमेल अकाउन्टहरुको प्रयोग गर्दा आइडी तथा पासवर्डको प्रयोग गरिएको हुन्छ ।

यदी तपाईहरु पनि कम्प्युटर तथा स्मार्टफोनको प्रयोग गरी इमेल,इन्टरनेट चलाउनुहुन्छ भने पासवर्डको बारेमा अवस्य जानकारी राख्नु हुन्छ होला । यदि पासवर्डको बारेमा जानकारी राख्नुहुन्छ भने तपाईहरुलाई थाहा होला कि पासवर्ड एकदमै सुरक्षित हुनुपर्छ र आफुले बाहेक अरु कसैलाई पनि थाहा दिनु हुदैन । मानिसहरुमा सधैँ यहि चिन्ता रहन्छ कि राम्रो तथा सुरक्षित पासवर्डको छनोट कसरी गर्ने? जसले गर्दा पासवर्ड क्र्याकरहरुले पासवर्ड क्रयाक गर्न नसकोस ।

सजिलो तथा असुरक्षित पासवर्ड छ भने जहिले चोरी हुने डर रही रहन्छ । पासवर्ड क्र्याकरहरु सँग यस्ता धेरै टुल्स हुन्छन,यसकारण उनीहरुले सजिलै सँग पासवर्ड क्र्याक गर्न सक्छन ।

\"\"

यसकारण पासवर्ड छनौट गर्दा हामीले जहिले पनि अरुले अनुमान गर्न नसक्ने तथा सुरक्षित पासवर्ड राख्न जरुरी हुन्छ । हुन त क्र्याकरहरुले जस्तो पासवर्ड पनि क्र्याक गर्न सक्छन तर केहि गार्‍हो र सुरक्षित भयो भने उनीहरुलाई पनि क्र्याक गर्न केहि समय भने अवश्य लाग्छ ।

मान्छेहरुले आफ्नो घरपालुवा जनावरलाई एकदमै माया गर्ने गर्दछन् । तर कुनै कुनै क्षेत्रमा त्यो मायालाई अलि सन्तुलितनै गर्नुपर्ने पनि देखिएको छ । बेलायतको राष्ट्रिय साइबर सुरक्षा केन्द्रले (एनसीएससी) गरेको सर्वेक्षण अनुसार करिब १५ प्रतिशत बेलायती नागरिकले आफ्नो अकाउन्टको पासवर्डको रूपमा आफ्नो घरपालुवा जनावरको नाम प्रयोग गर्ने गरेका छन् ।

यस्तो खालको पासवर्ड क्र्याक गर्न ह्याकरहरलाई सबैभन्दा सहज हुने गर्दछ । किनभने यस्तो पासवर्ड सजिलै अनुमान लगाउन सकिन्छ वा कुनै अनलाइनमा पोस्ट गरिएको फोटा, क्याप्सन वा अन्य कुनै पोस्टबाट पनि तपाईको घरपालुवा जनावरको नाम सजिलै पत्ता लाग्ने गर्दछ ।

एनसीएससीले सञ्चालन गरेको सर्वेक्षणमा भाग लिएका सहभागी मध्ये आदि भन्दा बढिले अनुमानजनक पासवर्डनै प्रयोग गर्ने गरेको पाइएको छ । सर्वेक्षणमा १४ प्रतिशतको पासवर्ड परिवारका सदस्यको नाम रहेको बताएका थिए ।

त्यस्तै १३ प्रतिशतको पासवर्ड महत्वपूर्ण मितिमा आधारित रहेको पाइएको थियो र ६ प्रतिशतले आफूलाई मनपर्ने खेलको नाम पासवर्डको रुपमा प्रयोग गरिरहेको पाइएको थियो । एनसीएससीका निर्देशकले हामी जनावरप्रेमी भएपनि पासवर्डको रुपमा त्यसलाई प्रयोग गर्नु भनेको साइबर अपराधीलाई मौका दिनु सरह हो भनेर बताएका छन् ।

सर्वेक्षणमा सहभागी मध्ये ६ प्रतिशतले ‘पासवर्ड’ भन्ने शब्दलाईनै आफ्नो पासवर्डको रुपमा प्रयोग गरिरहेको पाइएको थियो । ६ प्रतिशतले एउटै पासवर्ड विभिन्न अकाउन्टहरुका लागि प्रयोग गर्ने गरेको पनि पाइएको थियो ।

\"\"

पासवर्ड असुरक्षित हुने कारणहरु :

आफ्नो पासवर्ड कहिले पनि आफु अथवा आफ्नो परिवार सँग सम्बन्धित राख्नु हुँदैन । पासवर्ड ह्याकरहरुले पासवर्ड ह्याक गर्दा सबैभन्दा पहिले यसैको सहारा लिन्छन् । जस्तै नाम,उपनाम,जन्मस्थान तथा परिवारका नामहरु राख्नु हुदैन ।

साझा शब्दहरु तथा त्यति छोटा शब्दहरु त्यति सुरक्षित हुदैनन् र क्र्याकरहरुले सजिलै पासवर्ड थाह पाउन सक्छन । यसकारण,ड्रागन,लभ,गड तथा चिज जस्ता शब्दहरुको प्रयोग गर्नु हुँदैन ।

पासवर्ड राख्दा शब्दहरुको भिन्न रुप दिएर पनि सुरक्षित बनाउन खोजिन्छ र त्यस्ता शब्दहरु डिक्सनरिमा मेल खादैनन् तर पनि यस्ता शब्दहरु राखेर बनाइएको पासवर्ड पनि सजिलै क्र्याक हुन्छन् । यस्ता शब्दहरु dr0wssap, l0ve, s3cr3t, dr@gont / oMtf हुन् । तर यस्तो पासवर्डहरु माथिका भन्दा केही सुरक्षित भने हुन्छन ।

आफ्नो पासवर्ड सुरक्षित गर्नका लागि धेरैले शब्दहरुलाई जोडेर पनि बनाउन खोज्छन् । साथै यस्ता पासवर्डहरु माथिका भन्दा अलि सुरक्षित हुन्छन् । यस्ता पासवर्डहरुको उदाहरण whatfor, divineright, bigpig, liove, farfetched, catspajamas आदि शब्दहरु हुन् ।

धेरै मानिसहरुले पहिला प्रयोग गरिसकेको पासवर्डहरु  पुनः प्रयोग गर्ने गर्दछन्। तर यसो गर्दा पासवर्ड सुरक्षित हुँदैन। यसकारण एक पटक प्रयोग गरिसकेको पासवर्ड पुनः प्रयोग गर्नु हुँदैन ।

सन् २०२१ का सबैभन्दा धेरै प्रयोग भइरहेका पासवर्डहरु एकदमै असुरक्षित रहेको पाइएको छ । यस्तो हुदा धेरै प्रयोगकर्ताहरुको डेटा जोखिममा रहेको छ ।  सजिलो खालको पासवर्ड राखेमा ह्याकरहरले सजिलै अनुमान लगाएर ह्याक गर्न सक्दछन् ।

साइबर न्यूजले १५ अर्ब सहभागी राखेर गरेको सर्वेक्षणमा शीर्ष स्थानमा १२३४५६ रहेका छ । त्यस्तै अरु पासवर्डमा विभिन्न मितिहरु, गालीका शब्द, सहरहरुका नाम, खानाको नाम र अरु साधारण नामहरु प्रयोग गरेको पाइएको थियो ।
यी हुन् सन् २०२१ का सबैभन्दा धेरै प्रयोग गरिएका १० पासवर्ड

\"\"

123456

123456789

qwerty

password

12345

qwerty123

1q2w3e

12345678

111111

1234567890

पासवर्ड सुरक्षित गर्ने तरिका

यदि तपाइलाई आफ्नो पासवर्ड सुरक्षित छैन जस्तो लाग्छ भने तुरुन्तै परिवर्तन गरिहाल्नुहोस् । आफुले मेलमा च्याट गरिरहेको बेला आएका लिंकहरुमा कहिले पनि क्लिक नगर्नुहोस् । आफ्नो पासवर्डलाई सजिलै भेटाउने ठाउँमा कहिले पनि लेखेर नराख्नुहोस् । लेखेर राख्ने बानि छ भने अरूले नभेटाउने ठाउँमा लक गरेर राख्ने गर्नु पर्छ ।

यदि कोहि ह्याकरले आफ्नो पासवर्ड क्र्याक गर्न कोशिस गरिरहेको छ तर सकिरहेको छैन्, अथवा तपाईलाई पासवर्ड सुरक्षित छैन् भन्ने लाग्छ भने आफ्नो पासवर्ड कम्तिमा पनि ६ महिनामा परिवर्तन गर्नुहोस् । यसरी पासवर्डलाई नियमित परिवर्तन गर्दा पासवर्ड सुरक्षित रहन्छ ।

पासवर्ड राख्दा सकेसम्म वर्ड,नम्बर र स्पेसल क्यारेक्टरहरु मिक्स गर्नुहोस तर धेरै साइटहरुले स्पेसल क्यारेक्टर सपोर्ट गर्दैन यसकारण क्राइटेरिया राम्रोसँग चेक गरेर संभव बह्ये सम्म स्पेशल् क्यारेक्टर मिक्स गर्नुहोस ।

\"\"

पासवर्डमा स्मल र क्यापिटल लेटरहरु पनि मिक्स गर्न सकिन्छ। पासवर्ड लामो भयो भने क्र्याकरहरुलाई अनुमान गर्न कठिन हुन्छ र पासवर्ड सुरक्षित रहन्छ ।

पासवर्डलाई सबैभन्दा सुरक्षित राख्नको लागि वाक्यको प्रयोग गर्नु पर्छ । यसरी वाक्यको बीचमा नम्बरहरु समेत राख्न सकिन्छ । जसले गर्दा पासवर्ड झनै सुरक्षित रहन्छ र क्र्याकरहरुलाई पासवर्ड ह्याक गर्नको लागि असम्भव नै हुन्छ ।