कीवर्डहरू -

यसरी सजिलै बनाउनुहोस् फोटो कोलाज र एनिमेसन

यसरी सजिलै बनाउनुहोस् फोटो कोलाज र एनिमेसन

गूगल फोटोज हामी सबैले थाहा पाएको फोटो एप हो । यसमा धेरै फिचरहरू छन् । एपमा भएका धेरै फिचरहरु मध्ये कोलाज र एनिमेसन पनि एक निकै गज्जबको फिचर हो।

विभिन्न फोटोहरुलाई सङ्कलन गरेर एउटै फोटोमा राख्नुलाई कोलाज भनिन्छ । यो एक प्रकारको आर्ट पनि हो। आज हामी तपाईंलाई गूगेल फोटोजमा कसरी एनिमेसन र कोलाज बनाउन सकिन्छ भन्ने कुराको सम्पूर्ण जानकारी दिनेछौँ ।

कोलाज बाट सुरु गर्दा, तपाईंले आफ्नो फोटोहरु सेलेकट गर्नुहोस्। तपाईंले एउटा फोल्डर मात्रै पनि सेलेक्ट गर्न सक्नुहुन्छ अथवा धेरै फोटोहरु आफुलाई मन परेको चयन गर्न सक्नुहुन्छ।

\"\"

फोटोहरु सेलेक्ट गरेपछि स्क्रीनको शीर्ष दायाँतिर भएको + आइकनमा क्लिक गर्नुहोस्।

\"\"

एउटा नयाँ मेनु खुल्नेछ र दिएको अप्सनहरु मध्ये कोलाजलाई सेलेक्ट गर्नुहोस् । तपाईंको फोटोहरुको आधारमा फोटोजले कोलाज अटो जेनेरेट गर्नेछ। तर यसको लागि तपाईको वाईफाई बन्द भएको हुनुहुँदैन।

\"\"

आफ्नो कोलाजलाई एडिट गर्न एडिट आइकनमा क्लिक गर्नुहोस् । तपाईंसँग विभिन्न प्रकारका फिल्टरहरू उपलब्ध हुन्छ। तपाईंलाई जुन फिल्टर मन पर्छ त्यही सेलेक्ट गर्नुहोस्।

\"\"

तपाईंले फिल्टरको लेभल स्लाइडर बारको मद्दतले मिलाउन सक्नुहुन्छ । क्रप र रोटेट टूलबाट तपाईंले तपाईंको कोलाजको भागहरुलाई काट्न र फोटोलाई रोटेट गर्न सक्नुहुन्छ।

एडिटमा तपाईंले अन्य अप्सनहरु पनि भेटाटाउन सक्नुहुन्छ । मार्कअप अप्सनमा तपाईंले टेक्स्ट, हाइलाइटर र पेनको प्रयोग गरेर आफ्नो कोलाजलाई नाम दिन, विभिन्न आकारहरु बनाउन वा कुनै कुरालाई हाइलाइट गर्न सक्नुहुन्छ ।

\"\"

यसैगरी तपाईंले फोटोहरु सेलेक्ट गरेर + आइकनमा क्लिक गरी एनिमेसनमा क्लिक गरेर एनिमेसन बनाउन सक्नुहुन्छ। यो एनिमेसन सरल रूपमा, स्थिर तस्बिरहरूको श्रृंखलाको बीचमा सर्दै गरेको केबल तपाईंको फोटोहरुको स्लाइड शो मात्रै हो।

\"\"

फोटो कोलाज र एनिमेसन बनाइसकेपछी आफ्नो साथी र परिवारसँग सेयर पनि गर्न सक्नुहुन्छ । त्यसको लागि सेयर आइकनमा क्लिक गर्नुहोस् र सम्बन्धित आइकनमा क्लिक गरेर सेयर गर्नुहोस् ।

\"\"