कीवर्डहरू -

के हो टाेरेन्ट ? यसले कसरी काम गर्दछ ?

के हो टाेरेन्ट ? यसले कसरी काम गर्दछ ?

धेरैजसो मान्छेहरु कुनै फिल्म वा सफ्टवेयरहरु डाउनलोड गर्नका लागि टाेरेन्ट (torent) को प्रयोग गर्दछन् तर कयौंलाई यो थाहा छैन Torrent के हो ? र यसले कसरी काम गर्दछ ? आउनुहोस यसका बारेमा चर्चा गरौं :

टाेरेन्ट के हो ?
टाेरेन्ट इन्टरनेटबाट डाउनलोड गर्ने एक तरिका हो । यसबाट जुनसुकै फाईल, फिल्म, पाइरेटेड सफ्टवेयरहरु डाउनलोड गर्न सकिन्छ तर यसको डाउनलोड प्रक्रिया चाँहि नर्मल डाउनलोड भन्दा फरक छ । नर्मल डाउनलोडमा फाइलहरु सर्वरमा सेभ वा स्टोर हुन्छन् तर टोरेन्ट डाउनलोडमा भने फाइलहरु peers मा स्टोर हुन्छन्।

आखिर यो Peers के हो त ?
Peers ति कम्प्युटर हुन जोसँग सो फाइल वा फाइलका केही भागहरु पहिल्यै स्टोर भएका हुन्छन् । जस्तो कि हाम्रो ल्यापटप, कम्प्युटर, स्मार्टफोन आदि । टाेरेन्टमा हामी फाइलहरु सर्भरबाट नभईकन कुनै दोस्रो व्यक्तिको कम्प्युटरबाट डाउनलोड गरिरहेका हुन्छौं । 

टाेरेन्टले कसरी काम गर्छ ?
टाेरेन्ट के हो त तपाँइहरुले थाहापाइसक्नु भयो होला तर अब यो पनि जानैं कि यसले कसरी काम गर्छ ? नर्मल डाउनलोडमा हामी कुनै वेवसाइटबाट फाइलहरु डाउनलोड गर्छौ तर, टाेरेन्टमा भने एक क्लाइन्ट हुन्छ त्यो हो uTorrent जुनचाहीँ सबैभन्दा लोकप्रिय टाेरेन्ट क्लाइन्ट हो । जसको मद्दतबाट नै हामी Torrent Download गर्न सक्छौँ । यसमा एक .torrent (dot torrent) एक्सटेंसन भएको सानो फाइल हुन्छ जुन तपाँइले पहिले डाउनलोड गर्नुहुन्छ त्यसपश्चात त्यो फाइल ओपन गर्नासाथ तपाँइले खोज्नुभएको फाइल को को सँग वा कुन कुन डिभाइसमा छ भनेर देखाउँदछ ।

यसक्रममा उक्त फाईल कुनै अर्को व्यक्तिको कम्प्युटरबाट डाउनलोड भइरहेको हुन्छ । अन्त्यमा सबै कुरालाई एकै वाक्यमा भन्नुपर्दा टोरेन्ट सर्भरलेस डाउनलोडि सिस्टम हो । टोरेन्ट सर्भरलेस डाउनलोडिङ सिस्टम भएता पनि एकैसाथ मा धेरै कम्प्युटर र मोबाइल डिभाइसहरु लाई सेवा दिन सक्दछ ।