कीवर्डहरू -

सुजुकी एसप्रेसोको प्रि बुकिङ खुला

सुजुकी एसप्रेसोको प्रि बुकिङ खुला

सुजुकीको प्यासेन्जर कार एसप्रेसोको नेपालमा प्रि बुकिङ खुला भएको छ। नेपालका लागि आधिकारी बिक्रेता सिजी मोटोकर्पले उक्त कारको प्रि बुकिङ खुला गरेको जानकारी दिएको छ।

एसयुभी डिजाइन तथा आधुनिक लुक्समा आउने यो कारको ग्राउन क्लिरेन्स उच्च भएकाले कच्ची रोडमा पनि राम्रोसँग कुदाउन मिल्ने कम्पनीको दाबी छ।

२१.७ किलोमिटरको माइलेज दिने यो कारमा एसयुभीको जस्तै अनुभव गर्न पाइने कम्पनीले बताएको छ।

यो कारको सुरुवाति मूल्य २२ लाख ९९ हजार रुपैयाँ हुने छ।