कीवर्डहरू -

गूगल लेन्सको प्रयोग गरी हातले लेखेको टेक्स्टलाई यसरी गर्नुहोस कम्प्युटरमा सेभ

गूगल लेन्सको प्रयोग गरी हातले लेखेको टेक्स्टलाई यसरी गर्नुहोस कम्प्युटरमा सेभ

गूगलले हालै मात्र आफ्नो ‘गूगल लेन्स’ मा हातले लेखेका टेक्स्ट वा नोट्सलाई कपी गरी कम्प्युटरमा गएर पेष्ट गर्न मिल्ने सुविधा थप गरेको थियो ।

मोबाइलबाट गूगल लेन्स एपको प्रयोग गरी प्रयोगकर्ताले हातले लेखेको कुरालाई स्क्यान गरी सिधै कम्प्युटरमा कपी  गरी सेभ गर्न सक्नेछन् । जसको लागि मोबाइल र कम्प्युटरमा भएको क्रोम ब्राउजरमा एउटै ईमेल लगइन भएको हुनुपर्ने छ ।

यसरी गर्नुहोस प्रयोग

सबैभन्दा पहिले आफ्नो मोबाइलमा भएको गूगल लेन्स एप डाउनलोड गर्नुहोस । यदि पहिलेनै डाउनलोड गर्नुभएको छ भने एपलाई अपडेट गर्नुहोस । त्यसपछि गूगल लेन्स एपलाई खोल्नुहोस ।

एप खोलिसकेपछि हातले लेखेको कुरालाई कपी गर्नको लागि त्यसको फोटो लिनुहोस । फोटो लिएपछि आफुले कपी गर्न चाहेको टेक्स्टलाई सेलेक्ट गर्नुहोस ।

सेलेक्ट गरिसकेपछि तपाईले त्यहाँ ‘कपी टु कम्प्युटर’ अप्सनमा क्लिक गर्नुहोस । कपी टु कम्प्युटर अप्सनमा क्लिक गरेपछि तपाईले कम्प्युटरमा एउटा नोटिफिकेसन पाउनु हुनेछ । नोटिफिकेसन आईसकेपछि ‘कन्ट्रोल भि’ थिचेर उक्त टेक्स्टलाई सेभ गर्न सकिने छ ।