कीवर्डहरू -

अब देखि नेपाली भाषामै चलाउनुहोस् वर्डप्रेसबाट बनेका वेबसाइटहरु

अब देखि नेपाली भाषामै चलाउनुहोस् वर्डप्रेसबाट बनेका वेबसाइटहरु

शाण्डिल्य काफ्ले

\"\" के तपाईलाई अंग्रेजी नआएर, वेबसाइट बनाउन वा मज्जाले वेबसाइट चलाउन पाउनु भएको छैन ? यदि त्यसो हो भने, अब वर्डप्रेस तपाईंको लागि सहयोगी माध्यम हुन सक्ने कुरामा कुनै सन्देह नै छैन | वर्डप्रेस अहिलेको संस्करण ४.७, शत प्रतिशत नेपालीमा उपलब्ध भएको छ | यो भन्दा पहिले वर्डप्रेस  ४.० संस्करण, शत प्रतिशत नेपालीमा उपलब्ध थियो | यदि तपाईं आफ्नो वेबसाइट वर्डप्रेस बाट नै चलाई रहनु भएको छ र तपाईं अंग्रेजी भाषाले गर्दा समस्यामा हुनुहुन्छ भने, अहिलेनै एडमिन ड्यासबोर्डको सेटिंगमा गएर भाषा परिवर्तन गरेर नेपाली बनाउन सक्नुहुनेछ |  त्यस पछि तपाईंले सम्पूर्ण कुराहरु नेपालीमा पाउनु हुनेछ |

यदि तपाईं संग वर्डप्रेसमा संचालित नेपाली न्युज् पोर्टलहरु छन् , नेपाली भाषा सम्बन्धी सेवा दिने वेबसाइटहरु छन् वा नेपालीमा व्यक्तिगत ब्लगहरु छन् भने त्यसलाई नेपालीमा चलाउन सजिलो होस् भन्ने हेतुले पनि वर्डप्रेसलाई नेपालीमा पनि रुपान्तरण गरिएको हो |

गत मे २० मा काठमाडौँमा सम्पन्न वर्डप्रेस संबन्धित कार्यक्रममा वर्डक्याम्प  पनि वर्डप्रेसलाई नेपालीमा लागिएकोमा सबै सहभागीले धन्यवाद दिएका थिए | वर्डप्रेसलाई सत प्रतिशत नेपालीमा लैजान धेरै अनुवादक हरुले सहयोग गरेका थिए | यो  संस्करणसम्म आइपुग्दा वर्डप्रेस नेपालीकरण गर्नेमा निलाम्बर शर्माले प्रमुख भूमिका निर्बाह गरेका छन् भने, शिव शंकर भट्ट, चन्द्र महर्जन, शाण्डिल्य काफ्ले, सन्तोष कुँवर, मनिष प्याठ, हेमराज अधिकारी, विजय यादब, सुदीप बल्छौडी, मनिस तिमल्सिना लगायत अन्य थुप्रैले सहयोग गरेका छन् |

अनुवादक मद्धेका एक निलाम्बर शर्माले भने “वर्डप्रेसलाई नेपालीमा अनुबाद गर्न सबैको सहयोगले महत्वपूर्ण भूमिका खेलको छ, र आशा छ आगामी  संस्करणहरुमा पनि सबैको सहयोगले सजिलै प्रत्येक संस्करणलाई परिवर्तन गर्न सक्छौ | वर्डप्रेसलाई नेपालीमा अनुबाद गर्न धेरै पटक अनलाईनमा मिटिंग, धेरै पटक भेटघाट र अन्तरक्रिया साथै वर्डप्रेस मिट समेत आयोजना गरिएको थियो | आफुले नेपालीमा अनुबाद गर्न नजानेको शब्दलाई सबैको सहयोगले परिवर्तन गरिन्थ्यो | आगामी संस्करणको अनुबादमा पनि सोहि अनुरुप कार्य आगाडी बढाइने छ |”

“बास्तबमै यो एक्लै ले गरेर सकिने कुरा नै हैन र कुन अंग्रेजी शब्दलाई नेपालीमा के भन्ने अन्योलले गर्दा नि हामीलाई कति अवस्थामा गार्हो परेको थ्यो, त्यै नि हामीले भाषा बिज्ञहरुको सल्लाह सुझाब लिदै आगाडी बढ्यौ”, अर्का अनुवादक शिव शंकर भट्ट भन्छन् “अनुबाद गर्दा धेरै नेपाली शब्दको ज्ञान नि भयो मलाई त |”

वर्डप्रेस नेपालीमा चलाउदा आफुलाई सजिलो त हुन्छ नै, विश्व बजारमा नेपाली भाषाको पहिचान समेत हुने छ | त्यसैले आगामी संस्करणहरुमा पनि सबै मिलेर नेपालीमा सत प्रतिशत अनुबाद गर्न सके नेपाली भाषाको पहिचानलाई जोगाई राख्न सकिने छ , त्यसको लागि पक्कै पनि सबै वर्डप्रेस प्रयोगकर्ता, वर्डप्रेसलाई माया गर्नेहरुको सहयोग अपरिहार्य छ |

वर्डप्रेस आखिरमा के हो त ?

\"\"

वर्डप्रेसबाट वेबसाइट बनाउन सजिलो, छिटो, रामो साथै धेरै नै कम झन्झटिलो हुने भएकाले पनि यो प्रबिधि विश्वकै वेबसाइट बनाउन प्रयोग हुने प्रबिधि मद्धे अग्र स्थानमा आएको छ | प्रबिधि सम्बन्धि धेरै जानकारी वा ज्ञान नभएकाले पनि सजिलै चलाउन सक्ने प्रबिधि भएकाले पनि यसको आकर्षण बढेको छ | एक तथ्याङ्कका  अनुसार नेपालमा पनि अहिले बनिरहेका बहुसंख्यक वेबसाईटहरु निर्माण गर्दा वर्डप्रेस प्रयोग गरिन्छ। इन्टरनेटको दुनियामा बन्ने वेबसाइटहरुमा वर्डप्रेस बाट मात्रै २७ प्रतिशत वेबसाइट बन्ने गरेको तथ्यांक छ र यो हरेक दिन बढेर जानेमा कुनै दुबिधा नै छैन |

वर्डप्रेसको उपयोगिता, सरलता र वर्डप्रेस कम्युनिटीको सक्रिय सहयोगले गर्दा पनि जो कोहीलाई वर्डप्रेसमा वेबसाइट बनाउन सजिलो हुन्छ | सित्तैमा पाउने ओपन सफ्टवेयर भएको कारणले पनि यसको प्रयोग धेरै भएको छ | सित्तैमा पाउने थिम, पल्गिन र सपोर्टले गर्दा पनि वर्डप्रेस दिन प्रतिदिन आगाडी बढी रहेको छ |

र्डप्रेसको संजाल नेपालमा पनि ठुलो छ | प्रत्येक बर्ष आयोजना गरिने वर्डक्याम्प, प्रत्येक महिना काठमाडौँ, पोखरा लगायतका ठाउँमा हुने वर्डप्रेस मिटहरुले नयाँ सहभागीहरुलाई आकर्षण गर्नाले पनि नेपालमा वर्डप्रेस संजाल विस्तार हुदै गएको छ |

नेपालमा अहिले पनि सयौको संख्यामा त्यस्ता कम्पनीहरु छन् जसले वर्डप्रेस बाट नै वेबसाइट बनाएर, आउटसोर्सको काम गरेर कम्पनी चलाई रहेका छन् |  वर्डप्रेसको थिम बनाउने थुप्रै कम्पनीहरु अहिले नेपालमा संचालित छन् | वर्डप्रेस प्लागिन बेचेर पनि मासिक लाखौ आम्दानी गर्ने व्यक्ति/कम्पनी हरु पनि नेपालमा रहेका छन् | वर्डप्रेस बाट आफ्नो जिबिका चलाउने धेरै व्यक्ति छन् जसले वर्डप्रेस बाटै मासिक हजारौ तलब सुबिधा पनि पाउने गरेका छन् | वर्डप्रेसको विश्व बजारमा नेपालले पनि एउटा राम्रो छाप छोड्न सकेको छ | त्यो नै हामी सबैको लागि खुसीको कुरा पनि हो |

वर्डप्रेस नेपाल कम्युनिटी संग जोडिन वर्डप्रेस नेपालको फेसबुक ग्रुपमा जोडिन सक्नु हुने छ | तपाईलाई आवस्यक परेका सल्लाह, सहयोगको लागि त्यो समूह प्रयोग गर्न सक्नु हुने छ | https://www.facebook.com/groups/wordpressnepal