कीवर्डहरू -

आईएमई पेबाटै अब ईएमआईमा सामसङका स्मार्टफोन किन्न सकिने, यस्तो छ तरिका

आईएमई पेबाटै अब ईएमआईमा सामसङका स्मार्टफोन किन्न सकिने, यस्तो छ तरिका

डिजिटल वालेट आइएमई पेमार्फत सामसङका सबै प्रकारका मोबाईल फोन अब ‘बाइ नाउ पे लेटर’ फिचरबाट जिरो प्रतिशत ब्याजदर इएमआईमा खरिद गर्न सकिने भएको छ । 

हुलास फिन सर्भसँगको सहकार्यमा ल्याइएको यस फिचर अन्तर्गत आइएमई पेका प्रयोगकर्ताहरूले ४० प्रतिशत डाउन पेमेन्ट गरी सामसङको जुनसुकै प्रकारका मोबाईल फोन जिरो प्रतिशत ब्याजदर इएमआईमा खरिद गर्न सक्नेछन् । 

 हालको लागि  काठमाडौं, ललितपुर र भक्तपुर गरि उपत्यकाका तीनवटा जिल्लाहरुमा मात्रै लागु गरिएको यो सुविधाको फाईदा उठाउन सेवाग्राहीहरुले आइएमई पे एपमा रहेको ‘बाइ नाउ पे लेटर’  अप्सनमा गई सोधिएको विवरण भरेर आफुले चाहेको मोबाईल फोन छनौट गरि  ४० प्रतिशत डाउन पेमेन्ट गर्नुपर्ने हुन्छ  । 

यस पश्चातको सम्पूर्ण प्रक्रियाको जानकारी एप मार्फत प्राप्त गर्न सकिन्छ । डाउन पेमेन्ट पछिको ईएमआई भुक्तानी सेवाग्राहीहरुले आफ्नो आइएमई पे वालेटबाट गर्न सक्नेछन् ।  
 
परम्परागत वित्तिय सेवालाई डिजिटलाईज गर्दै आइएमई पेले विभिन्न भुक्तानी सेवाहरुलाई आफ्नो एपमा अद्यावधिक गर्दै सेवाग्राहीहरुलाई थप सुविधा प्रदान गर्दै  आएको छ ।

आइएमई पे आफ्ना प्रयोगकर्ताहरूलाई वालेटमा ब्याज , भर्चुअल भिसा कार्ड, आप्रवासीहरूका लागि ऋण जस्ता नवीन वित्तीय सेवाहरू प्रदान गर्न गरिरहेको छ । ‘बाइ नाउ पे लेटर’ लगायत प्रिमियम निओ बैंकिङको सुविधासँगै, कम्पनीले वित्तीय सुविधाहरू सबैका लागि पहुँचयोग्य बनाउने उद्देश्यसहित काम गर्दै आएको छ ।