कीवर्डहरू -

इन्स्टाग्राममा क्लोज फ्रेन्ड्स अन लाइभ फिचर सार्वजनिक

इन्स्टाग्राममा क्लोज फ्रेन्ड्स अन लाइभ फिचर सार्वजनिक

इन्स्टाग्रामले क्लोज फ्रेन्ड्स अन लाइभ नामक नयाँ फिचर सार्वजनिक गरेको छ । बारम्बार एपमा लाइभ स्ट्रिमिङ गर्न मन पराउनेका लागि यो सुविधा उपयोगी हुनेछ । 

नयाँ अपडेटको मद्दतले प्रयोगकर्ताहरूले सजिलैसँग दर्शक संख्या सीमित गर्न सक्नेछन् । प्रयोगकर्ताहरूले लाइभ स्ट्रिमिङको क्रममा आफ्ना नजिकका साथीहरू र फलोअरहरू थप्न पनि सक्नेछन् । यसमा तीन जनाको सिमा तोकिएको छ ।

लाइभस्ट्रिमिङमार्फत प्रसिद्ध व्यक्तिहरूसँग व्यक्तिगत रूपमा कनेक्ट हुन् सकिन्छ । यसका लागि कुनै किसिमको शुल्क तिर्नु पर्ने छैन् । 

इन्स्टाग्रामले भर्खरै एपमा धेरै नयाँ अपडेटहरू सार्वजनिक गरेको छ । प्लेटफर्ममा नयाँ अपडेटले प्रयोगकर्ताहरूलाई थप निजी रूपमा कोन्ट गर्न सक्छन् । साथै, आगामी दिनमा प्लेटफर्ममा हटाउन नमिल्ने विज्ञापन आउने समेत बताइएको छ । 

यो अपडेटपछि, प्रयोगकर्ताहरूले विज्ञापन हेरेपछि मात्र अर्को फिड हेर्न सक्षम हुनेछन् । नयाँ अपडेटको बारेमा केही स्क्रिनसटहरू सेयर गरिएको छ, तर विज्ञापनहरू नहटाउने सुविधाको बारेमा अझै कुनै ठोस जानकारी छैन् ।