कीवर्डहरू -

नेटवर्क भए पनि फाइभजी स्पीड छैन्? फोनमा यो सेटिङ अन गर्नुहोस्

नेटवर्क भए पनि फाइभजी स्पीड छैन्? फोनमा यो सेटिङ अन गर्नुहोस्

आजकल सबै स्मार्टफोनहरू फाइभजी सपोर्टको साथ आउँदैछन्, तर धेरै मानिसहरू नेटवर्क समस्याबाट ग्रस्त छन् ।

धेरै दूरसञ्चार कम्पनीहरूले देशका प्रायः सबै सहरमा अनलिमिटेड फाइभजी सेवा दिइरहेका छन् तर यसका लागि फाइभजी फोन हुनु आवश्यक छ । नेटवर्क भए पनि सुस्त इन्टरनेटले हैरान हुनुहुन्छ भने यो लेख तपाईको लागि उपयोगी छ । आज हामी तपाईलाई एन्ड्रोइड स्मार्टफोनमा फाइभजी नेटवर्कको स्पीड कसरी बढाउने भन्ने कुरा बताउनेछौँ ।

यदि तपाईको इन्टरनेट स्लो चलिरहेको छ भने पहिले फोनको सेटिङ जाँच गर्नुहोस् । फोनको सेटिङमा नेटवर्क सेटिङमा जानुहोस् र फाइभजी वा अटोमा गएर प्रिफर्ड टाइप अफ नेटवर्क चयन गर्नुहोस् ।

यस बाहेक, नेटवर्क सेटिङमा एक्सेस पोइन्ट नेटवर्क (एपीएन) सेटिङ पनि जाँच गर्नुहोस्, किनभने गतिको लागि सही एपीएन हुनु महत्त्वपूर्ण छ । अब एपीएन सेटिङ मेनुमा जानुहोस् र डिफल्ट सेटिङ सेट गर्नुहोस् । 

यसबाहेक फोनमा रहेको सामाजिक सञ्जाललाई पनि याद गर्नहोस् । फेसबुक, एक्स र इन्स्टाग्राम जस्ता एपले स्पीड घटाउँछ र धेरै डाटा खपत गर्छ । तिनीहरूको सेटिङमा जानुहोस् र अटो प्ले भिडियो बन्द गर्नुहोस् । फोनको ब्राउजरलाई डाटा सेभिंग मोडमा पनि सेट गर्नुहोस् ।

यदि तपाईले सबै काम गरेर पनि स्पीड प्राप्त गर्नुहुन्न भने, तपाईको फोनको नेटवर्क सेटिङ रिसेट गर्नुहोस् । डिफल्ट नेटवर्क सेटिङमा राम्रो गति प्राप्त गर्ने हरेक सम्भावना छ ।