इन्स्टाग्रामले नयाँ फिचर सार्वजनिक गरेको छ, जसले क्रिएटरहरूका लागि अन्य क्रिएटर र व्यवसायसँग कुराकानी गर्न सजिलो बनाउनेछ । यो फिचर अन्तर्गत अब क्रिएटरहरूलाई डाईरेक्ट म्यासेज (डिएम) मा आउने अन्य व्यक्तिबाट प्राप्त म्यासेज रिक्वेस्टलाई खाताको प्रकारको आधारमा छान्न र फिल्टर गर्न सजिलो हुनेछ, जसले गर्दा सबै म्यासेजहरू स्क्रोल गर्नुपर्ने आवश्यकता रहदैन् ।
एक भिडियोमा इन्स्टाग्रामका प्रमुख एडम मोसेरीले क्रिएटरहरूका लागि डिएममा फिल्टरिङ्ग फिचरको रोलआउटको पुष्टि गरेका छन् । अब क्रिएटरहरूले म्यासेज रिक्वेस्टलाई दुई श्रेणीको आधारमा छान्न सक्नेछन् — हालै आएका म्यासेज र फलोअर्सको सङ्ख्याको आधारमा । यदि उनीहरूले केवल विशेष प्रकारका खाताबाट प्राप्त म्यासेज रिक्वेस्टहरू हेर्न चाहन्छन् भने, इन्स्टाग्रामले त्यसका लागि फिल्टरिङ्ग विकल्प पनि उपलब्ध गराएको छ ।
अब क्रिएटरहरूले डिएममा म्यासेज अनुरोधहरू जाँच गर्न सक्नेछन्, जस्तै केवल भेरिफाइड अकाउन्ट, व्यवसाय, अन्य क्रिएटर वा सब्स्क्राइबरहरूबाट प्राप्त भएका म्यासेजहरू । मोसेरीका अनुसार, यो फिचरले क्रिएटरहरूलाई “आफूले छुटाउन नचाहेका म्यासेज सजिलैसँग पत्ता लगाउन" सहयोग पु¥याउन सक्छ ।