जुनेली इंक प्रालिले आफ्नो फाल्गसिप प्रडक्ट ३६० कोर बैंकिङ सिस्टममा विशेष छुटसहितको नयाँ अभियान ‘१०० डेज फर १०० ग्राहक’ सुरु गरेको छ ।
यो अभियान अन्तर्गत २०८१ मंसिर २४ गतेदेखि २०८१ चैत ५ गतेसम्म लागू हुनेछ । यसअन्तर्गत फाइनान्स, माइक्रोफाइनान्स र सहकारी संस्थाहरूले क्लाउड प्रणालीमा आधारित यस आधुनिक बैंकिङ समाधानमा ७० प्रतिशत छुट पाउनेछन् ।
ग्राहकहरूले ३६० कोर बैंकिङ सिस्टम र जुनेली इंकका अन्य प्रमुख उत्पादनहरू कम्पनीको बिक्री विभागमार्फत किन्न वा बुकिङ गर्न सक्नेछन् । यो विशेष छुट अभियानले वित्तीय संस्थाहरूलाई उच्च प्रविधिमा आधारित समाधानमा पहुँच गराई नेपालको बैंकिङ क्षेत्रलाई थप सुदृढ बनाउने र डिजिटल प्रविधितर्फ प्रोत्साहन लक्ष्य राखिएको छ ।
३६० कोर बैंकिङ सिस्टम एउटा उच्च सुरक्षित बैंकिङ समाधान हो, जसमा मोबाइल बैंकिङ, मोबाइल टेलर, र एटीएम सेवाहरू समेटिएका छन् । यो सिस्टम म्यानमार र बंगलादेशका माइक्रोफाइनान्स संस्थाहरूमा समेत सफलतापूर्वक प्रयोग भइरहेको छ । नेपालमा मात्र हालसम्म ३३ जिल्लाका करिब ३७० सहकारीहरूले यो प्रणाली प्रयोग गरिरहेका छन् ।