नेपाल दूरसञ्चार प्राधिकरण स्मार्ट टेलिकमको मूल्य निर्धारण समिति गठन गर्नका लागि पुनः आशयपत्र दर्ता गराउन अनुरोध गरेको छ ।
स्मार्ट टेलिकमको लाइसेन्स स्वतः खारेज भइसकेपछि सम्पत्ति मूल्यांकन गर्न प्राधिकरणले समिति गठन गर्न लागेको हो ।
प्राधिकरणले अनुमतिपत्र बहाल नरहेका दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली, २०७९ को नियम १३ को प्रावधान बमोजिम मूल्य निर्धारण समिति गठन गर्नका लागि मान्यता प्राप्त शैक्षिक संस्थाबाट चार्टर्ड एकाउन्टेन्सीको शैक्षिक उपाधि हासिल गरेको र तपसिल बमोजिमको योग्यता तथा अनुभव भएका व्यक्तिहरूबाट ७ दिनभित्र सिलबन्दी आशयपत्र दर्ता गराउन अनुरोध गरेको छ ।
आशयपत्रसाथ नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि, हस्ताक्षर सहितको व्यक्तिगत विवरण, व्यक्तिगत विवरणमा उल्लेख भए बमोजिमको शैक्षिक प्रमाणपत्र र कार्य अनुभवको पुष्टि हुने कागजात तथा स्मार्ट टेलिकमसँग संलग्नता वा आवद्धता नरहेको भनी हस्ताक्षर गरी स्वःघोषणा गरेको कागजात संलग्न गर्नुपर्ने छ ।