कीवर्डहरू -

टियागो ईभी मनसुन मेला, पुराना गाडीसँग टाटा टियागो ईभी साट्न सकिने

टियागो ईभी मनसुन मेला, पुराना गाडीसँग टाटा टियागो ईभी साट्न सकिने

नेपालका लागी टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक, सिप्रदी ट्रेडीङ्ग प्रालिले टियागो ईभी मन्सुन एक्सचेन्ज मेला आयोजना गर्न लागेको छ । मेलामा जुनसुकै ब्रान्डका पुराना गाडीहरूसँग टाटाको नेपालमा सर्वाधिक रुचाइएको टाटा टियागो ईभी साट्न सकिनेछ । 

टाटा मोटर्सको शोरुम थापाथली लगायत देशैभरि रहेका शोरुममा यही असार २१ गते देखि २३ गतेसम्म एक्सचेन्ज कार्यक्रम आयोजना गर्न लागिएको हो । मेला बिहान ९ बजे देखि राति ९ बजेसम्म चल्नेछ ।  

यस मेलामा सहभागी भएर ग्राहकहरूले आकर्षक एक्सचेन्ज बोनस, निःशुल्क अटोप्लस इन्स्योरेन्स, निःशुल्क २ आर्थिक वर्षको सवारी कर, एक्सेसरिज र ३ वर्षको निःशुल्क सर्भिसिङ सुविधाहरूको फाइदा लिन सक्नेछन् । 

साथै टेस्ट ड्राइभ र बुकिङमा स्योर सट गिफ्टहरू पनि पाउन सक्नुहुनेछ । उल्लेखित अफरहरू मन्सुन एक्सचेन्ज मेलाको ३ दिनका लागि मात्र लागु हुनेछ ।