ग्याजेट्स
नेपालमा मी पोर्टेबल ब्लुटुथ स्पीकर १६ डब्लु र मी स्मार्ट ब्यान्ड सार्वजनिक
शाओमी,ग्लोबल टेक्नोलोजी लिडरले आज मी पोर्टेबल ब्लुटुथ स्पीकर १६ वाट र स्मार्ट ब्यान्ड ६ नेपालमा लन्च गरेको छ ।
अडियो लाईनअपको लागि नयाँ थप गरिएको मी पोर्टेबल ब्लुटुथ स्पीकर (१६ वाट) नेपाली श्रोताहरुलाई विशिष्ट र शक्तिशाली आउटइस्त्यानडिङ पावरफुल सराउंड साउंड प्रस्ताव गर्नको लागि विशेष रुपमा डिजाइन गरिएको छ ।
अर्को तर्फ स्मार्ट ब्यान्ड ६ ब्रान्ड वेरेबल लाइनअपमा पछिल्लो थप हो जुन स्मार्टफोन एक्स एलोट स्ट्राटेजीमा निर्मित छ । यो एड्भान्स हेल्थ ट्रयाकिङ्ग फिचर्सहरुले सुसज्जित छ जस्तै एसपीओटु ट्रयाकिङ्ग जसले प्रयोगकर्ताहरुलाई उनीहरुको ब्लड अक्सिजन लेभल, मुटुको दर ट्रयाकिङ्ग र स्लिप ट्रयाक गर्न मद्दत गर्दछ ।
लन्चको बारेमा शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर श्री सौरभ कोठारीले भने, ‘यो मी पोर्टेबल ब्लुटुथ स्पीकर (१६ वाट) को लन्चबाट हामी हाम्रो प्रशंसक र उपभोक्ताहरुलाई कुनै पनि अवरोध बिना उच्च गुणवत्ता अडियो अनुभवको स्वतन्त्रता प्रदान गर्न चाहन्छौँ । स्पीकरमा डुअल ईक्यु मोडहरु जस्ता सुविधाहरुको साथ हामी विश्वास गर्दछौँ कि यो प्रोडक्ट एक क्लटर फ्रि र वायरलेस अनुभवको लागि एक उत्तम फिट हुनेछ ।’
उनले अगाडि भने, ‘विश्वको नम्बर एक वेरेबल ब्यान्ड ब्रान्डको रुपमा शाओमीले अमेजिङ्ग प्रोडक्टहरुको उत्पादन गर्ने निरन्तर सेवालाई जारी राख्नेछ जुन दु्रत रुपमा परिवर्तन हुने उद्योगको लागि फोरफ्रन्टमा रहन्छन् । हाम्रो एभर इभल्भिङ्ग वेरेबल प्रोडक्टका साथ शाओमील आफ्नो प्रयोगकर्ताहरुलाई सधैँ सक्रियतामा एक कदम अघि रहन अधिकार दिन्छ र एक एक्टिभ लाइफस्टाइल र आफ्नैै एक राम्रो संस्करण बन्न मद्दत गर्दछ। शाओमीको व्यापक रुपमा पछिल्लो थप भएको प्रशंसित मी स्मार्ट ब्यान्ड सिरिज, मी स्मार्ट ब्यान्ड ६ पनि यही मिशनमा निर्मित रहेको छ ।’
मी पोर्टेबल ब्लुटुथ स्पीकर (१६ वाट)
पूर्ण फुल साउन्ड एक्पेरियन्सका लागि मी पोर्टेबल ब्लुटुथ स्पीकर(१६ वाट) उत्कृष्ट र शक्तिशाली सराउन्ड साउन्ड प्रस्ताव गर्नको लागि डिजाइन गरिएको छ ।
एक कम्प्याक्ट डिजाइन र बेस्ट–इन–क्लास फिचरहरु प्रस्तुत गर्दै यो उपकरणले कम्प्लिट साउन्ड एक्सपेरियन्सका लागि हाई क्वालिटी साउन्ड, डिपर बास, क्लियर र रिच भोकलको प्रदान गर्दछ ।
मी पोर्टेबल ब्लुटुथ स्पीकर(१६ वाट)–अडियो अन द फ्लाई
सुन्दर ढंगले निर्माण गरिएको १६ वाट मी पोर्टेबल ब्लुटुथ स्पीकरमा (१६ वाट) सबै दिशामा एक उत्कृष्ट उच्च–गुणवत्ता ध्वनि उत्पादन सुनिश्चित गर्न ट्विन एटडब्लुएक्सटु फुल रेन्ज ड्राइभर छ ।
एक स्टाइलिश भाइभ्रेन्ट मेस र ट्रेन्डी डिजाइन भएको स्पीकर एन्टी स्लिप प्याडिंगको साथ आउँदछ जसले उपकरणलाई उपयोगी बनाउँछ र यसमा स्ट्रङ ग्रिप छ जसले एक्सिडेन्टल स्लिपको जोखिमलाई कम गर्न मद्दत गर्दछ ।
असाधारण अडियो अनुभवको प्रतिज्ञाका साथ कम्प्याक्ट स्पीकर डुअल ध्वनि मोडको साथ आउँदछ । टेलर मेड एक्सपेरियन्सलाई इनेबल गर्दै हामीले आफ्नोे मुड र अवसर अनुसार सजिलै नर्मल र डीप बास मोडमा स्वीच गर्न सक्छौँ ।
मी पोर्टेबल ब्लुटुथ स्पीकर(१६ वाट) लाई उत्तम स्टेरियो एकसपेरियन्सको लागि टीडब्लुएस मोडमा एउटै कोठामा जडान गर्न पनि सकिन्छ ।
सबै घर पार्टीहरु, वर्कआउट सेसन र एड्भेन्चर ट्रिपहरुको लागि एक आर्दश उत्पादन भएको यो साउन्ड सिग्नेचर एक शक्तिशाली, प्रीमियम र फुलफिलिङ्ग प्रडक्ट हो ।
मी पोर्टेबल ब्लुटुथ स्पीकर २६०० एमएएच ब्याट्री लाइफको साथ आउँदछ जुन १३ घण्टा सम्म चल्दछ । यसको आइपिएक्स७ वाटरप्रुफको रेटिङ्ग छ र यसलाई अधिकतम १ मिटरको गहिराईमा ३० मिनेटको लागि पानीमुनि डुबाउन सकिन्छ । यसमा कलहरु उठाउनको लागि बिल्ट इन माइक्रोफोन छ र साथै भोइस एसिस्ट्यान्ट पनि छ ।
यसमा २६००० एमएएचको ब्याट्री राखिएको छ ।
मी स्मार्ट ब्यान्ड ६
१.५६ इन्च स्टनिङ्ग पूर्ण स्क्रीन डिस्प्ले
फंक्शनल शैलीमा निर्मित अल न्यू मी स्मार्ट ब्यान्ड ६ एक स्टनिङ्ग १.५६ इन्चको ठूलो पूर्ण स्क्रीन एमोलेड टच डिस्प्लेको साथ अपग्रेड गरिएको छ ।
युनिक रनिङ्ग ट्रयाक आकारको स्व्रिmनले ३२६ पीपीआइ क्रिस्टल–क्लियर रेजोलुसन र यसको प्रिडिसेसर भन्दा ५० प्रतिशत बढी स्क्रीन प्रदान गर्दछ जसले प्रयोगकर्ताहरुलाई कुञ्जी तथ्याङ्कहरुको द्रुत अवलोकनको लागि अभूतपूर्व दृश्यता प्रदान गर्दछ र इन्टेन्स वर्कआउटको बखतमा डेली नोटिफिकेसन्सहरु पनि प्रदान गर्दछ ।
यसमा ६० वटा भन्दा बढी थिम्सका साथ कस्टोमाइजेबल ब्यान्ड फेसेज छन् जसले प्रयोगकर्ताहरुलाई खेल खेल्न र उनीहरुको दैनिक शैलीको लागि पर्सोनलाइज गर्न मद्दत गर्दछ।
व्यायाम मोडहरुको विस्तृत विकल्प
कोरमा फिटनेस ट्रयाकरको साथ डिजाइन गरिएको मी स्मार्ट ब्यान्ड ६ मा ३० वटा रमाइलो र चुनौतीपूर्ण कसरत प्रकारहरु समावेश गरेर यसको फिटनेस मोड अप्टन्सहरुमा परिवर्तन ल्याइएको छ ।
प्रयोगकर्ताहरुले आफू रमाउनका लागि स्ट्रेचिङ र एचआइआइटी जस्तै अधिक इनडोर प्रशिक्षण, जिम्न्यास्टिक जस्ता प्रोफेशनल खेलहरु प्रयास गर्न सक्छन् वा रमाइलो गतिविधिहरु जस्तै जुम्बा र सडक नृत्यको प्रदर्शन पनि गर्न सक्छन् ।
यसले ६ वटा साधारण फिटनेसको लागि अटो–डिटेक्सनको पनि प्रदान गर्दछ जसमा दिनभरको गतिविधि र कुञ्जी तथ्याङ्क सुनिश्चित गर्न कि स्ट्याट्सहरु रेकर्ड गरिएको हुन्छ जसलाई डेली एक्टिभिटी मेट्रिक्समा फ्याक्टर गरिन्छ ।
सबै समावेशी स्वास्थ्य ट्रयाकिङ्ग सुविधाहरु
मी स्मार्ट ब्यान्ड ६ ले तपाईँको दैनिक डे टु डे लाइफको स्वास्थ्य ट्रयाकिङ्गलाई इन्ह््यान्स्ड हेल्थ मनिटरिङ्ग सुविधाहरुको मद्दतले एकदम गम्भीर रुपले लिन्छ ।
यसको नयाँ संस्करणले एसपिओटु मापन,एक्युरेट हर्ट रेट मनिटरिङ्गका साथ साथै इन्ह्यान्स्ड स्लिप ट्रयाकिङ्गलाई मनिटर गर्छ जसले स्लिपलाई मनिटर, स्लिप साइकल सहित आरइएम स्लिप र स्लिप ब्रेदिंग क्वालिटीलाई पनि मापन गर्दछ ।
यो प्रडक्ट तनाव अनुगमन,डिप ब्रेदिंग गाइडेन्स फंशनका साथ साथै महिला स्वास्थ्य ट्रयाकिङ्गको साथ पनि आउँछ जसले प्रयोगकर्ताहरुलाई उनीहरुको शरिर र जीवनशैलीमा विस्तृत स्वास्थ्य अंतदृष्टिको प्रदान गर्दछ ।
उत्तम कसरतको बेलाको साथी मी स्मार्ट ब्यान्ड ६ ले १४ दिनको ब्याट्री लाइफ र क्वीक क्लिप अन र क्लिप अफ चार्जिङ्गको लागि एक उपयोगी चुम्बकीय पोर्टको प्रदान गर्दछ ।
५ एटीएम पानी प्रतिरोधको क्षमताको साथ प्रमाणित मी स्मार्ट ब्यान्ड ६ लाई पौडी खेल्ने, स्नोरकलिङ्ग र नुहाउने बेला पनि लगाउन सकिन्छ। यो उपकरण ६ वटा जीवन्त रंगहरुको साथ नरम र आरामदायक स्ट्रापहरुमा उपलब्ध छ ।
मूल्य निर्धारण र उपलब्धता
मी पोर्टेबल ब्लुटुथ स्पीकर(१६ वाट) कालो र नीलो रङ्गको भेरियन्टमा नेपाली रु ५,४९९ मा उपलब्ध हुनेछ । यो अथोराइज्ड एमाआई स्टोर, अनलायन र रिटेल पार्टनरहरु मार्फत जेठ ५ गतेबाट उपलब्ध हुनेछ।
मी स्मार्ट ब्यान्ड ६ कालो रंग नेपाली रु ५,९९९ मा उपलब्ध हुनेछ । यो अथोराइज्ड एमआई स्टोर, अनलाइन र रिटेल पार्टनरहरु मार्फत जेठ ५ गतेबाट उपलब्ध हुनेछ ।
ग्याजेट्स
फाइभजी सपोर्ट गर्ने वानप्लस नाइन नेपालमा, कति छ मूल्य ?
नेपाली बजारमा वानप्लस नाइन सार्वजनिक भएको छ । ६.५५ इन्च फुल एचडी प्लस फ्लुइड एमोले…
माइक्रोसफ्टले विन्डोज टेन एक्सको निर्माण बन्द गर्न सक्ने
माइक्रोसफ्टले विन्डोज टेन एक्सको निर्माण बन्द गर्न सक्ने भएको छ । पेट्रीका अनुसार माइक्…
युरोपदेखि भारतसम्म रियलमीको बजार विस्तार उच्च, वार्षिक १८३ प्रतिशतले वृद्धि
विश्वमा तीव्र बजार विस्तार गर्दै गएको रियलमी युरोपीयन देशहरुमा सफल स्मार्टफोन बन्न सफलभएको छ ।
<…
एचपीको अल इन वान डेक्स्टप सार्वजनिक
एचपीले ईलाइट वान ८०० जि एट नामक अल इन वान डेक्स्टप पिसी सार्वजनिक गरेको छ । यसमा…
एप्पल वाचमा ब्लड सुगर जाँच्ने फिचर आउन सक्ने
एप्पल वाचमा ब्लड सुगर जाँच्ने फिचर आउन सक्ने भएको छ । फोर्ब्सको रिपोर्ट अनुसार बेलाय…
लकडाउनमा पनि मोबाइल र ल्यापटपको सोधपुक्ष उस्तै, आवश्यक ग्राहकलाई होमडेलिभरी
लकडाउनका कारण अत्यावश्यक सामानबाहेकको बजार बन्द छ । यही बेला ‘वर्क फ्रम होम’ र स्कुल कलजेका अनलाइन कक्षा सञ्चालन भइर…
डेलको ड्राइभरमा समस्या, लाखौँ कम्प्युटरमा असर पर्न सक्ने
डेलको ड्राइभरमा समस्या आएको छ । ड्राइभरमा समस्या आएपछि डेलका लाखौँ कम्प्युटरहरुमा य…
एप्पलले सन् २०२३ सम्ममा फोल्डेबल आईफोन बनाउने
एप्पलले सन् २०२३ सम्ममा फोल्डेबल आईफोन बनाउँदै गरेको बताइएको छ । विशेषज्ञ मिङ चि क…
फेसबुकले सार्वजनिक गर्याे इन्स्टाग्राम लाइभमा क्यामेरा र माइक म्यूट गर्न मिल्ने फिचर
फेसबुकले इन्स्टाग्राम लाइभमा पनि ब्रोडकास्टको बेला फोनको क्यामेरा अफ गर्न मिल्ने फिचर…
के तपाईं नयाँ मोबाइल किन्ने सोचमा हुनुहुन्छ ? रियलमीका यी फोन हुन सक्छन् उत्तम
स्मार्ट फोन क्षेत्रमा लोकप्रिय रियलमीले विभिन्न सिरिजका फरक मूल्य पर्ने स्मार्टफोन उत्पा…
सामसङको नयाँ ग्यालेक्सी बुक प्रो सार्वजनिक, एएमओएलईडी स्क्रीन प्रयोग
सामसङ ग्यालेक्सी बुक प्रो सार्वजनिक गरेको छ । यसको सबैभन्दा आकर्षक फिचर भनेको डिस्प्ल…
एप्पलले एम टू म्याक प्रोसेसर निर्माण गर्दै, यही वर्ष म्याकबुकमा प्रयोग गरिने
एमवान प्रोसेसरको सफलता पछि एप्पलले नयाँ एम टू म्याक प्रोसेसर निर्माण गर्न लागेको बत…
अमेजनले सार्वजनिक गर्यो फायर एचडी टेन ट्याबलेट, बालबालिकाका लागि किड्स मोडेल उपलब्ध
अमेजनले नयाँ फायर एचडी टेन ट्याबलेटका मोडेलहरु सार्वजनिक गरेको छ । अमेजनले प्लस …
वाचओएस ७.४ सार्वजनिक, अब एप्पल वाचबाटै आईफोन अनलक गर्न सकिने
एप्पलले आफ्नो घडीको अपरेटिङ सिस्टमका वाच ओएसमा नयाँ अपडेट ल्याएको छ । यो नयाँ अपड…
एप्पलले सार्वजनिक गर्यो आइओएस १४.५ , मास्क लगाएर पनि आईफोन अनलक गर्न सकिने
एप्पलले सोमबार आइओएस १४.५ सार्वजनिक गरेको छ । आईओएस १४.५ मा एप्पलले नयाँ फिचरहरु…