कीवर्डहरू -

ग्याजेट्स

२ लाख ८५ हजार व्यक्तिले दर्ता गरे मोबाइलको आईएमईआई नम्बर

नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले आईएमईआई नम्बर दर्ता नगरिकन मोबाइल चलाउन नपाइने घोषणा गरेसँगै यसको दर्ता गर्नेको संख्या वृद्धि हुदै गएको छ ।

व्यवसायिकरुपमा बिक्री हुने मोबाइल भन्सारमै दर्ता भएर आउने भए पनि व्यक्तिगत रुपमा आउने र  विदेशबाट उपहार पठाइदिन मोबाइलको आईएमईआई नम्बर दर्ता हुन सकेका थिएनन् ।

प्राधिकरणले त्यसरी व्यक्तिगत रुपमा आएका मोबाइलको आइएमईआई नम्बर दर्ता गर्न भनेपछि प्राधिकरणको वेबसाइटबाट दर्ता बढेको हो ।

प्राधिकरणका अनुसार अहिलेसम्म व्यक्तिगत रुपमा आईएमईआई नम्बर दर्ता गर्नेको संख्या ३ लाख पुग्न लागेको छ । प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार अहिलेसम्म २ लाख ८४ हजार ९०३ व्यक्तिले मोबाइलको आईएमईआई नम्बर दर्ता गरिसकेका छन् ।

नेपाल दूरसञ्चार प्राधिकरणका सह-प्रवक्ता अच्युतानन्द मिश्रले अहिलेसम्म व्यक्तिगतरूपमा २ लाख ८४ हजार ९०३ जना व्यक्तिले मोबाइलको आईएमईआई नम्बर दर्ता गरेको बताए ।

गत साउन १ गतेदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम कार्यान्वनमा आएपनि मोबाइलको आईएमईआई दर्ता भने त्यसअघि नै शुरू भएको थियो ।

प्राधिकरणले अवैध मोबाइल रोक्न गत साउन १ गतेदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम कार्यान्वयनमा ल्याएको थियो । अहिले यो सिस्टम पूर्ण रूपमा लागु भएको छैन् ।

यो प्राणाली लागुभएपछि ६ महिनासम्म परीक्षणकाल तोकिएको छ । यसको अर्थ अहिले सञ्चालनमा रहेका मोबाइलहरु यो प्रणाली लागूभएको ६ महिनासम्म आईएमईआई नम्बर दर्ता गर्न समयावधि दिनुपर्ने कानुनी प्रावधान रहेको छ ।

६ महिनापछि भने प्राधिकरणले दर्ता नभएका मोबाइललाई पूर्णरुपमा बन्द गर्न सक्छ ।

चाबहिलको डेटा सेन्टरमा राख्ने उपकरणहरू अझैसम्म नआएको मिश्रले जानकारी दिए । उपकरणहरु नआएकाले अझै सिस्टम पूर्ण रूपमा कार्यान्वयनमा आउन कति समय लाग्ने हो त्यो भने एकीन छैन् ।

अनलाइनबाटै यसरी गर्नुहोस् दर्ता

अनलाइनबाटै मोबाइलको आईएमईआई नम्बर दर्ता गर्न यहाँ क्लिक गर्नुहोस् । त्यसपछि त्यहाँ मागिएका आवश्यक विवरण राखेर दर्ता गर्न सकिने छ ।

साथै तपाईले यहाँ क्लिक गरी आफ्नो आईएमईआई नम्बर दर्ता छ की छैन् भनेर थाहा पाउन सक्नुहुनेछ । यदी दर्ता छैन् भने दर्ता गर्नुपर्ने हुन्छ । आफ्नो मोबाइलको आईएमईआई नम्बर थाहा पाउन *#०६# डायल गर्नुहोस् ।

यो डायल गर्दा मोबाइलले एउटा मात्रै सीम सपोर्ट गर्छ भने एउटा मात्रै आईएमईआई नम्बर देखाउँछ भने यदी मोबाइलले २ वटा सिम सपोर्ट गर्छ भने २ वटा आईएमईआई नम्बर देखाउँछ । आईएमईआई नम्बर २ वटा भए प्राधिकरणमा दुबै नम्बर दर्ता गर्नुपर्ने हुन्छ ।

ग्याजेट्स

अन्डर स्क्रीन क्यामेरा भएको स्मार्टफोन सार्वजनिक गर्दै ओप्पो

ओप्पोको अन्डर स्क्रीन क्यामेरा भएको स्मार्टफोन ल्याउने भएको छ । अहिलेसम्म अन्डर स्क्रीन क्…

एक वर्षमा रियलमीलाई नेपालको प्रमुख तीन स्मार्टफोनमा पुर्याउँर्छौं– साहिल अग्रवाल 

चिनिया मोबाइल ब्राड रियलमीको आधिकारिक बिक्रैताका रुपमा शंकर ग्रुप आएसँगै एक वर्षभित्र नेपालको प्रमुख तीन स्मार्टफोनक…

चर्चित मोबाइल ब्रान्ड रियलमीको नेपालको आधिकारिक बिक्रेता शंकर ग्रुप

चर्चित मोबाइल ब्रान्ड रियलमीको नेपालको आधिकारिक बिक्रेता शंकर ग्रुप नियुक्त भएको छ …

ग्यालेक्सी जेड फ्लिप ३ फोल्डेबल स्मार्टफोन सार्वजनिक गर्दै सामसङ

सामसङले आफ्नो आगामी इभेन्टमा नेक्स्ट जेनेरेसन फोल्डेबल स्मार्टफोन सार्वजनिक गर्ने भएको…

नेपालमा ५३ देशबाट मोबाइल आयात, भारत र चीनपछि धेरै ल्याउने तेर्सो मुलुक कुन होला ?

नेपालमा चीन र भारतपछि सबैभन्दा धेरै मोबाइल आयात कुन देशबाट हुन्छ होला ? सायद तपाईंले अनुमान गरेभन्दा फरक हुनसक्छ…

नेपाली बजारमा सामसङ ग्यालेक्सी एफ २२ सार्वजनिक, यस्ता छन् फिचर

नेपाली बजारमा सामसङ ग्यालेक्सी एफ २२ सार्वजनिक भएको छ । ग्यालेक्सी एफ २२ को लन्चसँग…

यि पाँच कम्पनीको कब्जामा विश्व मोबाइल बजार, साओमीको छलाङ   

विश्व बजारमा आफ्ना मोबाइल बिक्री गर्न स्मार्टफोन कम्पनीहरुको तीव्र प्रतिस्पर्धा छ । हरेक महिना कम्पनीहरुले आफ्नो फोन बिक्र…

नेपाली बजारमा वानप्लस नोर्ड २ फाइभजी स्मार्टफोन, खरिद गर्नेलाई टाइप सी इयरफोन निःशुल्क 

वानप्लस नोर्ड २ फाइभजी स्मार्टफोन नेपाली बजारमा सार्वजनिक भएको छ । क्यामेरा, पर्फर्मे…

ल्यापटप र नोटबुक आयात ४ हजार प्रतिशतले वृद्धि, ७ अर्ब ७७ करोडबढीको भित्रिए

मुलुकमा कोरोना संक्रमणसँगै ‘वर्क फ्रम होम’ र अनलाइन कक्षा सञ्चालन भएपछि विभिन्न ग्याजेटको आयात उच्च भएको छ ।

मोबाइल व्यवसायमा नयाँ रेकर्ड, १०३ प्रतिशतले वृद्धि हुदै ३७ अर्बको आयात

काठमाडौं । गएको एक वर्ष मुलुक कोरोना संक्रमणबाट गुज्रियो । यो बेला धेरैका रोजगार…

दराजबाट सामसङको ग्यालेक्सी एफ २२ प्रि-बुकिङ गर्न सकिने, कति छ मूल्य ? 

दराजबाट सामसङ ग्यालेक्सी एफ २२ प्रि-बुकिङ गर्न सकिने भएको छ । सामसङ नेपालले दराजस…

४४ मेगापिक्सेल सेल्फी क्यामेरासहित भिभो भी २१ नेपालमा, यस्ता छन् फिचर

भिभोले नेपाली बजारमा भी २१ स्मार्टफोन सार्वजनिक गरेको छ । भी २१ भिभो कम्पनीले लाम…

यी हुन् २५ हजारसम्मका उत्कृष्ट स्मार्टफोन 

बजारमा धेरै प्रकारका स्मार्ट मोबाइल उपलब्ध छन् । मूल्यका आधारमा हेर्ने हो भने पनि सस्…

भिभो भी २१ स्मार्टफोनको प्रि-बुकिङ खुल्ला, बुकिङ गर्दा माउन्ट र एयरबड्स निःशुल्क पाइने

भिभोले नेपालमा भी २१ स्मार्टफोनको अग्रिम बुकिङ खुल्ला गरेको छ । भिभोले जुलाई १६ द…

काठमाडौंको बौद्धबाट मोबाइल लुटपाट गर्ने ३ जना पक्राउ

बौद्ध ईलाकामा मोबाइल चोरी तथा लुटपाट गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । …