कीवर्डहरू -

ग्याजेट्स

आठ जीबी र्‍याम भएको ओप्पो एफ १७ नेपालमा, कति होला मूल्य ? 

नेपालमा आजदेखि ओपो एफ १७ को विक्री खुल्ला गरिएको छ । सेप्टेम्बर २७ का दिन ओपो एफ १७ प्रो, एन्को डब्ल्यू ५१ टीडब्ल्यूएस र ओपो वाचका साथमा ओपो एफ १७ पनि सार्वजनिक गरिएको थियो ।

सार्वजनिक गरिए तापनि कार्यक्रम मार्फत फोनको फस्ट सेल मिति बारे मात्र जानकारी दिइएको थियो । आजदेखि बजारमा उपलब्ध गरिएको ओपो एफ १७ को बजार मूल्य ३३ हजार ९ सय ९० रुपैयाँ निर्धारण गरिएको छ ।

जम्मा ७.४५ एमएम मोटाई र १६३   ग्राम वजन रहेको ओपो एफ १७ सिजनकै स्लिकेस्ट फोन भएको कम्पनीको दावी छ ।

ओपोको नेपाल भर रहेका प्रमुख विक्रि केन्द्रहरु मार्फत एफ १७ उपलब्ध गरिएको छ । नेपालमा फोन ८ जीबी र १२८ जीबी भेरियन्टमा सार्वजनिक गरिएको हो ।

ओपो एफ १७ का विशेषता बारे संक्षिप्त जानकारी

ओपो एफ १७ को एक प्रमुख विशेषता मध्य यसको वजन पनि एक हो । कम्पनी काप्रो भर्जनका तुलनामा एफ १७ मात्र ७.४५ एमएम मोटाइका साथ अझ पातलो बडीमा उपलब्ध गरिएको छ ।

त्यसैगरी प्रो भन्दा १ ग्राम कम यसको वजन जम्मा १६३ ग्राम रहेको छ । एफ १७ म स्न्यापड्रागन ६६२ एसओसी ओक्टा कोर चिपसेट रहेको छ । उपकरणमा कलर ओएस ७.२ मा आधारित एण्ड्रोइड १० सञ्चालन प्रणालीको ब्यवस्था गरिएको छ ।

ओपो एफ १७ मा सेल्फी क्यामेराका लागि वाटर ड्रप नोचका साथमा ६.४४ ईञ्चको फूल एचडी एमोलेड स्क्रिनको ब्यवस्था गरिएको छ । साथै, फोनमा ईन डिस्प्ले फिंगरप्रिन्ट स्क्यानर पनि उपलब्ध छ ।

त्यसैगरी फोनको पछिल्लो भागमा १६ मेगापिक्सेल क्षमताको प्राइमरी शुटर, ८ मेगापिक्सेल वाइड एंगल क्यामेरा र दूई ओटा मोनो सेन्सर सहित क्वाड क्यामेरा सेटअप दिइएको छ ।

त्यसैगरी, फोनको अघिल्लो भागमा १६ मेगापिक्सेल क्षमताको शुटरको ब्यवस्था फोनमा रहेको छ । यस फोनमा ४,०१५ एमएएच क्षमताको ब्याट्रीका साथै, टाइप सी पोर्ट मार्फत सपोर्ट हुने ३० वाट फास्ट चार्जिङ प्रविधि पनि उपलब्ध गरिएको छ ।

नेपाली बजारमा लेडर जस्तो देखिने फिनिशका साथमा नेभी ब्ल्यू र डायनामिक अरेन्ज गरी दूई भिन्न रंगमा फोन उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।

ग्याजेट्स

ओप्पो एफ १७ प्रो असोज ११ गते नेपालमा सार्वजनिक हुँदै, यस्ता छन् फिचर

ओप्पोले आफ्नो नयाँ स्मार्टफोन ओपो  एफ १७ प्रो सार्वजनिक गर्ने मितिको घोषणा गरेको छ ।…

साओमीको मी टिभी नेपालमा, कति छ मूल्य ? 

साओमीले नेपालमा मी टिभी सार्वजनिक गरेको छ । कम्पनीले ४३ इन्च र ५५ इन्चको मी टिभी …

सस्तो मूल्यमा आकर्षक फिचर भएको नोकिया सी थ्री नेपालमा

नोकिया सी थ्रि स्मार्टफोन नेपाली बजारमा उपलब्ध भएको छ । नेपालका लागि नोकिया मोबाइ…

एप्पलले सार्वजनिक गर्‍यो नयाँ आईप्याड एयर 

एप्पलले मंगलबार नयाँ आईप्याड एयर सार्वजनिक गरेको छ । जुन कम्पनीको आइप्याड प्रो जस्तै…

शक्तिशाली ब्याट्री सहित साओमीको नयाँ फोन रेडमी नाइन सी नेपालमा, कति छ मूल्य ? 

साओमीले रेडमी नाइन सी स्मार्टफोन नेपालीमा सार्वजनिक गरेको छ । कम्पनीले सस्तो मूल्यक…

चारवटा रियर क्यामेरा सहित नोकिया ५.३ फोन नेपालमा, यस्तो छ मूल्य अनि फिचर

नोकिया ५.३ स्मार्टफोन नेपालमा सार्वजनिक भएको छ । सोमबार नोकियाको नयाँ स्मार्टफोन स…

सामसङ ग्यालेक्सी नोट २० र ग्यालेक्सी नोट २० अल्ट्रा नेपालमा, कति होला मूल्य ? 

सामसङ ग्यालेक्सी नोट २० र ग्यालेक्सी नोट २० अल्ट्रा नेपालमा उपलब्ध भएको छ । यसअघि सा…

रियलमीले सार्वजनिक गर्‍यो सस्तो फाइभजी स्मार्टफोन, कति होला मूल्य ? 

स्मार्टफोन निर्माता कम्पनी रियलमीले चिनमा  सस्तो फाइभजी स्मार्टफोन सार्वजनिक गरेको छ …

ट्रिपल रियर क्यामेरा सहित वानप्लस एट स्मार्टफोन नेपालमा

वानप्लस एट स्मार्टफोन नेपालमा उपलब्ध भएको छ । यो फोन नेपालको ओलिज स्टोरमा उपलब्ध भए…

शक्तिशाली ब्याट्री सहित इन्फिनिक्सको सस्तो स्मार्टफोन नेपालमा, यस्तो छ मूल्य अनि फिचर

नेपाली बजारमा इन्फिनिक्सको नयाँ स्मार्टफोन इन्फिनिक्स हट नाइन प्ले उपलब्ध भएको छ । शक्…

इन्फिनिक्स नोट सेभेन स्मार्टफोन नेपालमा, यस्तो छ मूल्य अनि फिचर

इन्फिनिक्सले नेपाली बजारमा इन्फिनिक्स नोट सेभेन स्मार्टफोन सार्वजनिक गरेको छ । यसमा …

सामसङ ग्यालेक्सी नोट २० र नोट २० अल्ट्राको प्रि बुकिङ खुल्ला, यस्तो छ फिचर अनि मूल्य  

सामसङ नेपालले ग्यालेक्सी नोट २० र ग्यालेक्सी नोट २० अल्ट्राको प्रि बुकिङ खुल्ला गरेको…

रेडमी नोट नाइन प्रो म्याक्स नेपालमा, यस्तो छ फिचर र मूल्य

नेपाली बजारमा साओमीको नयाँ स्मार्टफोन रेडमी नोट नाइन प्रो म्याक्स सार्वजनिक भएको छ …

ओपो एफ१५ - ब्यवसायिक फोटोग्राफी झैँ अनुभव

नेपालमा कम्पनीद्वारा पहिलो पटक अनलाइन लञ्च ईभेन्ट आयोजना गरी सार्वजनिक गरिएको ओपो एफ१५ ले यसमा रहेको ४८एमपी अल्ट्रा वाइड एंगल माक्रो क्वाडक्याम र सुपर स्लि…

नेटटीभी र वेव टीभीमा के छ त फरक ?

एनआइटीभी स्ट्रीम्ज प्राइभेट ल…