ग्याजेट्स
फाइभजी सपोर्ट गर्ने वानप्लस नाइन नेपालमा, कति छ मूल्य ?
नेपाली बजारमा वानप्लस नाइन सार्वजनिक भएको छ । ६.५५ इन्च फुल एचडी प्लस फ्लुइड एमोलेड डिस्प्ले भएको वानप्लस नाइन नेपालमा सार्वजनिक भएको हो ।
यसमा डिस्प्लेको सुरक्षाका लागि कोर्निङ गोरिल्ला ग्लास ५ प्रयोग गरिएको छ भने १२० हर्ज रिफ्रेस रेट रहेको छ । अलवेज अन डिस्प्ले सुविधा उपलब्ध भएको यसमा क्वालकमको स्न्यापड्रयाग्न ८८८ प्रोसेसर राखिएको छ ।
वानप्लस नाइनमा पछाडि ट्रिपल क्यामेरा सेटअप रहेको छ । जसमा ४८ मेगापिक्सेल प्राइमरी क्यामेरा, ५० मेगापिक्सेल अल्ट्रा वाइड सेन्सर र २ मेगापिक्सेल मोनोक्रोम लेन्स छन् । यसबाट एटके भिडियो खिच्न सकिन्छ ।
फोनमा १६ मेगापिक्सेलको सेल्फी क्यामेरा राखिएको छ । वानप्लस नाइन नेपाली बजारमा १२ जीबी र्याम र २५६ जीबी इन्टर्नल स्टोरेजका साथ उपलब्ध भएको छ । यसको इन्टर्नल स्टोरेजलाई एसडी कार्ड प्रयोग गरी बढाउन भने सकिदैन ।
वानप्लस नाइन फोनमा ४५ सय एमएएच ब्याट्री छ । जसले ६५ फास्ट चार्जिङ सपोर्ट गर्छ । वानप्लस नाइनले फाइभजी सपोर्ट गर्छ । साथै फोनमा एड्रेनो ६६० जीपीयु राखिएको छ ।
यसमा अक्सिजन अपरेटिङ सिस्टम (ओएस) मा आधारित एन्ड्रोइड ११ ओएस राखिएको छ । वानप्लस नाइनमा इन डिस्प्ले फिंगरप्रिन्ट र फेसअनलकको सुविधा समेत रहेको छ । नेपाली बजारमा वानप्लस नाइनको मूल्य १ लाख ४ हजार ९९९ रूपैयाँ तोकिएको छ ।
ग्याजेट्स
एप्पल वाचमा ब्लड सुगर जाँच्ने फिचर आउन सक्ने
एप्पल वाचमा ब्लड सुगर जाँच्ने फिचर आउन सक्ने भएको छ । फोर्ब्सको रिपोर्ट अनुसार बेलाय…
लकडाउनमा पनि मोबाइल र ल्यापटपको सोधपुक्ष उस्तै, आवश्यक ग्राहकलाई होमडेलिभरी
लकडाउनका कारण अत्यावश्यक सामानबाहेकको बजार बन्द छ । यही बेला ‘वर्क फ्रम होम’ र स्कुल कलजेका अनलाइन कक्षा सञ्चालन भइर…
डेलको ड्राइभरमा समस्या, लाखौँ कम्प्युटरमा असर पर्न सक्ने
डेलको ड्राइभरमा समस्या आएको छ । ड्राइभरमा समस्या आएपछि डेलका लाखौँ कम्प्युटरहरुमा य…
एप्पलले सन् २०२३ सम्ममा फोल्डेबल आईफोन बनाउने
एप्पलले सन् २०२३ सम्ममा फोल्डेबल आईफोन बनाउँदै गरेको बताइएको छ । विशेषज्ञ मिङ चि क…
फेसबुकले सार्वजनिक गर्याे इन्स्टाग्राम लाइभमा क्यामेरा र माइक म्यूट गर्न मिल्ने फिचर
फेसबुकले इन्स्टाग्राम लाइभमा पनि ब्रोडकास्टको बेला फोनको क्यामेरा अफ गर्न मिल्ने फिचर…
के तपाईं नयाँ मोबाइल किन्ने सोचमा हुनुहुन्छ ? रियलमीका यी फोन हुन सक्छन् उत्तम
स्मार्ट फोन क्षेत्रमा लोकप्रिय रियलमीले विभिन्न सिरिजका फरक मूल्य पर्ने स्मार्टफोन उत्पा…
सामसङको नयाँ ग्यालेक्सी बुक प्रो सार्वजनिक, एएमओएलईडी स्क्रीन प्रयोग
सामसङ ग्यालेक्सी बुक प्रो सार्वजनिक गरेको छ । यसको सबैभन्दा आकर्षक फिचर भनेको डिस्प्ल…
एप्पलले एम टू म्याक प्रोसेसर निर्माण गर्दै, यही वर्ष म्याकबुकमा प्रयोग गरिने
एमवान प्रोसेसरको सफलता पछि एप्पलले नयाँ एम टू म्याक प्रोसेसर निर्माण गर्न लागेको बत…
अमेजनले सार्वजनिक गर्यो फायर एचडी टेन ट्याबलेट, बालबालिकाका लागि किड्स मोडेल उपलब्ध
अमेजनले नयाँ फायर एचडी टेन ट्याबलेटका मोडेलहरु सार्वजनिक गरेको छ । अमेजनले प्लस …
वाचओएस ७.४ सार्वजनिक, अब एप्पल वाचबाटै आईफोन अनलक गर्न सकिने
एप्पलले आफ्नो घडीको अपरेटिङ सिस्टमका वाच ओएसमा नयाँ अपडेट ल्याएको छ । यो नयाँ अपड…
एप्पलले सार्वजनिक गर्यो आइओएस १४.५ , मास्क लगाएर पनि आईफोन अनलक गर्न सकिने
एप्पलले सोमबार आइओएस १४.५ सार्वजनिक गरेको छ । आईओएस १४.५ मा एप्पलले नयाँ फिचरहरु…
ओप्पो एफ १९ प्रोलाई लोकप्रिय बनाउने यी हुन् ३ फिचर
ओपोले केही समय अगाडी मार्च महिनामा आफ्नो नयाँ स्मार्टफोन ओपो एफ १९ प्रो नेपालमा सा…
वानप्लस वाचमा नयाँ अपडेट आउँदै
वानप्लसको वाचमा अब अल्वेज अन डिस्प्लेको अपडेट आउने भएको छ । धेरै प्रयोगकर्ताहरुले न…
एप्पलले सार्वजनिक गर्यो आइप्याड प्रोको नयाँ भर्सन, फाइभजी पनि सपोर्ट गर्ने
एप्पलले आइप्याड प्रोको नयाँ भर्सन सार्वजनिक गरेको छ । आइप्याड प्रोको नयाँ भर्सन एउटा …
नयाँ डिजाइनमा एप्पलले सार्वजनिक गर्यो एमवान प्रोसेसर प्रयोग भएको आईम्याक
एप्पलले नयाँ डिजाइनमा एमवान चीप प्रयोग भएको आईम्याक सार्वजनिक गरेको छ । यो विभिन्न…