समाचार
साइबर सुरक्षामा जनचेतना जगाउन भदौमा ह्याकरहरूको सम्मेलन
ह्याकर भन्ने बित्तिकै झट्ट आममानिसको मानसपटलमा नकारात्मक सोच आउँछ। ह्याकर भनेको त बेबसाइट ह्याक गर्ने र डेटा चोरी गर्ने बुझाइ छ । ह्याकरलाई यसरी मानिएको छ की मानौ यसले सबै नकारात्मक मात्रै काम गर्छ र पैसा मागेर हैरान गर्छ। तर, यी भनाइहरु सत्यभन्दा निकै पर छ, किनकी ह्याकर एउटा खोजकर्ता, अनुसन्धानकर्ता र जनचेना जगाउने अभियन्ता हुन् ।
साइबर दुनियाँमा के-के नयाँ नयाँ चुनौती र अवसरहरु आउन सक्छन्, समस्याको समाधान कसरी गर्न सकिन्छ भनेर खोज गरिरहने र प्रविधिमा नयाँ सोचको परिकल्पनाकारहरु हुन् ह्याकर ।
हो, यही खोजकर्ता, अनुसन्धानकर्ता र जनचेना जगाउने अभियन्ता अर्थात ह्याकरहरुको सम्मेलन आउँदो भदौ महिनाको २७ गते काठमाडौंमा हुँदैछ । यसलाई थ्रेटनिक्स नामक संस्थाले आयोजना गरेको छ। त्यसैले यो सम्मेलनको नाम ‘थ्रेटकन २०२३’ राखिएको छ ।
उक्त सम्मेलनमा विज्ञ, ह्याकर तथा अनुसन्धानकर्मी, सरकारी निकाय, उद्योग क्षेत्र, बैंकलगायत सबै सरोकारवालाहरूको सहभागिता रहने थ्रेटनिक्सका सेक्युरिटी इन्जिनियर सुयाश नेपाल बताउँछन्।
उनी भन्छन्, ‘विश्व दिनप्रतिदिन प्रविधिमा फड्को मारिरहेको छ। तर सँगसँगै चुनौती अर्थात साइबर सुरक्षाको आवश्यकता बढ्दै गएको छ।त्यसकारण यसको समाधानका लागि सम्मेलनको आयोजना गरिएको हो जहाँ सरकारी नियकायका प्रहरी प्रशासनदेखि निजी क्षेत्रका उद्योग, बैंकलगायत सहभागी हुनेछन्।’
‘प्रविधिमा भइरहेका अनुसन्धान, खोजलाई थप परिष्कृत र आम मानिसलाई चेतना जगाउनु नै ह्याकरको मुख्य काम हो,’ उनी भन्छन्, ‘यसका लागि हामीले रिसर्च पेपर पेश गर्न ‘कल फर पेपर’ घोषणा गरेका छौं।’
उनका अनुसार सम्मेलनमा केही सीमित अनुसन्धानकर्ता तथा ह्याकरले आफ्नो रिसर्च पेपर प्रस्तुत गर्न पाउनेछन्। त्यसको लागि थ्रेटनिक्सले खुलाएको सीएफपी आवेदन फर्ममा रिसर्च पेपर प्रस्तुत गर्न इच्छुक सहभागीले आफ्नो पेपर पेश गरेर छनोट हुनुपर्छ ।
इच्छुक ह्याकर तथा अनुसन्धानकर्मीले असार १० गतेभित्र आफ्नो रिसर्च पेपर पेश गरिसक्नु पर्ने उनको भनाइ छ। उनी भन्छन्, ‘रिसर्च पेपर विश्लेषण गर्ने काम सकिएपछि आयोजकले टिकेट खुलाउने छ। छनोट भएका ह्याकर तथा अनुसन्धानकर्तालाई भदौं २४ र २५ गते वर्कशपमा सहभागी गराउँछौं।’
अन्तिम दिन अर्थात भदौ २७ गते हुने उक्त सम्मेलनमा उक्त वर्कशप पनि दुई प्रकारको हुने थ्रेटनिक्सका सेक्युरिटी इन्जिनियर सुयाश नेपाल बताउँछन् ।
उनी भन्छन्, ‘निवेदनका आधार छनोट भएकाहरुलाई वर्कशपमा सहभागी गराउँदा दुई वटा कन्फेरेन्स गर्छौं, एउटा बग बाउण्डी र अर्को मेन ट्र्याक अर्थात मुख्य कन्फेरेन्स।’
उनका अनुसार बग बाउण्डीतर्फ रिवार्डको सेशन, नयाँ कुरा पत्ता लगाउने हुन्छ भने मेन ट्र्याकमा गेम, साइबर सुरक्षामा भएका नयाँ खोज तथा अनुसन्धानबारे छलफल र बहस हुनेछन् ।
उनी भन्छन्, ‘ बग बाउण्डी र मेन ट्रयाकमा सहभागीहरुले आ-आफ्नो नयाँ आइडिया, सोच र अनुसन्धानहरु प्रस्तुत गर्नेछन् ।’
यसवर्ष थ्रेटकन २०२३ सम्मेलनमा ५ हजार ह्याकरहरु सहभागी हुने अनुमान गरिएको आयोजकको दाबी छ।उनका अनुसार यो सम्मेलन पाँचौ संस्करण हो। यसअघि सन् २०१८ बाट चार वटा साइबर सुरक्षाका अनुसन्धानात्मक सम्मेलन भइसकेका छन् ।
सम्मेलनमा प्रस्तुत भएका ती अनुसन्धान र रिसर्च पेपरहरुलाई थ्रेटनिक्सको रिभ्यू प्यानेलमा रहेका जजहरुले विश्लेषण गर्नेछन्।
उनका अनुसार कन्फेरेन्सको रिभ्यू प्यानलमा अर्जेन्टिनाका सेक्यूरिटी रिसर्चर म्यानुअल काबालेरो, स्विटजरल्याण्डबाट गुगलका वरिष्ठ सेक्यिटी इन्जिनियर इदुवार्दो भेला नाभा, जर्मनी बबर्लिनबाट क्योर५३ का संस्थापक मारियो हेड्रिच, जर्मनीबाटै गिट ल्याबका सेक्युरिटी इन्जिनियर जोर्न सचनिवेइस्ज र इटालीबाट अमेजन वेब सर्भिसेजका सेक्यूरिटी इन्जिनियर फेड्रिको म्यागी रहनेछन् ।
थ्रेटनिक्सले हालसम्म नेपाल लगायत विभिन्न विकसित देशहरु अमेरिका,अस्ट्रेलिया, सिंगापुर, नेपालको बैंकहरुमा साइबर सुरक्षाको सेवा प्रदान गर्दै आएको छ ।
समाचार
भर्चुअल रूपमै सञ्चारमन्त्रीलाई अब सुझाव र गुनासा टिपाउन सकिने, यस्तो छ तरिका
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मासँग अब भर्चुअल संवाद गरेर सुझाव र गुनासो…
टेलिकमले भन्योः ‘ग्राहकको गोपनियतालाई सधै सम्मान गर्छौ, ढुक्क भएर प्रयोग गर्नुस्’
नेपाल टेलिकमले जेठ २२ मा एक अनलाइन न्युज पोर्टलमा नेपाल टेलिकमका सेवाका सुरक्षाप्…
एप्पलको वार्षिक कार्यक्रमः पहिलो दिन भिजन प्रो र नयाँ सफ्टवेयर अपडेट सार्वजनिक
आइफोन निर्माता कम्पनी एप्पलको यो वर्षकै सबैभन्दा ठूलो कार्यक्रम वर्ल्ड वाइड डेभलपर्स सम्…
अनलाइनबाट यौन दुर्व्यवहार गरेको आरोपमा एक जना पक्राउ
अनलाइन माध्यमबाट यौन दुर्व्यवहार गरेको आरोपमा १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेम…
डेटा फेलोशिपका लागि आवेदन खुल्यो, यसरी दिनुहोस् आवेदन
कोड फर नेपालले डेटा फेलोशिप २०२३ का लागि आवेदन खुला गरेको छ । डेटा सीप प्रदान …
एप्पलको वर्ल्ड वाइड डेभलपर सम्मेलन आजबाट, आईओएस १७ सार्वजनिक हुन सक्ने
आइफोन निर्माता कम्पनी एप्पलको वर्षकै सबैभन्दा ठूलो इभेन्ट आजदेखि सुरु हुँदैछ । नेपा…
गूगल बार्डले अब लोकेशन ट्रयाक गर्दै स्थानीय नतिजा दिने
गत वर्ष ओपनएआईले एआई च्याटबट च्याटजीपीटी गर्यो । तत्कालिन समयमा यो च्याटबटलाई गुगल…
एनआईसी एशिया बैंकका ग्राहकलाई कान्तिपुर डेन्टलमा १५ प्रतिशतसम्म छुट
एनआईसी एशिया बैंकका आफ्ना ग्राहकहरूलाई काठमाडौं स्थित बसुन्धारामा अवस्थित काठमाडौं…
क्वालिटी एस्योरेन्सबारे वेबिनार आयोजना हुँदै
टेक वेबिनार नेपालले क्वालिटी एस्योरेन्सबारे वेबिनार आयोजना गर्ने भएको छ । आगामी आ…
अन्तरदेशीय डिजिटल कारोबारले भारतबाट आउने पर्यटकलाई सहज हुनेछः गभर्नर अधिकारी
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष नेपाल भारत–अन्तरदेशीय डिजिटल का…
एम बैंकबाट आइएमई पेमा पैसा लोड गर्दा १ हजार क्यासब्याक
आइएमई पेले एम बैंक मार्फत आइएमई पे वालेटमा पैसा लोड गर्ने ग्राहकलाई १ हजार रुपैय…
नेपाल बैंकको कार्ड अब मोको डिजिटल वालेटमा लिंक गर्न सकिने
नेपाल बैंक लिमिटेडले फोकसवान पेमेन्ट सालुसन प्रालिबीच भिसा कार्ड मार्फत हुने डिजि…
नवौं संस्करणको ग्लोकल टिन हिरो नेपालको आवेदन खुल्ला
ग्लोकल टिन हिरो नेपाल २०२३ को नवौं संस्करणको लागि आवेदन खुला भएको छ । यस वर्षको …
रायडाँडामा टेलिकमको सेवा पुगेपछि स्थानीय हर्षित
बागलुङ नगरपालिका वडा नं ११ रायडाँडाका नागरिक केहि समय पहिले नेपाल टेलिकमको ने…
आइएमई पेले प्राप्त गर्यो ‘सिसा पिसिआई डीएसएस’ प्रमाणीकरण
आइएमई डिजिटल सोलुसन लिमिटेडको आइएमई पेले ‘सिसा पिसिआई डीएसएस’ प्रमाणीकरण प्राप्…