समाचार
साना तथा मझयौला व्यवसायलाई लक्षित खल्तीको नयाँ योजना, पेमेन्ट गेटवेमा ५० प्रतिशत क्यासब्याक
खल्तीले साना तथा मझयौला व्यवसाय भएकाहरुलाई खल्ती पेमेन्ट गेटवे मार्फत आफ्नो व्यापार डिजिटल रूपमा बढाउन मद्दत गर्नका लागि अफर ल्याएको छ ।
‘स्मार्ट उद्यमी’ नामक यस अफरमा खल्ती पेमेन्ट गेटवे सेवा सँग एकीकृत गरि एपीआई शुल्कमा ५० प्रतिशत क्यासब्याक, नि:शुल्क क्विक लिङ्क पेमेन्ट र एक वर्षको नि:शुल्क एसएमएस प्यानल प्राप्त गर्नेछन्।
खल्ती पेमेन्ट गेटवे भन्नाले खल्ती डिजिटल वालेटद्वारा प्रदान गरिएको सेवा बुझिन्छ, जहाँ व्यवसायहरूलाई आफ्ना ग्राहकहरूबाट सुरक्षित र प्रभावकारी रूपमा आफ्नै वेबसाइट र एपहरूमार्फत भुक्तानीहरू स्वीकार गर्न अनुमति दिइन्छ।
खल्तीको SDK/API मार्फत, व्यवसायहरूले खल्ती वालेट, इ-बैंकिङ, मोबाइल बैंकिङ, एससीटी र भिसा/मास्टर कार्ड र कनेक्ट आईपीएस जस्ता विभिन्न माध्यमहरूबाट भुक्तानीहरू स्वीकार गर्न सक्छन् ।
यसबाहेक, खल्तीले ३१ लाख प्रयोगकर्ताहरूलाई सेवाहरू उपलब्ध गराउँदै आएको छ, जसको कारण यति ठुलो संख्याका प्रयोगकर्ताहरू समक्ष नयाँ दर्ता हुने व्यवसायको डिजिटल माध्यमबाट सोझै प्रवर्द्धन हुन सक्नेछ।
खल्तीको 'स्मार्ट उद्यमी' अफरहरू अन्तर्गत व्यवसायहरूको पेमेन्ट गेटवे एपीआई शुल्कमा ५० प्रतिशत क्यासब्याक (अर्थात रु. १०,०००) प्राप्त हुने, एक वर्षको लागि निःशुल्क एसएमएस प्यानल, लेनदेन शुल्कमा ३३ प्रतिशत छुट, क्विक लिङ्क भुक्तानीको पहिलो वर्षको वार्षिक शुल्कमा शतप्रतिशत छुट र कर्पोरेट बिलहरुका लागि उद्यम खाता (इन्टरप्राइस खाता) सुविधा पाइने छ ।
हालै खल्तीले ‘क्विक लिंक पेमेन्ट’ को नयाँ सेवा पनि सुरु गरेको छ, जसले व्यापारीहरूलाई आफ्ना ग्राहकहरूलाई डिजिटल बिल बनाई छिट्टै भुक्तानी प्राप्त गर्न अनुमति दिन्छ । स्मार्ट उद्यमीको अफर अन्तर्गत यस सेवालाई एक वर्षसम्म बिना कुनै शुल्क प्रयोग गर्न सकिनेछ।
यस अफर बारे खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले डिजिटल रूपमा विकसित रहन सबै प्रकारका व्यवसायहरूलाई सशक्त बनाउन स्मार्ट उद्यमी अफर ल्याएको बताए ।
समाचार
नेपाल पे क्यूआरबाट भुक्तानी गर्दा १० प्रतिशत क्यासब्याक
नेपाल पे क्यूआर स्क्यान गरी भुक्तानी गर्दा ग्राहकले १० प्रतिशत वा अधिकतम रु १०० सम्मक…
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई बर्फी स्वीट्समा डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट
‘डिजिटल फष्ट बैंक’ बन्ने दीर्घकालिन लक्ष्यसहित डिजिटल बैंकिङ्गको प्रवद्र्धन गरिरहेको ए…
फेसबुकमा महिलाको नक्कली प्रोफाइल बनाएर ६० लाख ठग्ने युवक पक्राउ
सामाजिक सञ्जालको दुरूपयोग गरी ठगी गरेको अभियोगमा पर्वत मोदी गाउँपालिका-२ घर भएक…
प्रकाश सपुतको नयाँ गीत सकम्बरी डिशहोम गो एपमा एक्सक्लुसिभ रिलिज हुँदै
प्रकाश सपुतको नयाँ गीत सकम्बरी अन्य सबै माध्यम भन्दा पहिला डिशहोम गो एपले एक्सक्लुसि…
एनएमबि बैंकको खाता खल्तीमा लिङ्क गर्दा १०० रूपैयाँ बोनस र स्मार्टफोन जित्ने मौका
खल्तीले एनएमबि बैंकसँगको सहकार्यमा एनएमबि बैंक खाता खल्तीमा लिङ्क गर्ने सेवालाई वि…
सामसङका ३ जना कर्मचारीले च्याटजीपीटीलाई दिए प्रयोगकर्ताको संवेदनशील डेटा
तीन जना सामसङका कर्मचारीले च्याटजीपीटीलाई प्रयोगकर्ताको संवेदनशील डेटा दिएका छन् ।…
नासाले पठायो वायु प्रदूषणको गुणस्तर नाप्ने डिभाइस \'टेम्पो\'
अमेरिकी अन्तरिक्ष स्पेस एजेन्सी नासाले एलन मस्कको कम्पनी स्पेस एक्ससँग मिलेर अन्तरिक्षम…
मेमोरी चिप उत्पादनमा भारी कटौती गर्दै सामसुङ
सामसुङ इलेक्ट्रोनिक्सले आफ्नो त्रैमासिक मुनाफामा ९६ प्रतिशत कमी आउने देखिएपछि मेमोर…
सिजी ल्यान्डमार्कमा सपिङ धमाका, सामान खरिदमा ८० प्रतिशतसम्म छुट
चितवनको भरतपुरमा सञ्चालित सपिङ कम्प्लेक्स सिजी ल्यान्डमार्कले नयाँ वर्षको अवसर पारेर …
संसदमा दर्ता भएका विधेयकमाथि नागरिकले अनलाइनबाटै सुझाव दिन सक्ने
संसदमा दर्ता भएका विधेयकमाथि सर्वसाधारण नागरिकले अनलाइनबाटै सुझाव दिन सक्ने भएका…
एनसेल प्रिजेन्टस् पर्पल स्याटर्डे दरवारमार्ग सडक महोत्सव वैशाख २ गते हुने
नेपाली नयाँ वर्ष २०८० को अवसरमा वैशाख २ गते, शनिवार काठमाडौंको दरवारमार्गमा एनस…
टेलिकमका प्रयोगकर्ताले हिमालयन बैंकको मोबाइल बैंकिङ एप निःशुल्क चलाउन पाउने
नेपाल टेलिकमका सिम प्रयोगकर्ताहरुले हिमालयन बैंकको मोबाइल बैंकिङ एप निःशुल्क चला…
नेपाली सेनाको साइबर स्पेसमा हमला गरेको अभियोगमा २१ वर्षे युवा पक्राउ
नेपाल प्रहरीको साइबर ब्यूरोले नेपाली सेनाको साइबर स्पेसमा हमला गरेको आरोपमा एक व्…
एप्पल स्टोरबाट ६ करोड बढीका आइफोन, एप्पल वाच र आइप्याड चोरी
अमेरिकाको वासिङटन स्थित एप्पल स्टोरमा ५ लाख डलर अर्थात ६ करोड ५४ लाख बढीका एप्पल प्…
इन्टरनेटसँग टेलिभिजन बन्डलिङ गर्न नपाइने
अब टेलिभिजनलाई इन्टरनेटसँग बन्डलिङ गर्न नपाइने भएको छ । सञ्चार तथा सूचना प्रविधि म…