कीवर्डहरू -

समाचार

गल्ली गल्ली खोज्न सकिने गल्ली म्याप्सले पायो स्टार्टअप वर्ल्डकप नेपालको ताज 

गल्ली गल्ली खोज्न सकिने नेपाली स्टार्टअप गल्ली म्यापले स्टार्टअप वर्ल्ड कप २०२३ नेपालको ताज पाएको छ ।

बिहिबार सम्पन्न स्टार्टअप वर्ल्ड कपको नेपाल एडिसनमा गल्ली म्यापले अरु सबैलाई पछि पार्दै नेपाल विजेताको ताज जितेको हो ।

देशभरका स्टार्टअपहरु बीच भएको प्रतिस्पर्धामा टप टेन र प्रदेश तथा नगर तहबाट प्रतिस्पर्धा गरेका ५ जना बीच भएको प्रतिस्पर्धामा गल्ली गल्ली म्याप उत्कृष्ट भएको हो ।


यो पनि पढ्नुहोस्ः गल्ली गल्ली खोज्न सकिने नेपालमै बनेको म्याप ‘गल्ली म्याप्स’


विश्वभरका लगभग १०० देशहरुमा हुने स्टार्टअपहरुको प्रतिष्पर्धा नेपालमा स्टार्टअपहब नेपालले आयोजना गरेको हो । अमेरिकी स्याटलाइट कम्पनी स्पेस एक्सको फन्डरेजिङ कम्पनी पिगासस टेक भेन्चरले स्टार्टअप वर्ल्ड कपको सुरुवात गरेको हो ।

विकसित देशहरु सबैजसोमा स्टार्टअफ वर्ल्डकपको आयोजना हुने गरेको छ । नेपालमा भने वर्ल्ड ट्रेड ग्रुप नेपालले आफ्नो सिस्टर कन्सर्न स्टार्टअपहब नेपालमार्फत  वर्ल्डकप नेपाल भित्र्याएको हो ।

स्टार्टअप हब नेपालले नेपालमा स्टार्टअप वल्र्डकपको आयोजना गर्दै आइरहेको छ । यस पटक गरिएको स्टार्टअप तेस्रो सिजन हो ।

स्टार्टअप वल्र्डकप नेपाल एडिसनको उद्धघाटन अर्थमन्त्री डा.प्रकाशशरण महतले सरकार स्टार्टअपहरुलाई प्रवद्र्धन गर्न र उनीहरुको इन्नोभेसनमा सपोर्ट गर्न सदा तयार रहेको र यसपाली बजेटमा पनि सम्बोधन गरेको बताए ।

स्टार्टअप वल्र्डकपका विजयी गल्ली एक्सप्रेसका राजविक्रम महर्जनलाई स्टार्टअप हब नेपालका अध्यक्ष डा. शम्भू पोखरेल र पेगासिस टेक भेन्चरका पार्टनर तथा स्टार्टअप वल्र्डकप नेपाल २०२३ का एम्बेस्डर सिसिलिया लरासातीले अवार्ड हस्तान्तरण गरे ।

स्टार्टअप वल्र्डकपको बिहिबारको प्रतिस्पर्धामा उत्कृष्ट ५ स्टार्टअपहरुमा गल्ली म्याप्स, क्विकफक्स कन्सल्टिङ, दियो एआई, एस्टर इन्नोभेसन र केलिनित अपसाइकिलिङ रहेका थिए ।

विजयी महर्जनले अमेरिकाको सिलिकन भ्यालिमा विश्वव्यापी प्रतिष्पर्धामा सहभागी हुने अवसर प्राप्त गरेका छन् ।

स्टार्टअप विश्व विजेता बन्न सकेमा एक मिलियन डलर (१३ करोड नेपाली रुपैया बराबर) लगानी पुरस्कार पाउने आयोजकले बताएको छ । गत वर्ष गल्ली म्याप्सले स्टार्टअप आइसिटी अवार्ड २०२२ समेत प्राप्त गरेको थियो ।

समाचार

अब गूगल फोटोजमा पनि भिडियो एडिटिङ गर्न सकिने

अब गूगल फोटोजमा पनि भिडियो एडिटिङ गर्न सकिने भएको छ । एक रिपोर्टको अनुसार, फोटो…

खल्तीबाट अब नेपालपे क्युआर स्क्यान गरेर भुक्तानी गर्न सकिने

खल्तीबाट अब नेपाल पे क्युआर स्क्यान गरेर भुक्तानी गर्न सकिने भएको छ । यसका लागि खल्त…

दूरसञ्चार सेवा गुणस्तरीय र भरपर्दो बनाउन आवश्यक : मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सूचना प्रविधिले संसार साँघुरो…

प्रविधिको सहायताले मिल्यो क्षणभरमै एसईईको नजिता 

काठमाडौंको डिल्लीबजारस्थित विजय स्मारक  माध्यमिक विद्यालयका विद्यार्थी केशवकान्त पौडै…

डिशहोम टिभी अब सिधै मोबाइलमा, लाइभ टिभीसँगै सिरिज, कार्टुन, मुभि हेर्न सकिने

डिशहोमले अब मोबाइलमा नै टेलिभिजन हेर्न मिल्ने गरी मोबाइल एप ‘डिशहोम गो’ सञ्चालन …

एसईईको नतिजा हेर्न सकिने टेलिकमका ३ माध्यम

नेपाल टेलिकमले एसईई परीक्षाको नतिजा प्राप्त गर्नका लागि विभिन्न व्यवस्था गरेको छ । र…

एसईईको नतिजा सार्वजनिक, यस्ता छन् हेर्ने तरिका

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ ।…

स्प्यारो र राष्ट्रिय परीक्षा बोर्डबीच सहकार्य, एसएमएसबाटै एसईईको नतिजा थाहा पाउन सकिने


स्प्यारो एसएमएसले एसईईको नतिजा एसएमएसबाटै दिने गरी राष्ट्रिय परीक्षा बोर्डस…

ललितपुर महानगरका घरहरू अब \'मेट्रिक\' ठेगाना प्रणालीमा

ललितपुर महानगरका ६० हजार नौ सय ८८ घर मेट्रिक ठेगाना प्रणालीमा प्रविष्ट भएका छन् । …

च्याटजीपीटीको \'ब्राउज विथ बिंग\' फिचर जुलाई ३ सम्म प्रतिबन्ध

च्याटजीपीटीले आफ्ना सब्सक्राइबरहरुको लागि ब्राउज विथ बिंग फिचर बन्द गरेको छ  । हालै…

केही दिनमै एसईईको नतिजा आउँदै, यस्ता छन् हेर्ने तरिका

राष्ट्रिय परीक्षा बोर्ड केही दिनमै माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक …

मनोरञ्जन शुल्क डिजिटल प्रणालीमा ल्याउन हलहरुलाई काठमाडौं महानगरको निर्देशन

काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र सञ्चालनमा रहेका १७ वटा फिल्म हललाई मनो…

नेपालगञ्ज विमानस्थलमा डिजिटल प्रणाली

बाँकेको नेपालगञ्ज विमानस्थलमा मौसमको जानकारीका लागि डिजिटल प्रणाली सञ्चालनमा ल्याइ…

पावर लिटरबाटै खेत जोत्छन्, ड्रोनबाट मल छर्छन् किसान

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-३ पिपलाडीका चेतराज चौधरी लामो समयदेखि कृषि पेस…

एनएमबी बैंकको नयाँ अफर, पैसा ट्रान्सफर र डेबिट कार्ड जारी निःशुल्क

एनएमबी बैंकले दुई आकर्षक अफरहरू घोषणा गरेको छ। अफर अन्तर्गत ग्राहकहरूले इ-एनएमबी …