कीवर्डहरू -

प्रोफाइल

ग्यारेजदेखि ग्लोबलसम्म: असफलताले जन्माएका चार विश्वव्यापी सफलताहरू

असफलता कुनै पनि सफल मानिसको जीवनको एउटा महत्त्वपूर्ण हिस्सा रहेको हुन्छ । असफलताले मानिसलाई धेरै कुरा सिकाउँछ । 

सफल भएका व्यक्तिको पछाडि असफलता हुन्छ नै । सफल व्यक्तिहरू भन्छन्, ‘अगाडि बढ्ने प्रयास गर्नेहरूका लागि असफलता सफलताको एउटा रूप हो, जुन जीवनमा आउँछ र त्यसको सामना गर्न तयार हुनुपर्छ ।’

आज हामी विश्वका केही सफल व्यक्तिको असफलताको कहानी बताउँदै छौं, जसले तपाईलाई प्रेरित गर्नेछ । 

स्टिभ जब्स

एप्पलका संस्थापक स्टिभ जब्स प्रविधिको क्षेत्रका नवीनतम क्रान्ति ल्याउने व्यक्तिको रूपमा परिचित छन् ।  दुईजनाले ग्यारेजमा सुरू गरेको एप्पलको भ्यालुएस ३ ट्रिलियन डलर छ भने १ लाख ६१ हजार बढीले रोजगारी पाएका छन् । तर के तपाईलाई थाहा छ, एप्पल कम्पनी सुरू गर्ने स्टिभ जब्सलाई कुनै बेला आफ्नै कम्पनीबाट निकालिएको थियो । 

यस समयमा, उनले कामको लागि प्यासन असफलताको निराशा भन्दा ठूलो हुने महसुश गरेका थिए । एप्पलबाट निकालिएपछि नेक्स्ट र पिक्सार नयाँ उद्यम सुरू गरे र अन्ततः जब्स फेरि एप्पलमा फर्किए ।

सन् २००५ मा एक भाषणमा, जब्सले भनेका थिए, ‘मैले यो त्यतिबेला सम्भव हुन्छ भनेर देखेको थिइन, तर मलाई थाहा छ, एप्पलबाट बर्खास्त हुनु मेरो लागि हुन सक्ने सबैभन्दा राम्रो कुरा थियो । यदि तपाईंले पनि आफ्नो जागिर गुमाउनु भएको छ भने, यसबाट निराश नहुनुहोस्, तर त्यसभन्दा दुई कदम अगाडि बढ्ने प्रयास गर्नुहोस् ।’

जब्सको मृत्यु सन् २०११ मा भएको थियो । 

बिल गेट्स

केही वर्ष पहिलेसम्म संसारको सबैभन्दा धनी व्यक्तिको रूपमा बिल गेट्सको नाम आउथ्यो र अझै पनि शीर्ष धनी व्यक्तिमा उनको नाम छ । गेट्स हार्वर्ड ड्रप आउट हुन् । आफ्नो करियरको सुरूमा ट्राफ–ओ–डेटा नामक व्यवसायको साझेदारको रूपमा थिए, जुन पछि पूर्ण रूपमा असफल भयो । तर उनले हार खाएनन ।

कम्प्युटर प्रोग्रामिङमा उनको सीप र लगनशीलताका कारण असफलताबाट सिक्दै  प्रसिद्ध सफ्टवेयर कम्पनी माइक्रोसफ्टमा स्थापना गरेका थिए । त्यसबेला बिल गेट्स ३१ वर्षका थिए र विश्वकै कान्छो अर्बपति बनेका थिए । यस असफलताको बारेमा बिल गेट्सले एक भाषणमा भनेका थिए, ‘सफलता क्षणिक समयका लागि मनाउन ठीक छ तर असफलताको पाठमा ध्यान दिनु बढी महत्त्वपूर्ण छ ।’

अल्बर्ट आइन्स्टाइन

​​​​​​​‘आइन्स्टाइन’ शब्द आज जीनियसको पर्यायवाची हो । के तपाईलाई थाहा छ, रिलेटिविटीस् द स्पेशल एंड द जेनरल थ्योरीका पिता अल्बर्ट आइन्स्टाइनले नौ वर्षको उमेरसम्म राम्ररी बोल्न सक्दैन थिए । 

उनको विद्रोही स्वभावका कारण उनलाई विद्यालयबाट समेत निष्कासित गरिएको थियो भने ज्यूरिख पोलिटेक्निक स्कूलमा भर्ना गर्नका अस्वीकार गरिएको थियो । तर, यी सबै असफलताले उनलाई कहिले हतोत्साहित गराएन ।

सन् १९२१ मा भौतिकशास्त्रको विश्कै प्रशिद्द पुरस्कार नोबेल पुरस्कार जित्न सफल भए । सफलतातर्फ असफलताको शिक्षाले डोर्‍याउने आइन्स्टाइनको विश्वास थियो । ७६ वर्षको उमेरमा सन् १९५५ मा आइन्स्टाइनको निधन भएको थियो ।

वाल्ट डिज्नी

मिकी माउस वयस्कदेखि बालबालिकासम्म संसारभर चिनिने कार्टुन हो । यसका निर्माता वाल्ट डिज्नी सेनामा भर्ती हुन नसकेपछि सानै उमेरमा स्कूल छाडेका थिए । त्यसपछि उनले लाफ–ओ–ग्राम स्टुडियो सुरू गरे । यो स्टुडियो पनि असफल भयो र उनले जम्मा गरेको सबै पुँजी पनि डुबेको थियो । 

अनि एउटा अखबारमा आवद्ध भए, तर त्यहाँबाट पनि ‘सिर्जनात्मक नभएको’ भन्दै उनलाई बर्खास्त गरियो । तर उनले हार मानेनन । वाल्ट डिज्नीले आफ्नो कडा मेहनत र विश्वासको आधारमा डिज्नी स्टुडियो स्थापना गरे ।

वाल्ट डिज्नीले एक पटक आफ्नो भाषणमा भनेका थिए ‘हामी धेरै समय पछाडि फर्केर हेर्दैनौ । हामी अगाडि बढ्छौं, नयाँ ढोका खोल्छौं, र नयाँ कुराहरू गर्छौं, किनकि हामी जिज्ञासु छौं ... र जिज्ञासाले हामीलाई नयाँ बाटोमा लैजान्छ ।’

सन् १९६६ मा ६५ वर्षको उमेरमा डिज्नीको मृत्यु भएको थियो । 

प्रोफाइल

सूचना प्रविधि क्षेत्रका अब्बल नारी

नेपालको सूचना प्रविधि क्षेत्रमा महिलाहरूले गरिरहेको योगदान उल्लेखनीय छ । आईटी क्षेत्रमा महिलाहरो सहभागीता कम भएपनि योगदान भने…

नेपाल बैंककी डिजिटल सारथी

१८ वर्षअघि बन्दना शर्मा नेपाल बैंकमा प्रवेश गर्दा आईटीलाई सहायक क्षेत्रको रूपमा लिइन्थ्यो । १८ वर्षको अन्तरालमा प्रविधि विकासक्रमले …

अमेरिका जाने अवसर त्योगेर १५ वर्षदेखि रेमिट्यान्सलाई डिजिटलाइज गरिरहेका अनुप

सन् २००० को दशकमा नेपालमा रेमिट्यान्स कम्पनीहरू खुल्न थाले । सन् २००१ मा आईएमई रेमिट स्थापना भएसँगै त्यसपछि क्रमशः रेमिट्यान्स कम्प…

को हुन् एआईका चिनियाँ 'जादुगर' लियाङ वेन्फेङ, जसले अमेरिकाका टेक दिग्गजहरूलाई हल्लाइदिए?

टिम कुक, एलन मस्क, सैम अल्टम्यान, र लियाङ वेन्फेङ । सुरुका तीन नाम तपाईंले पक्कै चिन्नुभएको होला । किनभने, टेक्नोलोजीको दुनिया…

फुड डेलिभरीमा ‘क्रान्ति’ ल्याउने मनोहर

सन् २०१० तिर नेपालीहरू स्मार्टफोन र इन्टरनेटसँग भर्खर भर्खर परिचित हुन थालेका थिए । एकदमै कम व्यक्तिसँग मात्र इन्टरनेट र स्मार्टफोन…

द वेस्टमिन्स्टर कलेज: ‘समस्या समाधान’ सिकाइमा जोड

ललितपुरको कुपण्डोलमा रहेको आईटी कलेज हो, द वेस्टमिन्स्ट…

टेलिकमका ‘ट्रबलशुटर’

नेपालको सूचना प्रविधि क्षेत्रमा ३ दशकदेखि क्रियाशिल नाम हो, ई. लोचनलाल अमात्य । काठमाडौंको कोपुण्डोलमा २०१७ सालमा जन्मिएका अमा…

२३ वर्ष अघिनै अवतारसहितको च्याटबट बनाउने नेपाली वैज्ञानिक

पछिल्लो समय विश्वभर आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को चर्चा बढ्दो छ । हरेक सेवा तथा प्रडक्टमा एआई इन्टिग्रेट हुन थालेको छ । त…

ई-कमर्स बिजनेसका लागि उपयोगी प्लेटफर्म ब्ल्यांकसर, वेबसाइट निर्माणदेखि लजिष्टिकसम्म सघाउने

नेपालमा पनि पछिल्लो समय ई-कमर्सको प्रयोग बढ्दै गएको छ । भविष्यमा ई-कमर्सको प्रयोग झनै बढने निश्चित नै छ । 

पढाइलाई करियरसँग जोड्दै टेक्सास कलेज

विगत १ दशकदेखि नेपालमै गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको कलेज हो, टेक्सास कलेज । काठमाडौंको सिफल चाबहिलस्थित रहेको क…

एक दशकदेखि ‘ब्रिटिश डिग्री’ प्रदान गर्दै आएको द ब्रिटिश कलेज, के के छन् सुविधा ?

काठमाडौंको थापाथलीस्थित रहेको द ब्रिटिस कलेज सन् २०११ मा स्थापना भएको हो । विगत १ दशकदेखि ब्रिटिस कलेजले नेपालमा गुणस्तरीय ब्र…

कम्प्युटरलाई नेपाली भाषा सिकाउने सुनैना घिमिरे पाण्डे

कम्प्यूटरलाई नेपाली कसरी आयो होला ? हामीले नेपाली भाषामा लेख्दा कम्प्यूटरले सहजै बुझ्छ । नेपालीमै कम्प्युटरमा तिथिमिति हेर्न सक्छ…

एमआईटी कलेज : नेपालमै अमेरिकन डिग्री, प्रोफेसनल सीप र उद्यमी माइन्डसेटमा जोड

नेपालबाट विदेश पढ्न जाने विद्यार्थीको संख्या दिनानुदिन बढ्दो क्रममा छ । कक्षा १२ सम्मको पढाइ पूरा गरेपछि उच्च शिक्षा अध्ययन गर्न दै…

टेकस्पायर कलेज : पढाइ, सिकाइ र कमाइ सँगसँगै

विगत २ देशकदेखि लक्ष्मण पोखरेल नेपालको शिक्षा र आईटी क्षेत्रमा क्रियाशिल छन् । पोखरेलसहितको टिमले केही आईटी कम्पनीहरू पनि स्थापन…